Home



यी हुन् नाडामा चर्चा बुटुलेका महिन्द्राका ५ शानदार गाडी

१८, भदौ, काठमाडौं । राजधानीमा चलिरहेको नाडा अटो-शोमा राखिएका केही गाडीहरु चर्चाको शिखरमा छन् । अटो टेक्नोलोजीमा चासो राख्ने धेरैले चर्चा सुनेको  र गरेको गाडी हो, महिन्द्राको मोडिफाइड कार ‘थार’ ।
तर, महिन्द्राको थार मात्रै हैन, इलेक्ट्रिक कार ‘ईटुओ-स्र्पोट्स’ले पनि मेलामा धेरै दर्शक, शुभचिन्तक र ग्राहक बटुलेको छ । महिन्द्राका अरु एसयुभी गाडीमा पनि ग्राहकको आकर्षण कम छैन ।
मिडियम रेञ्जका गाडीहरुमा निकै प्रभावशाली ब्राण्ड महिन्द्राका चर्चा बटुल्ने गाडी कस्ता फिचर्सका छन् त ?
‘थार’ डेब्रेक
महिन्द्राको मोडिफाइड ‘थार’ डेब्रेक यो वर्षकै नाडा अटो-शोमै सबैभन्दा बढी रुचाइएको गाडी हो । यो सँगै बसेर फोटो खिचाउनेको पनि ठूलै भीड छ ।
‘थार’ नेपालका लागि नयाँ होइन । तर, अहिले नाडामा योपटक स्पेशल लुक्स र बनोटसहितको थारलाई राखिएको छ ।
अहिले बिक्री भइरहेको थारमा मोडिफाई गरेर यो रुप दिइएको हो । एड्भेञ्चर सफारीका लागि निकै उपयुक्त यो गाडी २५ सय सिसीको हो ।
यसको बलियो र आकर्षक टायर १०५ बीपीएचको थारको शक्तिशाली इञ्जिनले २४७ एनएमको टर्क उत्सर्जन गर्नेछ । २०० एमएमको ग्राउण्ड क्लेयरेन्स थारमा अघि डिस्क र पछाडि ड्रम ब्रेक छ ।
६० लिटरको फ्युल ट्यांक रहेको यो विभिन्न सेफ्टी फिचर्स पनि छन् । बम्पर एण्ड ह्वील आर्क, क्लेयर लेन्स हेडल्याम्प लगायतका फिचर्सले यो निकै आकर्षक देखाएको छ ।
स्पोर्टी लुक्ससहितको यो गाडीको मूल्य एक करोडदेखि १ करोड ३५ लाखसम्म पर्नसक्ने महिनऽको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरटले जनाएको छ । यसले १३ देखि १५ किलोमिटर/प्रतिलिटरको माइलेज दिने दावी कम्पनीको छ ।
यसको इन्टेरियरमा टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ४ वटा वाटर प्रुफ स्पीकर, न्यू टि्रपल पोड इन्स्ट्र्युमेन्ट क्लष्टर, एचभीएसी कन्ट्रोल, न्यू गेयर लिभर, न्यू स्टेरिङ ह्वील, स्पार्को रेली सिट, रोल ओभर बार लगायतका सुविधा छन् । यसमा ५ स्पीड म्यानुअल गेयर छ ।
यो गाडी अफरोडको नायक नै सावित भइसकेको छ । झन मोडिफाइड भसर्न यति फरक छ कि यसलाई हेर्ने जो कोहीले प्रशंसा नगरी बस्न सक्दैनन् ।
नेपाली बाटोको लागि सबैभन्दा उपयोगी मानिएको यो गाडी एड्भेञ्चर टूर र जंगल सफारीमा त झनै उपयोगी हुने देखिन्छ ।
एक्सयुभी ५००

महिन्द्राको ‘एक्सयुभी ५००’ नाडाको अर्को लोकपि्रय कार बन्यो । आकर्षक डिजाइनमा उत्कृष्ट फिचर्ससहितको यो गाडी नयाँ जेनेरेशनलाई टार्गेट गरिएको छ ।
नेपालमा यो गाडी विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । यो अटोमेटिक ट्रान्मिसिनमा पनि उपलब्ध छ । सबैभन्दा सस्तो डब्लु ४ को मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ भने डब्लु १० एडब्लुडी (अल ह्वील ड्राइभ) को मूल्य ७२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
