Wednesday, August 15, 2018

लुक्ला दुरसञ्चार कार्यालयमा सेवाग्राहीले लगाए ताला [भिडियो सहित]

लुक्ला दुरसञ्चार कार्यालयमा सेवाग्राहीले लगाए ताला [भिडियो सहित]





 नेपाल टेलिकम लुक्ला दुरसञ्चार कार्यालयमा सेवाग्राहीले ताला लगाएका छन् । लामो समयदेखिको मागलाई वेवास्ता गरेको भन्दै लुक्ला बजारका सेवाग्राहीले दुरसञ्चार कार्यालयमा ताला लगाएका हुन् ।

नेपाल टेलिकम लुक्लाबाट नागरिकले पाउने सेवा प्रभावकारी नभएको भन्दै ‘एक व्यक्ति, एक ताला’ लगाएका हुन् । दुरसञ्चार कार्यालयले लुक्ला बजार, चौंरीखर्क आसपासमा सेवा दिँदै आएको छ । लामो समयदेखि स्थानीय सरकार, दुरसञ्चार कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदा समेत वेवास्ता गरेकाले ताला लगाएको स्थानीय जितेन्द्र वस्नेतले बताए । ‘हामीले सम्बन्धित निकायलाई लामो समयदेखि झकझकाएकै हो, तर उहाँहरुले वास्ता गर्नु भएन, त्यसैले ताला लगाउन बाध्य भयौं’ बस्नेतले भने ।
जबसम्म दुरसञ्चार लुक्लाको सेवा प्रवाह सन्तोषजन हुँदैन त्यो बेलासम्म ताला नखोलिने स्थानीय सन्तोष तामाङले बताए । ‘नागरिकलाई सेवा दिन बसेपछि त राम्रोसँग दिनु पर्यो नी, जागिर खान मात्र कर्मचारी बस्ने हो भने त्यो हामीलाई चाहिदैन’ स्थानीय तामाङले भने ।

पटक पटक ध्यानाकर्षण पत्र बुझाउँदा पनि कुनै मागको सम्बोधन नभएपछि स्थानीयले ताला लगाएको बताएका छन् । स्थानीयले दुरसञ्चार कार्यालयको ढोकामा १५ भन्दा बढी ताला लगाएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

खुम्बु क्षेत्र प्रवेश गर्न चट्टान फोरेर मार्ग निर्माण

खुम्बु क्षेत्र प्रवेश गर्न चट्टान फोरेर मार्ग निर्माण



सोनाम याङजी शेर्पा- सोलुखुम्बुको पर्यटकीय स्थल खुम्बु क्षेत्र प्रवेश गर्ने बाटो निर्माण अन्तिम चरणमा पुगेको छ । जोखिमपूर्ण र निर्माणको लागि आप्ठ्यारो बाटोको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।  खुम्बु पासाङल्हामु गाउँपालिकाको पर्यटकीय पदमार्ग निर्माण गर्ने बहुबर्षिय योजना अन्तर्गत  ३५ लाख विनियोजन गरी बाटो निर्माण शुरु गरेको थियो । 

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ टोकटोक देखि बेङ्कार जाने यो बाटोमा पुरै चट्टानै चट्टाने भिरमा रहेको छ । भिरको बाटो भएकै कारण आवातजागत गर्न कठिन भइरहेको थियो । सोही बाटो आवातजावतको क्रममा पटकपटक मानवीय र पशुधनको समेत क्षति हुने गरेको दृष्टान्तलाई ध्यानमा राख्दै गाउँपालिकाले बाटो निर्माणका लागि बजेट विनियोजन गरी कार्य अघि बढाएको निर्माण समितिका अध्यक्ष नुरु जाङबु शेर्पाले जानकारी दिए । ‘आवातजातव गर्ने बटुवा, सामान ओसार्ने ज्योप्के र खच्चडहरू यही भीरको बाटोमा लडेर मरे ।’ अध्यक्ष शेर्पाले भने ‘त्यसैले आगामी दिनमा यस्तो अप्रिय घटना नघटोस् भन्ने हेतुले बाटो  समयमै निर्माण गर्न गाउँपालिकाले अग्रसर भएको हो ।’ 
अन्य विकल्प नभएकाले हाल प्रयोग भइरहेको सानो बाटोलाई नै भिरको चट्टान फोरेर रड र सिमेन्ट प्रयोग गरि रेलिङ सहितको बाटो निर्माण गरेको गाउँपालिकाले जनाएको छ । बाटो निर्माणको कार्य ८५ प्रतिशत सकिएको र छिट्टै कार्य सम्पन्न गरी आवागतजावातमा सहज बनाउन आफूहरु लागि परेको अध्यक्ष शेर्पाले बताए । 
अन्य समय सोही बाटो हुँदै पर्यटकहरुको आवातजावात बढी हुने भएकाले अफ सिजनको मौका छोपेर बाटो निर्माण तिब्र रुपमा अघि बढेको र बाटो निर्माणसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने निर्माण कार्यक्रममा संलग्नहरुको भनाई छ । 
 

