Saturday, August 25, 2018
Thursday, August 23, 2018
कञ्चनपुर सदरमुकाममा कर्फ्यू
कञ्चनपुर सदरमुकाममा कर्फ्यू
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीवार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यू लगाएको छ । बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही माग गर्दै भइरहेको प्रदर्शन आक्रामक भएपछि प्रशासनले ५ बजेदेखि कर्फ्यू लगाएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काद्वारा जारी सूचनामा बिहीवार साँझ ५ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यू जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम कर्फ्यू जारी गरिएको जनाइएको छ ।
‘आन्दोलनले उग्ररुप लिई सरकारी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन सक्ने तथा अराजक भीडका कारण शान्ति भंग हुन जाने परिस्थिति सिर्जना भएकोले अर्को आदेश नभएसम्म कसैले पनि घर बाहिर ननिस्कन, आवतजावत नगर्न, भेला जम्मा नहुन तथा कुनै प्रकारको गतिविधि नगर्न, नगराउन सर्वसाधारणको जानकारीको लागि कर्फ्यू आदेश जारी गरिएको छ,’ सूचनामा लेखिएको छ ।
प्रमुख जिल्ला अधिकारी परिवर्तन
यसैबीच गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो ।
अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन
गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
Sunday, August 19, 2018
आरोहणका क्रममा टाँगिएका डोरी नहटाउदा सगरमाथामा फोहोर बढ्यो ।
आरोहणका क्रममा टाँगिएका डोरी नहटाउदा सगरमाथामा फोहोर बढ्यो ।
सोलुखुम्बु ः सगरमाथा आरोहणका क्रममा आरोहीलाई सहज बनाउन टाँगिएका डोरी बर्सौंदेखि नउठाइँदा फोहोर बढेको छ । यसले दुर्घटना पनि उत्तिकै हुने गरेको छ । आरोहण सञ्चालक संघ नामक संस्थाले क्याम्प २ भन्दा माथि वार्षिक रूपमा टाँग्दै आएको डोरी हालसम्म नउठाइँदा आरोहणमा समस्या हुने गरेको छ ।
वार्षिक करिब पाँच हजार मिटर डोरी टाँगेर छाडिँदा तिनले आरोहीलाई समस्या हुने गरेको फुर्वा नाम्गेल शेर्पाले बताउनु भयो । सगरमाथामा आरोहणको ६५ वर्षदेखि टाँगिएका डोरी उठाइएको छैन । आरोहण सञ्चालक संघले पछिल्लो समय डोरी टाँगेर बाटो निर्माण गर्ने भन्दै प्रत्येक आरोहीसँग दुई सय अमेरिकी डलर असुल्दै आएको छ ।
डोरी टाँग्ने र सिजनमा आरोहण सम्पन्न भएपछि डोरी पुनः उठाउनपर्ने भए पनि सरकारी अनुगमन नहुँदा हिमालमा जथाभावी डोरी छाडिएको हो । पुराना डोरी मक्किएको हुने र अनुभव नभएका गाइड र आरोहीले नयाँ डोरी नचिन्दा दुर्घटनासमेत हुने गरेको आरोहीहरूको भनाइ छ । आरोही, गाइड र कम्पनीहरूले टाँगिएका डोरी जसरी पनि उठाउनुपर्ने भए पनि पैसा लिएपछि जिम्मा लिएका संस्थाले काम नगरेको उनीहरूको आरोप छ ।
वार्षिक करिब पाँच हजार मिटर डोरी टाँगेर छाडिँदा तिनले आरोहीलाई समस्या हुने गरेको फुर्वा नाम्गेल शेर्पाले बताउनु भयो । सगरमाथामा आरोहणको ६५ वर्षदेखि टाँगिएका डोरी उठाइएको छैन । आरोहण सञ्चालक संघले पछिल्लो समय डोरी टाँगेर बाटो निर्माण गर्ने भन्दै प्रत्येक आरोहीसँग दुई सय अमेरिकी डलर असुल्दै आएको छ ।
डोरी टाँग्ने र सिजनमा आरोहण सम्पन्न भएपछि डोरी पुनः उठाउनपर्ने भए पनि सरकारी अनुगमन नहुँदा हिमालमा जथाभावी डोरी छाडिएको हो । पुराना डोरी मक्किएको हुने र अनुभव नभएका गाइड र आरोहीले नयाँ डोरी नचिन्दा दुर्घटनासमेत हुने गरेको आरोहीहरूको भनाइ छ । आरोही, गाइड र कम्पनीहरूले टाँगिएका डोरी जसरी पनि उठाउनुपर्ने भए पनि पैसा लिएपछि जिम्मा लिएका संस्थाले काम नगरेको उनीहरूको आरोप छ ।
