Tuesday, September 18, 2018

सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु

सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु

  •  

 काठमाण्डौट सोलुखुम्बु आउँदै ग टाटा सुमो दुर्घटना हुँदा दुई बिदेशी नागरिकको मृत्यु भएको छ । सोमबार मध्यान्न ए वान सिटी भिलेज यातायात प्रा.लि.को ना १ ज ७९६९ नम्बरको जिप कटारी नगरपालिका १४, घुर्मी बजार नजिक दुर्घटना हुँदा अष्ट्रेलियन नागरिक ७० बर्षिया हुसे कान्त र ७७ बर्षिय हुसेक रुडालको मृत्यु भएको हो । 
रुडालको उपचारको क्रममा र कान्तको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।  घाइते हुनेहरुमा काठमाण्डौ बागेश्वरीका मनोज रोक्का, नेलेका सुजन बस्नेत, नेलेकै इन्द्र बहादुर बस्नेत, बाराका अर्जुन पाण्डे रहेकाछन् । यस्तै नेलेका सरस्वती बस्नेत, ओखलढुंगा श्रीचौरका लोकबहादुर तामाङ (चालक) र सल्लेरी च्याल्साकी याङछी शेर्पा रहेकाछन् । 
घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।


No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...