सिटी, हाइवे र कच्ची बाटोमा समेत चलाउन उपयुक्त रहेको यसले नेपालीको पनि विश्वास जित्न सफल भएको छ ।
टर्बोचार्ज २.२ लिटर डिजेल इञ्जिनयुक्त यो गाडीले प्रतिलिटर १६ किलोमिटर माइलेज दिन्छ । शक्तिशाली इञ्जिन भएको हुँदा ५.४ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको गति दिन्छ ।
यसमा इलेक्टि्रक सनरुफ छ । अर्को हाइटेक फिचरका रुपमा पावर एडजष्टेवल ड्राइभर्स सिट छ । गाडीमा स्टार्ट र बन्द गर्ने बटन राखिएको छ । जीपीएस ट्रयाकिङ गर्ने ७ इञ्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिष्टम रहेको छ ।
यो सिष्टम विश्वभर अत्याधिक रुचाइएको छ । यसमा युसबी पोर्टमार्फत अडियो सुन्न, भिडियो हेर्न, फोटो हेर्न सकिन्छ । यसका साथै ब्लुटुथ र आइपड कनेक्टीभिटी सुविधा पनि छ ।
यसमा हाइटेक रिभर्स पार्किङ क्यामेरा, भ्वाइस म्यासेजिङ सिष्टम, फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल सिष्टम, टायर प्रेसर, टेम्प्रेचर मोनिटरिङ सिष्टम, ड्राइभर इन्फरमेशन सिष्टम, स्मार्ट रेन एन्ड लाइट सेन्सर, क्रुज कन्ट्रोल, कि लेस इन्ट्री लगायतका सुविधा छन् ।
यसमा भएको ब्लु सेन्सर टेक्नोलोजीले म्यूजिक सिष्टम कन्ट्रोल गर्छ । गाडीमा पि्रमियम ब्ल्याक र बेगी इन्टेरियर गरिएको छ । आकर्षक लेदर सिट, स्पोर्टी आल्मुनियम पेडल्स, पावर एडजष्टमेन्ट एन्ड फोल्डेबल ओआरभीएम्स लगायतले गाडीलाई थप सुविधायुक्त बनाएको छ ।
सुरक्षालाई विशेष ध्यान दिइएको न्यू एज एक्सयुभी ५०० मा ६ वटा एयरब्याग राखिएको छ । दुईवटा प|mन्ट एयरब्याग, दुईवटा साइड एयरब्याग र २ वटा कर्टेन एयरब्याग रहेका छन् ।
अफरोडमा चलाउँदा सजिलो होस भनेर हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल प्रविधि पनि यसमा राखिएको छ । इलेक्टि्रक ब्रेक फोर्स डिष्ट्रिब्युसन (इबिडी) सहितको एबीएस सुविधा छ ।
चारवटै चक्कामा डिस्क ब्रेक राखिएको छ । जसले गर्दा गाडी कन्ट्रोल गर्न ड्राइभरलाई निकै सहज हुनेछ । क्रयास प्रोटेक्सन क्रम्पल जोन्स, साइड इम्प्याक्ट बीम्सका कारण गाडी थप सुरक्षित बनेको छ ।
गाडीलाई आकर्षक बनाउन अगाडि र पछाडिको लाइटमा विशेष ध्यान पुराइएको छ । यसमा स्टाइलिस लाइट गाइडसहितको हेडल्याम्प राखिएको छ । त्यस्तै, युनिक देखिने नयाँ फग लाइट पनि यो गाडीमा प्रयोग गरिएको छ ।
यो विभिन्न ७ कलरमा उपलब्ध छ । उपभोक्ताले पेरल ह्वाइट, भोल्कानो ब्ल्याक, मुनडष्ट सिल्भर, डोल्फीन ग्रे, ओपुलेन्ट पर्पल, टुस्कान रेड र सनसेट आरेञ्ज कलरमा यो गाडी खरिद गर्न पाउँछन् ।
महिन्द्राको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटले स्टाइलिस डिजाइन, अब्बल इन्फोटेनमेन्ट सिष्टम, इजी राइड एन्ड ह्यान्डलिङ लगायतका फिचर्सले ग्राहकलाई एक्साइटेड गराएको बताउँछ ।
केयुभी-१००

महिन्द्राको ‘केयुभी १००’ कार पनि नाडामा चर्चाको आकर्षणका रुपमा रह्यो । चर्चामा रहेको रियालिटी शो ‘नेपाल आइडल’ को विजेताले पाउने कारका रुपमा धेरैले यसलाई एकपकट नियाल्न छुटाएनन् ।