गोक्यो हिमतालमा बेपत्ता २ विद्यार्थी खोज्न ‘सबमरीन ड्रोन’को प्रयोग गरिदै
गोक्यो हिमतालमा बेपत्ता २ विद्यार्थी खोज्न ‘सबमरीन ड्रोन’को प्रयोग गरिदै
सोलुखुम्बु । गोक्यो हिमतालमा पौडीखेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ विद्यार्थीलाई खोज्न ‘सबमरीन ड्रोन’को प्रयोग गरिने भएको छ । हिमतालमा बेपत्ता ३ विद्यार्थीमध्ये पेम्बानुर्बु शेर्पाको शव गत साउन २३ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार ४ दिनसम्म हिमतालमा २ बेपत्ता विद्यार्थी खोज्द पनि नभेटिएपछि ‘सबमरीन ड्रोन’को प्रयोग गरिने भएको हो ।

नेपालमा पहिलो पटक ‘सबमरीन ड्रोन’को प्रयोग गरि पानीमुनी मान्छे खोज्ने काम भएको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । ‘सब मरीन ड्रोनले पानीमुनी ५० मिटर गहिराईसम्म गएर खोज्न सक्ने भएकाले हामीले यस्तो उपकरणको प्रयोग गर्ने सोच बनाएका हौं’ वडा अध्यक्ष अधिकारीले भने, ‘पानी मुनी जाँदा पनि अत्याधुनिक टर्च लाईट बालेर जान सक्ने भएकाले बेपत्ता विद्यार्थीको खोजीकार्यमा सहयोग मिल्ने अपेक्षा गरेका छौं ।’
सिङगापुरमा किनिएको ‘सबमरीन ड्रोन’ शनिवार (आज ) नेपाल आईपुग्ने पनि अध्यक्ष अधिकारीले बताए । पासाङग्याल्जेन शेर्पा, तेञ्जिङ शेर्पा र पासाङ शेर्पाले सिङगापुरबाट ड्रोन किनेर पठाएका हुन् । ड्रोन किन्न गाउँपालिकाको आन्तरिक स्रोतबाट ५ लाख रुपीयाँ खर्च गरिएको पनि अध्यक्ष अधिकारीले बताए । ‘अत्याधुनिक ‘सबमरीन ड्रोन’लाई चलाउनका लागि नेपाली सेना, सशस्त्र अथवा नेपाल प्रहरीमध्ये एकलाई आवश्यकीय तालिम दिई बेपत्ता विद्यार्थी खोज्न गोक्यो हिमतालमा लगिने छ’ उनले भने, ‘यदि ‘सबमरीन ड्रोन’ले हिमतालमा बेपत्ता विद्यार्थी भेट्टायो भने सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई लगेर शब निकाल्ने छौं ।’
खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ प्रदेश १ कै सबैभन्दा बढी क्षेत्रफल भएको वडा हो । यत्ति मात्र होइन, विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको वडा पनि हो । उच्च हिमाली क्षेत्र, अत्याधिक चिसो ठाउँमा साधारण सेल फोनले काम नगर्ने भएकाले स्याटालाईट फोन र जीपिएस ट्रयाकिङ मेसिन गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गर्ने पनि अध्यक्ष अधिकारीले बताए ।
गत साउन १९ गते बिहान पौडी खेल्ने क्रममा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का ३ विद्यार्थी गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमध्ये पेम्बानुर्बु शेर्पाको शव ५ दिनपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले हिमतालबाट निकाले थियो । तर पेम्बादोर्जे शेर्पा र सुमन बराईलीको अवस्था अझै अज्ञात रहेको छ । शैक्षिक भ्रमणमा गएका ३३ विद्यार्थीमध्ये ३ विद्यार्थी गोक्यो हिमतालमा सदाका लागि अस्ताए ।
Subscribe to:
Posts (Atom)
खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे
खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...
-
जीवनमा ठूला घटना घट्नु अघि हुन्छन् यस्ता संकेत ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव...
-
कहाँ लुकाइएको थियो ८८ किलो सुन? भाद्र १९, २०७४- महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । ...
-
बिरेन्द्र ज्योति उ मा वि सोताङ्गको सैक्षिक भ्रमण बिरेन्द्र ज्योति उ मा वि सोताङ्गको सैक्षिक भ्रमण