फेक रेस्क्यूमा संलग्न १७ कम्पनीलाई कारबाही सिफारिस

फेक रेस्क्यूमा संलग्न १७ कम्पनीलाई कारबाही सिफारिस



काठमाडौं - उच्च हिमाली भेगमा भ्रमणका गएका पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टर मार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ । 
नेपाल सरकारद्वारा गठित अध्ययन कायदलले तयार पारेको प्रतिवेदनमा काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुलतीको सकोन हस्पिटल प्रालि र कपुरधाराको सिवेक अस्पताल प्रालिले चिकित्सकीय मर्यादाविपरीत फरक फरक शीर्षकमा बिलबीजन खडा गरेको औंल्याउँदै यी अस्पतालमाथि थप छानबिन गर्न र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ । 
यस्तै, एयर डाइनेस्टी हेली सर्भिस, मनाङ एयर र हेली एभरेष्ट पनि ठगीमा संंलग्न भएको समितिको प्रतिवेदनमा उल्लेख छ । 
ट्रेकिङ टुर तथा रेस्क्युतर्फ इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन ठोमेस्टिक, माउन्टेन रेस्क्यु सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ, अल्पाइन रेस्क्यु, कैलाश चार्टर रेस्क्यु, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस रहेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

अब खोला तर्दा पनि जनतालाई कर

अब खोला तर्दा पनि जनतालाई कर




काठमाडौं–पुल बनाउँछु भन्दै मत माग्ने नेताले अब डुंगाबाट खोला तर्न बाध्य जनताबाट कर उठाउन थालेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ । घाँस–दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा दिएको छ ।
अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ रुपैयाँ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने गरी ठेक्का दिइएको छ ।

Tuesday, August 14, 2018

यौन जिज्ञासा :हस्तमैथुन गर्नु ठीक कि बेठिक ? एकपटक यो पढ्नुहोस्….. २६ श्रावण २०७५, 


मेरो उमेर अहिले ३५ वर्ष भयो । विवाह गरेको १० वर्षभन्दा बढी भयो । मेरो सेक्स लाइफ सामान्य छ । न त पत्नीबाट म असन्तुष्ट छु न त उनी नै मबाट असन्तुष्ट भएको मलाई लागेको छ । तर पनि पछिल्लो समय इन्टरनेटका कारण हस्तमैथुनको बानी परेको छ । हस्तमैथुनले कतै स्वास्थ्यसम्बन्धी समस्या पो ल्याउला कि !

वीर्य मात्र होइन शरीरका कुनै पनि कोसिका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । रगतबाट नै पोषक पदार्थ शरीरका विभिन्न भागमा पुग्छन् र नयाँ कोसिका विकसित हुन्छ । यसबाहेक सबै हार्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाई चाहिने कच्चा पदार्थ पनि रगतबाट नै प्राप्त हुन्छ । शरीरबाट बाहिर निस्कने पिसाब र पसिना पनि रगतबाट छानिएर नै निस्कने हो । शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्ने साधनका रुपमा हुने भएकाले सबै कुरामा रगत महत्वपूर्ण भएको हो कतिपय मानिसहरुमा के विश्वास छ भने वीर्य बन्दा रगत चाहिने भएकाले वीर्य नष्ट भयो भने एक प्रकारले रगत नष्ट हुन्छ ।
आयुर्वदिक डाक्टरहरुले कहिलेकाहीँ यस धारणालाई पक्षपोषण गर्दा कतिपय मानिसमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ । तर वैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो । वीर्य बन्ने क्रममा रगत आफैँ सिधै वीर्य बन्ने होइन । जसरी थुकमा हुने पानी र अन्य तŒव रगतबाट आउँछ, त्यसैगरी वीर्यका लागि चाहिने कच्चा पदार्थ रगतबाट प्राप्त हुने हो । यसर्थ वीर्य बन्ने क्रममा रगत नष्ट हुँदैन ।