महिन्द्राले पहिलोपटक बजारमा सानो आकारको एसयूभीका रुपमा चिनाएको गाडी हो ‘केयुभी १००’ । ‘दी योङ एसयूभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहने उपभोक्तालाई आकषिर्त गरेको छ ।
१२ सय सीसीको इन्जिन रहेको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा छ । माइलेजको कुरा गर्दा यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिटर दिने कम्पनीको दाबी छ ।
नेपाली सडक सुहाउँदो केयुभीमा पाँच स्पिड म्यानुअल गियर छ । यसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ । यसको टर्निङ रेडियस ५.०५ मिटर रहेको हुँदा साँघुरो सडकमा पनि सजिलै मोड्न सकिन्छ ।
केयुभी-१०० मा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । यसमा ३५ लिटर क्षमताको इन्धन ट्यांकी छ भने २४३ लिटरको समान राख्ने बूट स्पेश छ ।
केयुभीको सवैभन्दा लोभलाग्दो पक्ष भनेको यसको डिजाइन नै हो । इन्टेरियर डिजाइन स्पेसियस र आरामदायी छ । यसमा स्पोर्टी स्टेरिङ हृवील, स्टाइलिस ˆलोटिङ ड्यास बोर्ड, डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिष्टम रहेको छ ।
यसमा ६ स्पिकर इन्फोटेनमेन्ट, ब्लुटुथ सिष्टम, हृयान्डस फ्री मोड, युएसबी, स्टेरिङ, फोन कन्ट्रोल, डिजिटल इञ्जिन, इमोबीलाइजर लगायतका फिचरहरु छन् ।
यसमा डे टाइम रनिङ ल्याम्प, टर्न इन्डिकेटर्स, मस्कुलर एण्ड सार्प बडी, स्टाइलिस रुफ रेल, एलइडी फग ल्याम्प लगायतका सुविधाहरु यो गाडीमा छन् ।
नेपाली बजारमा पेट्रोल इन्जिनमा ४ र डिजेल इन्जिनमा ३ भेरियन्टमा उपलब्ध छ । यसको न्युनतम् मूल्य २६ लाख ९५ हजार देखि ३६ लाख ९५ हजारसम्म छन् ।
इलेक्ट्रिक इटुओ-स्पोर्टस
महिन्द्राको विद्युतीय कार ‘इटुओ-स्पोर्टस्’ पनि नाडामा बढी चर्चामा रहेको कार हो । काठमाडौंमा लोडसेडिङ हटेकाले पनि इलेक्टि्रक इटुओ-स्पोर्टसको खोजी बढी हुन थालेको छ ।
यसले कम खर्च गरेर पनि स्मार्ट विद्युतीय कार चढ्ने चाहाना राख्नेलाई गज्जवको विकल्प दिएको छ । ‘ईटुओ’ को अपग्रेडेड भर्सनका रुपमा आएको इटुओ-स्पोर्टस् निकै आकर्षक, सुविधाजनक र उपयोगी छ ।
यो आरामदायी, सुरक्षित, सजिलो र छरितो तथा वातावरणमैत्री सवारी हो । सानो आकारको ‘स्मार्ट कार’ का प्रयोगकर्ता यसमा जडित प्रविधि र सुबिधाबाट निकै सन्तुष्ट हुने दावी अग्नि इन्कर्पोरेटले गरेको छ ।
आकर्षक स्वरुप र सुविधामा नयाँ कारलाई प्रस्तुत गरिएकाले विद्युतीय सवारी चढ्न चाहानेको रोजाइमा इटुओ-स्पोर्टस् पर्ने गरेको छ ।
यसमा अत्याधुनिक सुविधा उपलब्ध छन् र अन्य कारभन्दा सुरक्षित पनि छ । यसका लागि डुवल एयरब्याग र एबिएस सिस्टम जडान गरिएको छ ।
इटुओ-स्पोर्टस् डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । ड्यासबोर्डमा एन्ड्रोइड भर्सनको टच स्त्रिmनयुक्त इन्फोटेन्मेन्ट डिस्प्ले छ ।
यसमा फाष्ट चार्जिङ तथा रियर वाइपरको सुविधा पनि छ । लेदर सिट रहेको इटुओ-स्पोर्ट्समा पि्रमियर स्टाइलिङ, स्टेरियङ माउन्टेड अडियो कन्ट्रोल सिस्टम पनि छ ।
