Saturday, September 02, 2017

आधाजसो महिलाले चिन्दैनन् आफ्नै गोप्य अंग !

इन्टरनेटको आगमनपछि अश्लील फिल्महरुको बाढी नै आएको छ । हरेकको हातमा स्मार्टफोन भईसकेपछि यस्ता फिल्म तथा अन्यखाले अश्लील सामग्री जो कोहीलाई पनि चौबिसै घन्टा सुलभ बनेका छन् । यहाँसम्म कि धेरै मानिसहरु त अश्लीलताको कुलतमा फसेका छन् ।
यस्तोमा बेलायतजस्तो देश जहाँ यौन शिक्षा लागू पनि भएको छ, त्यहाँ नै आफ्ना यौनांगहरुका बारेमा स्वयं महिलाहरु नै अन्जान छन् ।
एक अध्ययन अनुसार आधाजसो बेलायती पुरुषहरु महिलाका यौन अंग चिन्न असमर्थ छन् । यो भन्दा अझ हैरान लाग्ने कुरा के भने करिब आधा महिला पनि आफ्नो गोप्य अंगको बारेमा सही तबरले जानेका छैनन् ।
यौनांगको क्यान्सरसम्बन्धी अनुसन्धान संस्था इभ अपिलले हालै १ हजार पुरुषहरुलाई महिलाका यौन तथा प्रजनन अंगहरु सम्बन्धी चित्र प्रदर्शन गर्यो । त्यसमा योनी, योनीको भल्भा, पाठेघर, अण्डासय, डिम्बबाहिनी नली आदि थिए । ती एक हजार पुरुषमध्ये आधाजसोले त महिलाको योनी कुन हो भन्ने नै पत्ता लगाउन सकेनन् ।
सेप्टेम्बर महिना यौनांग क्यान्सर जनचेतना दिवसको महिना हो । तर हरेक ६ जनामा एकजना पुरुषलाई स्त्री तथा यौनरोगका विषयमा थाहा नै छैन र उनीहरु महिलाका यस्ता यौनिक विषयमा जानकारी हुनुपर्छ भन्ने पनि ठान्दैनन् ।
इभी अपिलले महिलामा पनि एउटा सर्भेक्षण गरेको छ । जसमा सहभागी गराइएका ४४ प्रतिशत महिलाले पनि चित्रमा देखाइएको आफ्नै शरीरको योनी पनि चिन्न सकेनन् । ६० प्रतिशत महिलाले यौनांगको भल्भा भन्ने भाग चिन्न सकेनन् । यसको अर्थ बेलायतका आधा महिलालाई आफ्नै यौनांगको बारेमा पनि जानकारी छैन ।

नेपाल आइडलले गरेको कर्तुतको बिसयमा कोरियाबाट एक युवाले दिए तिनछक्क पर्ने जबाफ (भिडियो सहित )

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।सुक्रबार भोटको आधारमा १ जना प्रतिस्प्रधी निकाल्नु पर्ने थियो तर उक्त दिन कुनै पनि प्रतिस्प्रधी बहिरिएनन अर्थात् मत गरणा गरेपनि प्रतिस्प्रधी निकालिएन । यो सबै नेपाल आइडलको आयोजक टिमले जनताको पसिना खान खोजेको सड्यन्त्र देखियो ।
बिहीबारको सो हेरेर दर्शकले ३७ लाख भन्दा बढी भोट गरेको नतिजा सार्बजनिक भयो त्यसको कुल रकम लगभग २ करोड २० लाख भन्दा धेरै रकम हुन् जान्छ । यो सबै रकम नेपाल आइडलले सड्यन्त्र गरि कार्यक्रम सारेर फाइदा लिएको देखिन्छ । यस बिसयमा अहिले दर्शक स्रोता हरुले आलोचना गरिरहेका छन् । कोरिया बाट किरण बिसी नाम गरेका एक युवकले नेपाल आइडल टिमलाइ यसरी आफ्ना कुराहरु प्रस्तुत गर्नुभएको छ ।कृपया भिडियो हेरेर सबैलाई सेयर गरि सहयोग गर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

मोहनी लगाउने मुस्ताङको मुहार !