वीर्य नष्ट हुँदा शारीरिक तागत पनि नष्ट हुन्छ ?
कतिपय मानिस के कुरामा विश्वास गर्छन् भने वीर्य एउटा अमूल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ । खास गरेर भारतका बिहार, युपी, हरियाणाबाट सेक्ससम्बन्धी समस्या लिएर डाक्टरलाई देखाउन आउने मानिसहरु तथा उत्तर भारतमा काम गर्ने नेपालीहरुमा यस्तो विश्वास व्याप्त छ । एक थोपा वीर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफूमा आउने शारीरिक–मानसिक कमजोरीलाई स्वप्नदोष या हस्तमैथुनसँग जोडेर हेर्छन् । 
आधुनिक चिकित्सा विज्ञानका अनुसार वीर्य शरीरबाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । वीर्य शरीरमा जम्मा गरेर पछि प्रयोग गर्ने उद्देश्यका लागि बन्ने होइन । वीर्यमा हुने शुक्रकिटको आयु २–३ महिना हुन्छ र यदि शरीरबाट निस्केनन् भने तिनीहरु शरीरभित्रै नष्ट हुन्छन् । वीर्यको मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंगभित्र शुक्रकिटलाई सुरक्षित रुपमा पर्याउने हो । यदि यसको काम आएन भने सपनामा या अरु कुनै बेला आफैँ लिङ्गबाट बाहिर आउनसक्छ । यस अर्थमा न त हस्तमैथुनले कमजोरी ल्याउँछ, न त स्वप्नदोष नै शरीरका लागि हानिकारक हो । वीर्य शरीरबाट ज्यादा निस्कँदा तागत कम हुने भएको भए सायद कोही पनि विवाहित मान्छे कामकाज गर्न सक्दैनथे होला । किनभने सबैभन्दा धेरै वीर्य सेक्स गर्दा नै बाहिर निस्कने हो ।
शरीरमा कमजोरी ल्याउँछ ?
मानिसहरुमा के भ्रम छ भने किशोरावस्था वा युवा अवस्थामा गरिएका हस्तमैथुन सम्बन्धित क्रियाकलापले मानिसको स्वास्थ्यमा साँच्चै गम्भीर असर पर्छ । कतिपय सेक्स डाक्टर त हस्तमैथुन एवं स्वप्नदोषको सफल उपचार गरिन्छ भनेर आफूलाई सेक्स विशेषज्ञ भनेर प्रचार गरेको पनि देखिन्छ । माथि नै भनिसकिएको छ, शरीरबाट वीर्य बाहिर जाँदा त्यसको कुनै दुष्प्रभाव हुँदैन । यसर्थ हस्तमैथुनबाट डराउनु पर्ने कारण पनि छैन ।
हस्तमैथुन एउटा कुलत हो ?
हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । विवाह हुनुअघिका यौन आकांक्षा सरल रुपमा पूरा गर्ने मध्यम हो । यसर्थ हस्तमैथुन गरेकामा आफूलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोषी महसुस गर्नुमा कुनै तुक छैन ।
नपुंशक बनाउन सक्छ ?
वीर्यलाई शरीरमा जम्मा गरेर राख्ने अनि पछि धेरै बनाएर प्रयोग गर्ने चिज होइन । यो आवश्यकताअनुसार नियमित रुपमा बनिरहन्छ । लगातार हस्तमैथुन गर्दा वीर्यको मात्रामा केही कमी आउनसक्छ । वीर्य केही पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रक्रियामा नोक्सान पुर्याउँदैन । केही दिन हस्तमैथुन नहुँदा वीर्यको मात्रा र गुण फेरि पहिलाकै अवस्थामा फर्कन्छ ।
हस्तमैथुनका फाइदा पनि छन् ?
बिहे हुनुभन्दा अगाडि वा स्थायी यौन साथी नभएको अवस्थामा यौन आनन्द लिने एक मात्र उपाय हो यो । यसमा न त गर्भ रहने डर हुन्छ, न त यौन रोग सर्ने डर रहन्छ न त अर्को पक्षबाट जबर्जस्तीको आरोप नै सुन्नु पर्छ । यस अर्थमा बिना कुनै खतरा यौन इच्छा र तनाव कम गर्ने सजिलो तरिका भएकाले हस्तमैथुन राम्रो कुरा मान्न सकिन्छ ।
हस्तमैथुन कुन बेला हानिकारक ?
आफैँमा नराम्रो नभए पनि कतिपय अवस्थामा यो हानिकारक हुनसक्छ । जस्तै सेक्स गर्नमा भन्दा हस्तमैथुनमा धेरै आनन्द महसुस गर्ने अवस्थामा पत्नीसँगको सम्बध बिग्रने हुन सक्छ । साथै हस्तमैथुन यति गर्नुपर्ने कि जसको कारण आफ्नो दैनिक काममा असर पर्ने भएमा पनि राम्रो होइन । कतिपयमा यौन आनन्दका लागि नभई मनमा बारबार आउने नराम्रा विचारलाई कम गर्न अर्थात् टेन्सन कम गर्न हस्तमैथुन गर्नै पर्ने मानसिक समस्या पनि हुनसक्छ । जसलाई कम्पल्सिभ मास्टर्बेसन भनिन्छ तर यी समस्याहरु निकै कम मानिसलाई मात्र हुन्छन् ।
कतिपटक गर्यो भने ठीक ?
यो हरेक मान्छेको आफ्नो इच्छामा भर पर्छ तर हस्तमैथुनपछि आत्मविश्वास गुमाउने, आफूलाई नराम्रो ठान्ने, डराउनेजस्ता कुरा चाहिँ हुनुहुँदैन । आफ्नो यौन इच्छा पूरा गर्न गरिए यो एउटा स्वस्थ र सामान्य शारीरिक प्रक्रिया हो ।

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...