Sunday, August 26, 2018

बानेश्वरमा ‘सुरुप्प !’ चियाले लेखेको एउटा कथा

बानेश्वरमा ‘सुरुप्प !’ चियाले लेखेको एउटा कथा

फुटपाथको ९ वर्षे असरल्ल अनुभव

काठमाडौँको नयाँबानेश्वरको कोलाहल र भीडभाडदेखि अलिकति पर एउटा छुट्टै परिवेश छ । मन्दिर, चियापसल, पानी पुरी स्टललाई आफ्नो सानो आयाममा समेटेको यो ठाउँमा मान्छेको चहलपहल कहिल्यै टुट्दैन ।
मन्दिरबाट आएको धुपको वास्ना र त्यहीँ छेउमा भएको चिया पसलबाट उडिरहेको चियाको वाफ मिसिएर बेग्लै सुगन्ध फैलिएको हुन्छ यहाँको वातावरणमा । यसमा आंशिक भूमिका चुरोटको धुवाँले पनि खेलेको हुन सक्छ । जे होस बेग्लै सानो संसारको अनुभूति दिने यो ठाउँमा मान्छेको कमी हुँदैन । 
वर्षौंदेखि यसरी नै साझा चौतारीका रुपमा स्थापित यस ठाउँमा केही मन्दिर गएर धर्म कमाउनलाई पुग्छन् । भने बढी चाहिँ चियाकै लागि आउने गर्छन् । करिब २ दशकदेखि छक्कुबक्कु चिया पसलको नामले परिचित यो चिया पसल अहिले छुट्टै ब्राण्ड नै बनिसकेको छ ।
त्यसैले चियाका पारखीहरुका लागि छक्कुबक्कु नौलो नाम होइन ।
कतिले त यसलाई आफ्नो नियमित भेटघाट गर्ने ‘जक्सन’ समेत बनाइसकेका छन् । 
ताप्केबाट शुरु गरेको यात्रा
दिउँसो ४ बजेतिर यस परिसरमापुग्दासधैं जस्तै मान्छेहरुको भीडभाड देखिन्थ्यो । 
सबै छरप्रष्ट भएर छरिएका । कोहीबाहिर कोहीभित्र ।
भित्र टेबल वरिपरि राउन्ड भएर बसेका ७० वर्ष जतिका पाकाहरु कुन्नी के सम्झिँदै खित्का छोडेर हाँसिरहेछन् ।
चियाबाट आएको वास्नाले सबैको नजर उतै फ्याकियो । पुलुक्क ! 
‘सुरुप्प !’ त्यहीँ छेउमा उभिएका ३ जना अँधवैसे पुरुषहरुको समूह केही भावुक मुद्रामा चियाको चुस्की लिँदै छन् । थकित छन् शायद, दिनभरिको कामबाट । अनि धेरथोर जीवनबाट पनि ।
यसरी भिन्नभिन्न प्रकारका मान्छेको साझा चौतारी बनेको छक्कुबक्कु चिया पसलको आफ्नै इतिहास छ । इतिहास करिब दुई दशक लामो छ । मायाश्रेष्ठ त्यही इतिहासलाई निरन्तरता दिइरहेकी छिन् ।
माया श्रेष्ठ, ४६ वर्ष, छक्कुबक्कु चियापसलकी जन्मदाता । उनको आवाज कडा, स्वभावपनि उस्तै । संघर्षले उनलाई यस्तो बनाएको पनि हुन सक्छ ।
हट लेमनको चुस्की लिँदै उनी ‘फ्लास ब्याक’मा गइन् ।एकछिन सोचमा हराइन् । ‘म बिहे गरेर आउँदा मेरो बुडोसँग सम्पत्तिको नाममा केही थिएन ।’ आफ्नो मौनता तोड्दै उनी बोलिन् । ‘पढाइ शून्य । कालो अक्षर भैंसी बराबर । सीपपनि केही थिएन । कसरी बाँच्ने त ?’ आफ्नो नेवारी लवजमा उनले थपिन् ।