महिन्द्रा इटुओ-स्पोर्ट्स ८ घण्टा चार्ज गरेपछि १२६ किलोमिटर दौडिन्छ । यसको ब्याट्री र इञ्जिन निकै पावरफूल छ । यो अधिकतम् १ सय किलोमिटर प्रतिघण्टा दरले गुड्न सक्छ ।
इटुओ-स्पोर्टसको मूल्य नेपाली बजारमा २६ लाख रुपैयाँ तय भएको छ । नेपाल सरकारले विद्युतीय कारलाई प्रबर्द्धन गर्ने नीति लिएका कारण यो कार चढ्ने ग्राहकले रोड ट्याक्स समेत तिर्नु पर्दैन । अन्य कर पनि पेट्रोल वा डिजेल इन्जिनयुक्त गाडीले भन्दा आधा तिरे पुग्छ ।
कारमा चार जनाले यात्रा गर्न सक्छन् । विद्युतबाट चल्ने हुँदा महिन्ऽा इटुओ-स्पोर्टसमा भाइब्रेसन र आवाज आउँदैन । यसमा एसी सुविधा पनि छ ।
यिनै विशेषताका कारण यसले विलासी यात्राको अनुभुति दिलाउँछ । युरेपियनको टेक्नोलोजी प्रयोग गरिएको यो कार भारतको बैंंगलोर प्लान्टमा निर्माण भएको हो ।
यसमा ३ वर्ष र ६० हजार किलोमिटर बराबरको वारेन्टी दिइएको छ । यसको सञ्चालन खर्च पनि अत्यन्तै कम रहेको दावी कम्पनीको छ ।
सबैभन्दा रोचक पक्ष यो गाडी हत्तपत्त बिग्रँदैन । त्यसैले सामान्य आम्दानी भएका मध्यम वर्गीय परिवारलाई पनि यो गाडी उपयुक्त छ ।
अपरेेशन कष्ट निकै न्यून रहेको हुँदा मध्यमवर्गीय परिवारलाई उपयुक्त देखिएको कम्पनीको भनाइ छ । नयाँ अत्याधुनिक प्रविधि जडान गरिएको हुँदा युवाहरु पनि यो कारप्रति लोभिएका छन् ।
व्यस्त सडक सुहाउँदो यो विद्युतीय कार प्रयोगकर्तालाई इन्धनको लामो लाइनमा बस्नु पर्दैन । न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झन्झट नै हुन्छ । त्यसैले नयाँकार झनै लोकपि्रय हुने क्रममा देखिन्छ ।
टियुभी ३००

नाडमा महिन्द्राको शो-रुममा पूग्ने धेरै ग्राहकको आँखा परेको अर्को गाडी हो, एसयूभी ‘टियुभी ३००’ । एक वर्षकै बीचमा यसले लोकपि्रयता हासिल गरिसकेेको छ ।
अग्नि इन्कर्पोरेटेडले बेचिरहेको यो कार पावर बढी भएकै कारण ग्राहकमाझ लोकपि्रय भएको हो ।
गाडी नयाँ आधुनिक मोडलमा रहेकाले पनि ग्राहकले रुचाएका छन् । गाडीको ग्राउण्ड क्लियरेन्स, ग्रमाीण सडक सुहाँउदो भएकै कारण पनि ग्राहकले कम्पनीलाई विश्वास गरेका छन् ।
यो कार १५ सय सीसीमा उपलब्ध छ । अग्नि इन्कर्पाेरेटका शोरुम मार्फत् नेपाली बजारमा उपलब्ध रहेको एसयूभीको ३६ लाख ९५ हजारबाट सुरु भई ४५ लाख ९५ हजार रुपैयाँसम्म पर्छ ।
टियूभी-३०० गाडीलाई नेपाली बाटो सुहाँउदो पनि छ । यसको माइलेज १८.४९ किलोमिटर प्रतिलिटर छ । भारतमा निकै लोकपि्रय भएको यो एसयूभी ‘टियुभी ३००’ सेभन सिटर गाडी हो ।
यसमा बेज तथा प्रिमियम ब्ल्याकको डुअल टोन इन्टिरियर छ । आकर्षक हेक्सागन सेन्टर बेजेल, पियानो ब्ल्याक सेन्टर फेसिया, टु-डिन अडियोसहितको इन्फोटेन्मेन्ट सिस्टम, ब्लुटुथ, यूएसबी, एयूएक्स, तथा स्टेयरिङ माउन्टेड अडियो तथा फोन कन्ट्रोल र स्पोर्टी ट्वीन-पड इन्स्ट्रयुमेन्ट क्लस्टर लगायतका आधुनिक फिचर्सले गाडी सजिएको छ ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...