मोहनी लगाउने मुस्ताङको मुहार !

१७ भदौ, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो मुस्ताङ । तर, उनीहरुले मुस्ताङलाई पदयात्राका लागि मात्र रोज्ने गरेका छन् । जब कि मुस्ताङ प्रचुर मात्रामा कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा विविधताले भरिएको ठाउँ हो ।
मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो । मुस्ताङ धार्मिक पर्यटकहरुको साथै भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ ।




मुक्तिनाथसम्म सवारी साधनमा पुग्न सहज भएकाले पनि आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्न गएको हो ।
तर, चौडा पार्नका लागि खनिएको बाटो लामो समयसम्म पनि नबन्दा पर्यटकले सास्ती भोग्नु परिरहेको छ ।



कागवेनीदेखि मुक्तिनाथसम्म पक्की छ भने बाँकी बाटो कच्ची रहेका कारण यात्रुहरुलाई समस्या हुने गरेको छ । मुस्ताङको यो बाटो जतिसक्दो चाँडो पुनर्निर्माण सम्पन्न हुन्छ, त्यसबाट पर्यटकहरुको आगमन स्वतः वृद्धि हुन्छ ।




स्थानीयवासीसँग हातेमालो गर्छौं
दीपकराज जोशी, पर्यटन बोर्डका सीईओ

मुस्ताङमा यो मेरो पाचौं पटकको यात्रा हो । जहिले पुगे पनि नौलो अनुभूति हुने गर्छ मलाई । म पहिलोपटक पुगेको मुस्ताङ र अहिलेको मुस्ताङमा धेरै फरक आइसकेको छ । पहिलोपटक पुग्दा आन्तरिक पर्यटकको भन्दा बाह्य पर्यटकहरुको चाप बढी थियो । तर, अहिले त्यस्तो छैन । आन्तरिक र बाह्य दुबैखाले पर्यटक सरावरी देखिन्छन् । प्राकृतिक सुन्दरताले विश्वमाझ मुस्ताङलाई चिनाएको छ । तर, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि मुस्ताङ धनी छ ।



मुस्ताङको ठिनी भन्ने स्थान थकालीहरुको उद्गमस्थल मानिन्छ । भर्खरै ठिनीमा होम स्टे सञ्चालनमा आएको छ । ठिनी जोमसोम बजारदेखि साढे २ किलोमिटर मात्र टाढा पर्छ । ठिनीमा एक सय घरमध्ये अहिले पाँच वटा घरमा होम स्टे सञ्चालित छन् ।
मुस्ताङको व्यापक प्रचारप्रसार गर्न सके विदेशी पर्यटकको आगमन ह्वात्तै बढ्ने छ । यसका लागि नेपाल पर्यटन बोर्डले स्थानीयहरुसँग हातेमालो गर्न लागिरहेको छ । जसको पछिल्लो उदाहरण होे, ठिनीमा ‘होम स्टे’ सञ्चालनमा आउनु ।

‘लिम्बुवान’का मेयर भन्छन्- पहिचान पाइयो, अब बाहुनलाई गाली गर्ने काम छैन !