कुनै उपाय नरहेपछि श्रेष्ठ दम्पत्तीले चियापसल थाप्ने योजना बनाए तर कोठा भाडा लिएर व्यवस्थित रुपमा व्यवसाय गर्ने हैसियत उनीहरुको थिएन । त्यसैले बानेश्वरको फुटपाथमा नै आफ्नो सानो व्यापार शुरु गरे ।
‘एउटा ठेला किनिम, एउटा ताप्के, एउटा डेक्ची अनि एउटा चिया छान्ने । यति लगानी गरेर शुरु गरियो ।’ आफ्नो पसल खोलेको पहिलो दिन सम्झिँदै उनी भावुक भइन् ।
फुटपाथमा पसल खोलेकाले भाडा तिर्नु परेन । यसले केही हदसम्म उनीहरुलाई राहत दिएतापनि घरी न घरी नगरपालिकाले फुटपाथमा पसल थाप्नेलाइ जरिवाना गरिदिनाले समस्या पनि झेलिरहनु परेको थियो ।
३ पाउन्ड दुधबाट चिया बनाउन शुरु गरेका श्रेष्ठ दम्पत्तीले क्रमश ५, ७, १० हुँदै ४० पाउन्ड दुधको चिया बेच्न थाले ।
अहिले दिनको कम्तीमा ६०–७० पाउन्ड दुधको चिया बिक्छ ।
व्यापार पनि सोचे जस्तै फस्टाउँदै गयो । त्यसैले फुटपाथमा कहिले झरी, कहिले नगरपालिकाको समस्या झेल्नु भन्दा सुरक्षित साथ कोठा भाडामा लिएर पसललाई अझै बढाउनु उपयुक्त लाग्यो उनीहरुलाई ।
९ वर्ष फुटपाथमा संघर्ष गरेपछि अन्ततःछक्कुबक्कु चियापसल सञ्चालनमा आयो । ग्राहकहरुले पनि त्यहाँको चिया रुचाउँदै गए । एकपटक आएका ग्राहक पटकपटक आउन थाले ।‘छक्कुबक्कु’ पपुलर भयो ।
कता हो कता सम्पत्ति जोड्न नसकेपनि छोराछोरीलाई राम्रो तरिकाले हुर्काइरहेका छौं । मूलपानीमा ८ कोठाको सानो आफ्नै घर पनि छ ।
यही पसलबाट भएको आम्दानी कै भरमा उनीहरुले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिइरहेका छन् ।
एउटा ठेलाबाट शुरु गरेको चियापसलमा अहिले ३ जना कामदारले रोजगारी पाएका छन् । 
‘कता हो कता सम्पत्ति जोड्न नसकेपनि छोराछोरीलाई राम्रो तरिकाले हुर्काइरहेका छौं । मूलपानीमा ८ कोठाको सानो आफ्नै घर पनि छ ।’ सुनको दाँत टल्काउँदै उनी मुस्कुराइन् ।
मिहिनेत गर्नेलाई अवसरको कमी छैन भन्ने भनाइका ज्वलन्त उदाहरण हुन् श्रेष्ठ दम्पत्ती ।
यद्यपी आजकल चिनी, चियापत्ति, दुध जस्ता सामानहरुको भाउ बढेकाले व्यापार पहिलेभन्दा खस्किएको माया बताउँछिन् ।
‘सामानको भाउ बढेको बढ्यै छ । ग्राहकहरु भने सस्तोमा सेवा खोज्छन् । अनि हामी व्यापारीले चाहिँ के गर्ने ?’ यसो भन्दै गर्दा चाहिँ छक्कुबक्कुकि साहुनी थोरै कड्किइन् ।

मिठो सपना बोकेर गएका नेपाली युवाको विदेशमा बिजोग, वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेन

मिठो सपना बोकेर गएका नेपाली युवाको विदेशमा बिजोग, वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेन

,  । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन ।


अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् ।
राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् ।
यस्तैमध्येका एक हुन् – म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका ३६ वर्षीय धनमान पुर्जा ।
“यूरोप पुगेर धेरै पैसा पठाउँछु र हामीलाई पनि उतै लैजान्छु भन्नुहुन्थ्यो,” धनमानकी श्रीमती दालसुवाले गहभरी आँशु पार्दै भने – “तर कहिल्यै नर्फकने गरी यो संसारबाट बिदा हुनुभयो ।”
लिबियादेखि सामुद्रिक बाटो हुँदै इटाली छिर्न नेपालबाट निस्किएका पुर्जाको सपना मानव तस्करले डोर्‍याएको बाटोमै चकनाचुर भयो ।
पुर्जाका श्रीमती, चार छोराछोरी र आफन्तले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन् ।
कात्तिक १२ गते लिबियाबाट ट्युवको डुङ्गामा बसेर इटाली लैजाने क्रममा पुर्जाको निधन भएको उनीसंगै गएका नेपालीहरुले एनआरएनए, स्विट्जरल्याडस्थित नेपाली दूतावासमार्फत परिवारलाई खबर पठाएका थिए ।
अवैध रुपमा गएको र अर्थाभावका कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै सद्गत गरेर परिवारले मगर संस्कार अनुसार काज किरिया गरेका थिए ।
धनमानका तीन छोरा र एक छोरी छन् । बार्‍ह वर्षीय जेठा छोरा अपाङ्ग छन् । “गरगहना धितो राखेर, ऋण खोजेर पठाएका थियौं,” दालसुवाले भने ।
विदेश जाँदा लागेको ऋण तिर्ने, छोराछोरी पढाउने, घरव्यवहार चलाउने जिम्मेवारी दालसुवाको काँधमा आएको छ ।
खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका पुर्जा परिवार घरमूलीको निधनपछि विचल्लीमा परेका छन् ।
पुर्जाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष युएई र दुई वर्ष बहराइनमा काम गरेका थिए ।
इटालीस्थित शरणार्थी शिविरमा रहेका धनमानसँगै गएका नेपालीहरुका अनुसार १२ जनालाई दुबई, टर्की र लिबिया हुँदै इटाली छिराउन मानव तस्करहरुले अफ्रिकी मूलका आप्रवासीहरुसँगै सामुद्रिक डुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए ।
चार वर्षअघि अवैध बाटो भएर अमेरिका जान हिँडेका धौलागिरि गाउँपालिका ७ ताकमका पृथ्वी केसीको समुद्रमा डुबेर निधन भएको थियो ।
केसीसँगै गएका म्याग्दीकै युवाले सामान बोक्ने डुङ्गामा कोचिएर समुद्र पार गर्ने क्रममा डुबेर केसीको निधन भएको परिवारलाई जानकारी गराएका थिए ।
पाखापानीका पुर्जा र ताकमका केसीको निधनले म्याग्देली युवा मानव तस्करको फन्दामा परेर अवैध बाटो भएर यूरोप र अमेरिका जाने प्रलोभनमा ठगी र दुःखमा फसेको पुष्टि गरेको छ ।
देशको अस्थिर राजनीति, विकराल बेरोजगारीको अवस्थाबाट निराश भएका सोझासाझा युवालाई वैदेशिक रोजगारीका नाममा पर्यटक भिसामा खाडीका देशमा लैजाने र अलपत्र पार्ने समस्या पनि उत्तिकै छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले आप्रवासीहरुप्रति अपनाएको कठोर नीतिका कारण अवैध बाटो भएर अमेरिका पुगेका नेपालीहरु फर्कन थालेका छन् ।
एक वर्ष पहिलेसम्म त्यहाँ पुगेका नेपालीहरु केही महिना शरणार्थी शिविरमा बस्ने र पछि अदालती प्रक्रिया पूरा गरेर वैधानिक हुने गरेका थिए ।
नेपालबाट भिजिट भिसामा युएईको दुबई पुर्‍याउने र युएईको सारजाँ अजमानमा कोठा भाडा लिएर महिनौं राख्ने अनि जलमार्ग हुँदै लिबियाको बाटो भएर यूरोप पुर्‍याउने गरेको अमेरिका पुगेर फर्किएका बेनपा ६ का दीपक शर्माले बताए ।
यूरोपका बेल्जियम, चिली, क्यानडा, पोर्चुगल, इटाली, स्पेन लगेर रोजगारी दिने भन्दै एक जनाबाट कम्तीमा २०२५ देखि ५०६० लाख लिने गरेका उनले गुनासो गरे ।

कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता ,अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार जाने

कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता ,अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार जाने

काठमाडौं – दक्षिण कोरियाले सन् २०१८ को पहिलो चरणका लागि नेपाली कामदार लैजान शुरु गरेको छ । छनोट थालेलगत्तै भाषा परीक्षा उत्तीर्ण गरेका ११ सय नेपालीको श्रम सम्झौता पठाएको छ ।
थप ११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउन लागेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले बताए । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना कोरिया उडिसकेका छन् ।
गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट आएको थियो । यस वर्ष भने पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको छ ।
यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।
कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ ।
अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए । कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत् कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए ।
यस वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार कोरिया जाँदैछन् । अघिल्लो वर्ष ३५ सय युवाले भाषा परीक्षामा उत्तीर्ण गरेका थिए । तीमध्ये करिब डेढ सयले अझै कोरिया उड्न पाएका छैनन् ।
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन शुरु गरेको हो । हालसम्म दक्षिणकोरियामा ईपीएसमार्फत् ३५ हजारभन्दा बढी हजार नेपाली युवा पुगिसकेका छन् ।
मासिक एक लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्यधिक छ । गत डिसेम्बर अन्तिमसम्म ५० हजार कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । १० वर्षमा प्रतिवर्ष औसत पाँच हजार नेपाली कामदारलाई रोजगारी दिइरहेको छ ।
अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ४२ हजार रुपैयाँ तोकिएको छ । कोरियाले कृषि तथा उत्पादनमुलक (उद्योग) समूह विभाजन गरी कामदार लैजान्छ ।
कृषिभन्दा उत्पादनमुलक समूहबाट जानेहरुले बढी आम्दानी गर्ने गरेका छन् । कोरियाका लागि आगामी चैतमा सन् २०१९ का लागि भाषा परीक्षा हुँदैछ |

२०१८ मा सबैभन्दा धेरै सर्च गरिएका १० पोर्नस्टार फोटोमा हेर्नुहोस् !

२०१८ मा सबैभन्दा धेरै सर्च गरिएका १० पोर्नस्टार फोटोमा हेर्नुहोस् !

