सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ह्युम पाईप राखेपछि दुधकोशी पारीका बासिन्दासम्म सडक पहुँच पुगेको छ । थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ स्थित दुधकोशी नदिमा ह्युम पाईप राखे पछि काठमाण्डौ लगायत्वतका विभिन्न स्थानदेखि सोताङसम्म सडक यातायात जोडिएको हो ।

file picture
सोलुखुम्बुको सोताङ गाउँपालिकाको ५ लाख, स्थानीय प्रकाश कार्कीको करिब ७ लाख र अन्य स्थानियको आर्थिक सहयोग र पहलमा दुधकोशीमा ह्युम पाइप राखी सडक यातायात सुचारु गरिएको सोताङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णु थापाले जानकारी गराए ।
सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारी अहिले काठमाडौंदेखी सिधै सोताङ हुदै महाकुलुङसम्म सवारी मार्फत् यात्रा गर्न पाउनु खुशीको कुरा भएको सोताङवासीले बताएका छन् । यसअघि सो दुधकोशी नदिमा झोलुङगे पुल मार्फत् यात्रुहरु पैदल यात्रा गर्न र समान ओसारपसार गर्दै आएका थिए ।
Popular posts from this blog
प्रा.डा. सुर्यराज आचार्यले चुनाव हार्नु भनेको नेपाल आमाले हार्नु हो । अहिलेसम्मकै उत्कृष्ट उम्मेद्बार भन्दा फरक नपर्ला ।
खिलाराज बस्नेत, काठमाडौं २१ मंसिर - अब आफ्नै देशमा काम गर्छु’ भन्ने सोचेर १८ वर्षसम्म जापान बसेर २०७१ सालमा देश फर्किएका हुन् पूर्वाधार निर्माण तथा क्षेत्रीय विकास विज्ञ प्रा.डा. सूर्यराज आचार्य। जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध ‘थिंक ट्यांक’ इन्ष्टिच्यूट फर ट्रान्सपोर्टेसन पोलिसी स्टडिजका अन्तर्राष्ट्रिय डेस्क इन्चार्ज प्रा.डा. आचार्य केहि महिना अघिसम्म स्वतन्त्र रूपमा विकास बहसमा सक्रिय थिए। मलेशिया, चीन, भारत, थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेशिया, भियतनामलगायत एशियाका विकासशील देशहरूको पूर्वाधार विकास नीतिनिर्माणमा सहयोगी रिसर्च प्रोजेक्टहरूको अन्तर्राष्ट्रिय टीमको नेतृत्व गरेका उनी नेपालमा रेल, मेट्रो रेल, केबुलकार निर्माणबारे वकालत गर्ने गरेका छन्। आचार्यका तर्कहरूले धेरैलाई तरंगित पारिरहेको छ। अहिले विवेकशील साझा पार्टीका नेता तथा पार्टी प्रवक्ताको जिम्मेवारी समेत सम्हालिरहेका आचार्य काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। यतिबेला चुनावी प्रचारप्रसारको लागी विभिन्न कार्यक्रमहरुमा ब्यस्त आचार्य मिडियाहरुमा आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्…
धनगढी बासिको विवेकशील साझा पार्टी प्रतिको बिश्वास !!!
पत्रकार खिलाराज बस्नेत काठमाडौं , १२ मंसिर धनगढी : विवेकशील साझा पार्टीको आज धनगढीमा भएको कार्यक्रमलाई हेर्दा युवा मात्र नभई बृद्धअबस्थाका मानिसहरु पनि उपस्थित थिए । यदि यो सभामा उपस्थित सबैले भोट दिने हो भने सुदुरपश्चिमका जनता ले परिवर्तन साच्चै चाहेको र सबै देशभरिका नागरिकहरुलाइ प्रेरित गर्ने देखिन्छ । कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन्। मंगलबार यहाँ आयोजित पार्टीको चुनावी सभामा उनले भने, ‘राज्यको नीति निर्माण तहमा पुग्ने नेताको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।’ संयोजक मिश्रले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे ।
हुम्लामा तारा एयरको विमान दुर्घटना ७ जना घाइते ।
खिलाराज बस्नेत
काठमाडौं, १२ मंसिर
हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ । हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए । त्यसको उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगेको थियो ।
दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो । कलसाइन ९ एनएबिएम रहेको विमान दुर्घटना हुँदा ७ जना घाइते भएको हुम्लाका डीएसपी कमल नेपालले जानकारी दिए ।
काठमाडौं, १२ मंसिर
हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ । हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए । त्यसको उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगेको थियो ।
दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो । कलसाइन ९ एनएबिएम रहेको विमान दुर्घटना हुँदा ७ जना घाइते भएको हुम्लाका डीएसपी कमल नेपालले जानकारी दिए ।

Comments