Wednesday, November 22, 2017

बम राखेको अभियोगमा शिक्षक पक्राउ

बम राखेको अभियोगमा शिक्षक पक्राउ

२०७४-निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाँउपालिका–३ लिखुस्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ । 
बुधबार अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीको दाबी छ । शिवपुरी–४ सिक्रेमा बुधबार बिहान कांग्रेस नेता उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।  


तीनजना सचिवमा बढुवा

तीनजना सचिवमा बढुवा

२०७४-सरकारले प्रशासन सेवाका २ र इन्जिनियरिङ सेवाका एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ । 
मन्त्रिपरिषदको बुधबारको बैठकले प्रशासन सेवाका सुरेश प्रधान र लक्ष्मीराम पौडेल एवं इन्जिनियरिङका रमेश सिंहलाई सचिवमा बढुवा गरेको हो । तीनै जनालाई वरिष्ठताका आधारमा बढुवा गरिएको हो । बैठकले एसियाली विकास बैंक (एडीबी)बाट सहायताका रूपमा प्राप्त हुने १५ अर्ब ५० करोड सहयोग रकम स्वीकार गर्ने निर्णयसमेत गरेको छ । 
सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि सरकारको आग्रहअनुसार सहयोग प्राप्त भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


Tuesday, November 21, 2017

सोलुखुम्बुको सोताङमा फेरी बाम गठबन्धन र काग्रेसका कार्यकर्ताबिच झडप भएको छ ।

                              सोताङमा फेरी झडप




 सोलुखुम्बु
सोलुखुम्बुको सोताङमा फेरी बाम गठबन्धन र काग्रेसका कार्यकर्ताबिच झडप भएको छ ।
आज साँझ करिब ५ः१५ बजे बाम गठबन्धन र काग्रेसका कार्यकर्ताबिच करिब २ मिनेट दोहारो ढुंगा हानाहानको प्रयास भएपनि कुनै मानवीय क्षतीभने भएको छैन । प्रहरीले तितरबितर पारेपछि अहिले स्तथी केहि सामान्य भएको छ । काग्रेसका कार्यकर्ता एकापटि र बामका कार्यकर्ता अर्कापर्टीबाट नाराबाजि गर्दै आएपछि आ आफ्नै स्थानमा खाजा खाने क्रममा काग्रेसका एक कार्यकर्ता बामले खाजा खाईरहेको स्थानमा गई सामान्य भनाभन पछि झडप भएको हो ।

Sunday, November 19, 2017

प्रचण्डपरिवारलाई समवेदना दिन चुनावी कार्यक्रम रोकेर नेताहरु काठमाडौंमा केन्द्रित

प्रचण्डपरिवारलाई समवेदना दिन चुनावी कार्यक्रम रोकेर नेताहरु काठमाडौंमा केन्द्रित

नर्भिक अस्पताल पुगेका एमाले नेता झलनाथ खनाल ।
 प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर नर्भिक अस्पतालमा भेला हुन थालेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड पनि झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् । उनी लाजिम्पाटस्थित निवासमा गएका थिए । निवासबाट उनी श्रीमती सीतासहित नर्भिक अस्पताल पुग्दैछन् ।
प्रकाश दाहालकी पत्नी विना मगर पनि बिहानै कञ्चनपुरको चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएकी छन् । उनी रुँदै अस्पताल भवनभित्र छिरेकी छिन् ।
प्रकाशका छोरालाई भने अस्पतालमा नलगी गाडीमै राखिएको छ ।
प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठी बिहानै अस्पताल पुगेकी थिइन् । उनी प्रकाशको निधनपछि भाव विह्वल बनेकी छिन् ।
सिर्जना त्रिपाठी ।
प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौं आएका छैनन् । आइतबार काँकडभिट्टाको कार्यक्रम सकेर ओली सोमबार काठमाडौं आउने उनका सहयोगी चेतन अधिकारीले जानकारी दिए ।
प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौंतिर लागेका छन् ।
शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल आएका थिए ।
कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुगेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । सुरक्षाकर्मीहरुमार्फत् सिंहले दाहालको निधनको खबर पाएका थिए ।
माओवादीका अधिकांश नेताहरु नर्भिक अस्पतालमा छन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आएका छन् ।
नयाँ शक्ति नेपालका खिमलाल देवकोटा पनि नर्भिक अस्पताल पुगेका छन् ।
अहिले नर्भिक अस्पताल परिसरमा दाहालका आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेताहरुको भिडभाड छ ।

प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् ।

प्रकाश दाहालः जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए


 प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ ।
संयोग पनि कस्तो ! मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका छन् ।
कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेकाे मानिसकाे तस्वीर श्यामश्वेत बनाउने चलन छ ।
आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।
दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु

 प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’

 प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ ।
तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।
पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्. । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।
सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो ।
खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । उनले राति ११ बजेतिर उनले झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, अाइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।
छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार-हतार सन्तु दराई (परवाना) लाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्‍याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ अबको केही बेरमा उनको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरिरहेको छ ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

प्रचण्डपुत्र प्रकाश दाहालको निधन


काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।
'५:३० मा अस्पताल पुर्‍याउँदा मुटु बन्द भएको ४-५ घन्टा भइसकेको थियो। यसको कारण हृदयघात वा अन्यकारण पनि हुनसक्छ,' संलग्न डाक्टरले नागरिकन्युजसँग भने।
निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ। चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल केहीबेरमै काठमाडौं पुग्नेछन्। उनी हेलिकोप्टरमार्फत् काठमाडौं आउँदैछन्।
यता चितवनबाट दाहालकी छोरी रेणु दाहाल पनि काठमाडौं आउँदैछन्। प्लेन आउन ढिला भएपछि उनी पनि होलिकोप्टरबाट काठमाडौं आउने तयारी गरेकी छन्।

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...