 हाम्रो समाजमा फरक नजरले हेरिने पोर्न फिल्मको व्यवसाय निकै ठूलो छ । यो फिल्म उद्योगमा काम गर्ने हिरो–हिरोइनहरु पनि बेलाबेलामा चर्चामा आइरहन्छन् । केही समयअघि पोर्नस्टार सनी लियोनी भारतमा सबैभन्दा बढी खोजी गरिएकी सेलिब्रेटी बन्दै चर्चा कमाएकी थिइन् । केही महिनाअघि बलिउड डेब्यू गर्दै अर्की पोर्नस्टार मिया माल्कोभाले पनि चर्चा कमाइन् । अहिले वर्ष २०१८ चलिरहँदा इन्टरनेटमा यस वर्ष सबैभन्दा बढी खोजी गरिएका १० पोर्नस्टारबारे चर्चा गरौं ।
१. लिसा एनः लिसा २०१७ मा सबैभन्दा बढी सर्च गरिएकी एडल्ट स्टार थिइन् । वर्ष २०१८ को आधा समय सकिइसक्दा पनि उनी शीर्ष स्थानमै कायम छिन् । २०१८ मा उनका भिडियोले ५८ मिलियन भ्यू पाएका छन् ।
२. मेडिसन इभीः मेडिसन इभी यो सूचीमा दोस्रो स्थानमा छिन् । उनका भिडियोहरु २०१८ मा ५३ मिलियन पटक हेरिएका छन् ।
३. मिया खलीफाः विवाद र चर्चामा रहिरहने मुस्लिम पोर्नस्टार मिया खलिफाले यो सूचीमा तेस्रो स्थान ओगटेकी छिन् । उनका भिडियो ४९ मिलियन पटक हेरिएको छ ।
४. रिले रेडः सूचीमा चौथो स्थानमा रहेकी रिले रेडका भिडियो ४३ मिलियन पटक हेरिएको छ ।
५. अशा अकिराः एसियन पोर्नस्टार अशा अकिरा सूचीमा पाँचौं स्थानमा छिन् । उनका भिडियोको भ्यू ३८ मिलियन छ ।
६. शाशा ग्रेः गत वर्ष टप टेनमा स्थान बनाएकी शाशा यस वर्ष छैटौं स्थानमा छिन् । उनका भिडियोको भ्यू ३५ मिलियन छ ।
७. निकोल एनिस्टन. सातौं स्थानकी निकोलको भिडियोको भ्यू ३३ मिलियन छ ।
८. ब्राण्डी लभः आठौं स्थानमा रहेकी ब्राण्डीको भिडियोको भ्यू ३१ मिलियन छ । उनी छैटौं स्थानबाट आठौं स्थानमा खस्किएकी छिन् ।
९.एलेक्सिस टेक्सासः अघिल्लो वर्ष नवौं स्थानमा रहेकी टेक्सास यस वर्ष पनि सोही स्थानमा कायम छिन् । उनका भिडियोको भ्यू ३० मिलियन छ ।
१०. मिया माल्कोभाः हालै बलिउड डेब्यूका कारण चर्चामा आएकी मिया माल्कोभा दसौं स्थानमा छिन् । उनको भ्यू २९ मिलियन छ ।

आफ्नो फेसबुक अरुले चलाईरहेको छ/छैन भनेर थाहा पाउन यसो गर्नुस्

आफ्नो फेसबुक अरुले चलाईरहेको छ/छैन भनेर थाहा पाउन यसो गर्नुस्    

साइबर अपराधीहरुलेे इन्टरनेट प्रयोगकर्ताका विभिन्न अकाउन्टहरु ह्याक गर्ने र प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गर्ने घटना नौलो होइन । पछिल्ला वर्षहरुमा अनलाइनमार्फत प्रयोगकर्ताको पहिचान चोरी गर्ने घटना तीव्र रुपमा बढिरहेको छ ।
प्रचलनमा रहेका सोसल मिडिया साइटहरुमध्ये फेसबुक धेरै प्रयोगकर्ताको लागि सबैभन्दा महत्वपूर्ण अकाउन्टको रुपमा रहेको हुन्छ ।
फेसबुकमा गरिने कुराकानी तथा शेयर गरिने जानकारीहरुको दृष्टिले गर्दा फेसबुकमा हरेक प्रयोगकर्ताका लागि आफ्नो गोपनियता निकै महत्वपूर्ण रहेको हुन्छ ।
फेसबुक आफैले प्रयोगकर्ताको अकाउन्टको सुरक्षाका लागि विभिन्न टुल्सहरु उपलब्ध गराएको हुन्छ ।
आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु उपलब्ध रहेका छन् । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछः
१. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् ।
२. सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्
३. त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी General अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्
४. त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।
५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचिमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ । यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको Not you नामक अप्सन छान्नुहोस् ।
६. त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लगआउन अप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ । आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ ।

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...