लालीगुराँस नगरपालिका, तेह्रथुमका मेयर अर्जुनबाबु माबुहाङ

जनप्रतिनिधिलाई गँवार नठानियोस्, संघीयताका बाधक कर्मचारी हुन्


१७, भदौ, काठमाडौं । अर्जुनबाबु माबुहाङ अहिले तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाको मेयर बनेका छन् । चुनाव जितेर जनप्रतिनिधिको पहिचान बनाएका अर्जुनको यसअघिको व्यक्तित्वचाँहि लिम्बु संस्कृतिविद् एवं लेखकका रुपमा थियो । मुन्धुम र किरात इतिहाससम्बन्धी पुस्तकहरु लेखेका उनी यतिबेला के निश्कर्षमा पुगेका छन् भने लिम्बुवानमा खोजिँदै आएको पहिचान भन्दा पनि पुरानो पहिचान स्थापित भइसकेको छ, अब बाहुनलाई गाली गर्नुको कुनै अर्थ छैन ।
तर, संविधानले संघीयता दिइसक्दा पनि कर्मचारीहरु संघीयताको बाधक बनेको र अबको लडाइँ जनप्रतिनिधि भर्सेज कर्मचारीका वीचमा हुने उनको विश्लेषण छ ।
माबुहाङले नेतृत्व गरेको लालीगराँस नगरपालिका त्यहाँको बसन्तपुर लगायतको ठाउँमा पर्छ, जुन ठाउँ गुराँसका लागि प्रख्यात छ । यो नगरपालिकामा गुँरासको रिसर्च केन्द्र खोल्ने र लिम्बुजातिको सांस्कृतिक स्थलका रुपमा विकास गर्ने उनको लक्ष छ ।
आमाको उपचार गराउन विगतमा लिम्बुवान भनेर चिनिने तेहृ्रथुमबाट काठमाडौं आएका मेयर एवं कांग्रेसका युवा नेता माबुहाङलाई हामीले केही महिनाको जनप्रतिनिधिको अनुभवबारे छोटो कुराकानी गरेका छौंः
तपाई लिम्बु संस्कृतिको विज्ञ मानिस अहिले मेयर बन्नुभएको छ । लिम्बुजातिको पहिचानको मुद्दा अहिले कुन अवस्थामा छ ?
अहिले जसरी गाउँपालिकाहरुको नामाकरण भएको छ, जस्तो- फेदाप छ, याङवरक छ, फक्ताङलुङ छ, त्यो त जतिहेरदेखि घाम झुल्कियो, मानव जीवन सुरु भयो, त्यही देखिको पहिचान आयो नि त । त्यो प्राप्त भयो । यो त मलाचई लाग्छ, पहिचानजन्य राजनीतिक दलहरुले पनि यस्तो प्रस्ताव गरेका थिएनन् । त्यो स्वतः स्फूर्त आयो । यसलाई लिम्बुले मात्रै होइन, क्षेत्री बाहुनले पनि स्वीकार गरे । सबैको पहिचान आयो ।
पहिचान त आयो, तर अधिकार नि ?
अधिकारको सवालमा चाहिँ अब स्थानीय सरकारको अधिकारलाई जवसम्म स्थानीय जनप्रतिनिधिहरुले उपभोग गर्न सक्दैनन्, तबसम्म अधिकार प्राप्त भएको भनेर विश्वास गर्न सकिँदैन । अहिले स्थानीय सरकार सञ्चालनसम्बन्धी विधेयक छलफलमै छ । त्यो कसरी ऐन बनेर आउँछ, त्यसलाई हेर्न बाँकी नै छ ।
जबसम्म तलका जनताले अधिकार प्रयोग गर्न पाउँदैनन्, त्यतिबेलासम्म संविधानमा लेखिदिएर संघीयता कार्यान्वयन भएको मान्न सकिँदैन ।
मेयर बनेपछि भोगेका व्यवहारिक समस्याहरु के कस्ता छन् ?
हामीलाई स्थानीय सरकार भनियो । जस्तो कि शिक्षाको हकमा मावि, निवावि र प्राविसम्म स्थानीय तहको मातहतमा भनियो । तर, अहिले जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिहरुले नै काम गरिरहनुभएको छ र उहाँहरुले हामीसँग समन्वय गरिरहनुभएको छैन ।
हामीले के भनिरहेका छौं भने स्थानीय सरकार भनेको हामी हो । स्थानीय सरकारको मातकहतमा माविदेखिका सबै विद्यालयमा शिक्षक राख्नेदेखि, नियुक्तिदेखि बजेट स्वीकृति र काज सरुवासम्म दरबन्दी मिलानसम्म हामीलाई नसोधी उहाँहरुले काम गर्न पाउनुहुन्न । हामीलाई नसोधी तपाईहरुले काम गर्न मिल्दैन । तपाई हिजो जिल्ला शिक्षा अधिकारी हुनुहुन्थ्यो, तर अहिले तपाईको भूमिका भनेको समन्वयकारीमात्रै हो । विज्ञ मात्रै हो । तपाईहरुले सरसल्लाह दिने हो, तर निर्णय गर्ने तपाईहरु हैन, हामी हो । हामीले उहाँहरुलाई यही भनिरहेका छौं ।
