काठमाण्डौट सोलुखुम्बु आउँदै ग टाटा सुमो दुर्घटना हुँदा दुई बिदेशी नागरिकको मृत्यु भएको छ । सोमबार मध्यान्न ए वान सिटी भिलेज यातायात प्रा.लि.को ना १ ज ७९६९ नम्बरको जिप कटारी नगरपालिका १४, घुर्मी बजार नजिक दुर्घटना हुँदा अष्ट्रेलियन नागरिक ७० बर्षिया हुसे कान्त र ७७ बर्षिय हुसेक रुडालको मृत्यु भएको हो ।
रुडालको उपचारको क्रममा र कान्तको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा काठमाण्डौ बागेश्वरीका मनोज रोक्का, नेलेका सुजन बस्नेत, नेलेकै इन्द्र बहादुर बस्नेत, बाराका अर्जुन पाण्डे रहेकाछन् । यस्तै नेलेका सरस्वती बस्नेत, ओखलढुंगा श्रीचौरका लोकबहादुर तामाङ (चालक) र सल्लेरी च्याल्साकी याङछी शेर्पा रहेकाछन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।