Saturday, August 04, 2018

सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर ३ विद्यार्थी बेपत्ता

सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर ३ विद्यार्थी बेपत्ता
साउन १९ गते, सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा रहेको खुम्जुङ माविबाट भ्रमणमा गएको कक्षा ९ को टोलीका ३ विद्यार्थीहरु स्थानीय गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, १६ वर्षीय पेम्बा नुरु शेर्पा, १६ वर्षीय सुनिल बराइली रहेको खुम्बु पासाङल्हामु गाउँपालिका सदस्य उमा बराइलीले जानकारी दिए ।

भ्रमण टोलीमा विद्यालको कक्षा ९ मा अध्ययनरत जम्मा ३३ जना विद्यार्थीहरु सम्मिलित थिए । ३३ जना विद्यार्थीहरुमध्ये शनिबार बिहान नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गैसकेको प्रहरी नायव उपरीक्षक रेशम पराजुलीले जानकारी दिए ।

Tuesday, July 31, 2018

कक्षा १२ को नतिजा भोलि

कक्षा १२ को नतिजा भोलि

  •  सोलुखुम्बु 
साउन १५, २०७५
काठमाडौँ— गत बैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बुधबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागिएको हो । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।

अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी

अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी

  •  सोलुखुम्बु 

१५ साउन २०७५/सोलुखुम्बु - नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले स्थानीय सरकारले भ्रष्टचारको सिमा नाघ्दै मनपरी ढंगले अघि बढेको आरोप लगाएकाछन् । मंगलबार सल्लेरी सरकारबिरुद्ध कांग्रेसको बिरोध प्रदर्शनमा केसीले बजेटको चरम दुरुपयोग भएको भन्दै कांग्रेसले प्रत्येक गाउँपालिकाको हिसाब खोज्ने बताए । 
उनले ओली सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै सरकारको बिरोधको बिकल्प नरहेको बताए । उनले कांग्रेस सोलुखुम्बुको नेता कार्यकर्तातर्फ लक्षित गर्दै पार्टी भित्रको गुट उपगुट बन्द गर्नुपर्ने बताए । 
केसीले आफू पर्यटन मन्त्री हुँदा जिल्लाका लागि छुट्याएको पर्यटन रोयल्टी रकम वडा कार्यालयको भवन निर्माण भएको प्रति पनि असन्तुष्टी व्यक्त गरे । 
बिरोध ¥यालीपछि आयोजित कोण सभामा कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको बताउँदै लोकतान्त्रिक संस्कार विपरित सरकार चलेको आरोप लगाए ।  ¥यालीमा कांग्रेस कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । सल्लरीवाट शुरु भएको बिरोध ¥याली बसन्त बजार, नयाँ बजार हुँदै पुनः सल्लेरी पुगेर सभामा परिणत भएको थियो ।

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...