तपाईको भनाइको मतलब संघीयता संविधानमा आयो, तर स्थानीय तहसम्म आएन भन्ने हो ?
अहिले त कस्तो प्रयास हुन थाल्यो भने जिल्ला समन्वय समिति राखिदिएको छ । जिल्ला समन्वय समितिको संविधानमा खासै ठाउँ छैन । तर, अहिले समन्वय समितिले चाहिँ नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई बोलाएर शासन चलाउन खोजिरहेको छ । यसले गर्दा के भयो भने हिजो जो एलडीओ, जिसिओहरु हुनुहुन्थ्यो, उहाँहरुले एउटा टीम बनाएर स्थानीय तहको अधिकारलाई खुम्च्याउन खोजिरहनुभएको छ ।
यसैगरी अधिकार जति समन्वय समितिमै राख्ने हो भने पुरानै जिल्ला विकास समिति ब्युँताए हुन्छ । तर, अधिकांश पार्टीबाट आएका जनप्रतिनिधिहरुले जिल्ला समन्वय समितिलाई अधिकार दिनु हुँदैन भन्ने बुझेका छैनन् । तेह्रथुममा जस्तै अधिकांश जिल्लामा एमालेले जिल्ला समन्वय समिति जितेको छ र एमाले अहिले अधिकारजति स्थानीय तहमा नभई जिल्लामै राख्ने खेलमा लागिरहेको छ ।
उसोभए तपाई जनप्रतिनिधिहरु अब के गर्नुहुन्छ त ?
हामी जनप्रतिनिधिहरुले संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्न सकियो भने संघीयता स्थानीय तहसम्म आएको पुष्टि हुन जान्छ । नत्र भने त हामी संक्रमणकालीन अवस्थामै रहने छौं ।
बजेटमाथिको अधिकार चाहिँ कसरी प्रयोग भइरहेको छ ?
बजेट सशर्त र निशर्त भनेर छुट्याइएको छ । हामी अहिले नगरपरिषदको संघारमा छौं । हामीलाई सशर्त र निशर्त भनेर बजेट आएको छ । हामी स्थानीय सरकारलाई सशर्त र निशर्त बजेट भनेको के हो ? यो हामीले बुझ्न सकेका छैनौं । हामी भनेको त सरकार हैन र ?
अहिले कस्तो छ भने कर्मचारीहरु उहाँहरुले खटाई पठाउनुभएको छ । शिक्षाका कर्मचारीहरु आउनुभयो । कृषिका कर्मचारीहरु आउनुभयो । उहाँहरुले हामीलाई आएर हाजिर गरानोस् भन्नुभएको छ । हाम्रा लागि कुर्सी टेबल खोजिदिनुहोस् भन्नुभएको छ ।
हामीले पनि उहाँहरुलाई प्रश्न गरेका छौं- तपाईहरु अधिकारसहित आउनुभयो कि ? बजेटसहित आउनुभयो कि ? तपाईहरुको तलब चाहिँ तपाई हामीले निकाशा गरिदिनुपर्ने, अधिकार चाहिँ तपाईहरु माथि समन्वय समितिमा राखेर आउने ? तपाईहरु भौतिक पूर्वाधारका बजेटहरु सबै माथि राख्नुहुन्छ, हामीले तपाईहरुलाई कसरी हाजिर गराउने ?
यहाँ त भर्खर बनेको नगरपालिका छ । कतिपय कार्यालयहरु हामीले निजी घरमा राखेका छौं । हाम्रो निजी स्रोत केही पनि छैन । हामी मेयर उपमेयर बाहिरै पाखामा बसिरहेका छौं । हामीले निजी घरबाट कार्यालयलाई कसरी सरकारी भवनमा सार्ने भनेर सोचिरहेका छौं । अब तपाई कर्मचारीहरुलाई हामीले घरभाडा तिरिदिनुपर्ने, कुर्सी टेबल खोजिदिनुपर्ने ? तपाईहरु आउँदाखेरि त बजेटसहितको अधिकार लिएर आउनुपर्‍यो नि त । यही भनेर अहिले हामीलाई कर्मचारीलाई नगरपालिकामा हाजिर गराएका छैनौं ।
अर्को कुरा, मैले बुझे अनुसार जिल्ला तहमा स्वास्थ्य, शहरी विकास, नगरविकास, कृषि, शिक्षा लगायतका कुनै पनि कार्यलय रहँदैन भन्ने कुरा आइरहेको छ । तर, अहिले उहाँहरुले यो विभागको भने कर्मचारीहरु खटाइरहनुभएको छ । जस्तो कि हाम्रो नगरपालिकामा सहशी विकास मन्त्रालयले सोझै नगर विकासको मान्छे खटाइरहेको छ ।
जस्तो- एउटा शिक्षा मन्त्रालयको समिति आएर बसेको छ । उप सचिवस्तरको शिक्षा मन्त्रालयको कर्मचारी आउँदैछ भनेर हामीलाई जिसिअले भन्नुहुन्छ । तर, उहाँहरुको अधिकार के त ? अधिकारजति माथि जिसिअले नै अँठ्याइदिने, भटाभटी मास्टर नियुक्त गरिदिने । हामीसित समन्वय पनि नगरी भटाभट विज्ञापन खोलिदिने । अनि त्यो उपसचिवको काम के ? मैले के भनेको छु भने हामीसँग समन्वयन नगरी तपाईले जुन जुन काम गर्नुभएको छ, त्यो सबै रोक्नोस् । मैले उहाँहरुलाई भन्दिएको छु, यो लोकतन्त्रको बर्खीलाप हुन्छ, जनताको म्यान्डेटविरुद्ध तपाई कर्मचारीहरु जान सक्नुहुन्न । जनताले अधिकार हामीलाई दिए, तपाईहरु विज्ञ मात्रै हो, काम हामीले गर्ने हो । हामी तपाईहरुले सोचेजस्तो अनपढ गवाँर मान्छे होइनौं ।
अर्को पनि समस्या हामीले भोगिरहेका छौं । जस्तो – सुकुम्बासी भन्छ नि । सुकुम्बासीलाई केन्द्र प्रदेश र स्थानीयको भनेर साझा अधिकार सूचीमा राखिएको छ । सुकुम्वासी व्यवस्थापन त गर्ने हामीले हो । तर, ऐलानी पर्ती जग्गाको अधिकार केही खुलाइएको छैन । घर जग्गाको अधिकार हाम्रो स्थानीय तहमा भनेर तोकिएको छ । सबै विधागका कर्मचारी आउँछौं भनेर जिल्लाबाट फोन आउँदा मालपोतबाट अहिलेसम्म एउटा पनि फोन आएको छैन । मालपोतको कर्मचारी आउने कुरा छैन । मालपोतका कर्मचारी आउँदैछन् भनेर सीडिओबाट पनि फोन आउँदैन, एलडीओबाट पनि फोन आउँदैन ।
जस्तो-नागरिकता केन्द्य्रबाट भनिएको छ । स्याङ्जाबाट खटिई आउने एउटा सिडियोले तेह्रथुमको कुनै वडाको नागरिक भनेर चिन्ने कि हामी जनप्रतिनिधिले चिन्ने ? नागरिकता जससम्म स्थानीइ जनप्रतिनिधिको सिफारिसमा बाँडिँदैन, जबसम्म धनीपूर्जा र मालपोतको काम स्थानीय तहबाट हुँदैन, तबसम्म मान्छेले अधिकार आफूले पाएको महसुस गर्न सक्दैनन् । तर, यी सबै अधिकारहरु फेरि पनि जिल्लामै राख्न खोजिँदैछ । पहिलेकै जिविसलाई ब्युँताउने कोशिस भइरहेको छ । अहिलेसम्म जिसिअ जिल्लामै छन्, एलडीओ., सीडीओ जिल्लामै छन् । अहिलेको ऐनको ड्राफ्ट पनि कर्मचारीहरुले नै बनाइरहेका छन् । त्यो ड्राफ्ट जनप्रतिनिधिहरुको पहुँचदेखि बाहिर छ ।
यी सबै कुराहरु हेर्दाखेरि कर्मचारीहरु संघीयताको स्पष्ट बाधक देखिन्छन् ।
उसोभए अब लोकतन्त्रका लागि कर्मचारीसँग लड्नुपर्ने भएको हो ?
देश अब पुरानै संरचनामा जाला भनेर त भन्न सकिँदैन । पहिलेको स्थानीय स्वायत्त ऐन भन्दा त बढी नै अधिकार स्थापित भएको छ । संविधानले बोलिदिएको छ । अलिकति सक्षम मान्छे गाउँपालिका, नगरपालिकाको प्रमुख भयो भने उसले केही असधकार उपभोग गर्न सक्छ, कमजोर जनप्रतिनिधि भयो भने सक्दैन ।
मेरो विचारमा अब कर्मचारी भर्सेज जनप्रतिनिधिवीचको अन्तरविरोध चर्कनेवाला छ ।
तपाईको भनाइ सुन्दाखेरि त सिंहदरबार गाउँगाउँमा पुगेको रहेन भन्दा के होला ?
सिंहदरबार अहिले जिल्ला- जिल्लासम्म मात्रै पुग्यो । पहिचानको कुरालाई हेर्ने हो भने चाहिँ लिम्बुवानका साथीहरुले मागेको भन्दा पुरानो, पाकृत पहिचान स्वतःस्फूर्त आएको छ । तपाई हेर्नोस् , तेह्रथुमका सबै स्थानीय तह लिम्बुले जितेका छन् । लिम्बुले आफ्नो भाषा संस्कृतिका लागि अब आफैंले काम गर्दैन भने त बाहुनलाई गाली गर्नुको अब अर्थ छैन । जहाँसम्म संविधानले दिएको अधिकार छ, त्यसलाई हामी जनप्रतिनिधिहरुले उपभोग गर्न सक्नुपर्छ ।
मलाई त के लागिरहेको छ भने अब यो प्रदेश सभाको पनि के अर्थ रह्यो र ? प्रदेशलाई के अधिकार दिने ? केन्द्र सरकारको प्रमुख शेरबहादुर देउवा छन्, तल स्थानीय सरकारका प्रमुख हामी भयौं । अब प्रदेश सभा केका लागि भन्ने प्रश्न उठेको छ ।

चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा

       सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे ।
दुई नम्बर प्रदेशअन्तर्गत बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए । उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौति छैन ।’

‘चुनावमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन’
आगामी निर्वाचनमा मतदान गर्न मतदाता आतुर रहेको पनि उनले बताए । चितवनको भरतपुरमा मतपत्र च्यातिएको सन्दर्भबारे पत्रकारको जिज्ञासामा मन्त्री शर्माले भने, ‘निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन । मतदाताले हो परिणाम दिने । मतदाताले जसलाई मत दिन्छन् त्यही विजयी हुने हो ।’
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले दुई नम्बर प्रदेश हुन लागेको स्थानीय चुनावका लागि जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने बताए । टिकट वितरणमा भेदभाव हुने गरेकोबारे पत्रकारको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘राम्रो परिणाम जसले ल्याउँछ उसैले टिकट पाउँछ । पार्टीमा नजिक–टाढा कोही छैन ।’
माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो भनेर सबैले बुझेको भन्दै उनले आगामी चुनावको परिणाम पनि त्यसैअनुसार आउने अपेक्षा गरे ।
विपद व्यवस्थापन सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने काम भइरहेको भन्दै मन्त्री शर्माले छिट्टै संसदमा पेश गर्ने पनि बताए ।

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...