Tuesday, December 26, 2017

गरिन् अात्महत्या, यस्तो छ उनको अन्तिम स्टाटस सहित हेर्नुहोस्

गरिन् अात्महत्या, यस्तो छ उनको अन्तिम स्टाटस सहित हेर्नुहोस्


धनगढी । कञ्‍चनपुरमा एक युवतीले अात्महत्या गरेकी छन् । झलारी-१० घर भएकी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही नभएको बेला विष सेवन गरेको बताइएको छ । अाफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याएका थिए ।
अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरुले कोहलपुर रिफर गरेका थिए । उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर भर्ना लिन नमानेपछि नेपालगंज लगियो । चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए ।
शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।
धामीका अनुसार अाज (मंगलबार) पोस्टमार्टमको लागि महेन्द्रनगरस्थित महाकाली अञ्‍चल अस्पताल लेखिएको छ । अाजै पूजाको अन्त्यष्टी गरिने बताइएको छ ।
फेसबुकमा पूजाले हिजो अन्तिममा एउटा स्टाटस लेखिकी थिइन् । १९ वर्षीय ‘अाकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ पूजाले अन्तिम स्टाटस लेखिकी छन् ।

Thursday, December 21, 2017

सोलुखुम्बुको दुधकोशीमा ह्युम पाइप लगाएर सडज पहुँच । अब काठमाडौं बाट सोताङ सम्म सिदै जान सकिने ।


सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ह्युम पाईप राखेपछि दुधकोशी पारीका बासिन्दासम्म सडक पहुँच पुगेको छ । थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ स्थित दुधकोशी नदिमा ह्युम पाईप राखे पछि काठमाण्डौ लगायत्वतका विभिन्न स्थानदेखि सोताङसम्म सडक यातायात जोडिएको हो ।

file picture
सोलुखुम्बुको सोताङ गाउँपालिकाको ५ लाख, स्थानीय प्रकाश कार्कीको करिब ७ लाख र अन्य स्थानियको आर्थिक सहयोग र पहलमा दुधकोशीमा ह्युम पाइप राखी सडक यातायात सुचारु गरिएको सोताङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णु थापाले जानकारी गराए ।
सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारी अहिले काठमाडौंदेखी सिधै सोताङ हुदै महाकुलुङसम्म सवारी मार्फत् यात्रा गर्न पाउनु खुशीको कुरा भएको सोताङवासीले बताएका छन् । यसअघि सो दुधकोशी नदिमा झोलुङगे पुल मार्फत् यात्रुहरु पैदल यात्रा गर्न र समान ओसारपसार गर्दै आएका थिए ।

Comments

Popular posts from this blog


प्रा.डा. सुर्यराज आचार्यले चुनाव हार्नु भनेको नेपाल आमाले हार्नु हो । अहिलेसम्मकै उत्कृष्ट उम्मेद्बार भन्दा फरक नपर्ला ।

Image

धनगढी बासिको विवेकशील साझा पार्टी प्रतिको बिश्वास !!!

Image

हुम्लामा तारा एयरको विमान दुर्घटना ७ जना घाइते ।

Image





Tuesday, December 05, 2017

किन बन्द भयो फेसबुक म्यासेन्जर ?

किन बन्द भयो फेसबुक म्यासेन्जर ?

काठमाडौं । लोकप्रिय सामाजिक सन्जाल फेसबुकको कुराकानी गर्ने माध्यम फेसबुक म्यासेन्जर डाउन भएको छ । प्रयोगकर्ताले फेसबुकको म्यासेन्जरबाट अहिले कुराकानी गर्न सकेका छैनन् ।
विश्वव्यापी रुपमा फेसबुक म्याजेन्जर डाउन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बेलायतबाट प्रकाशित हुने पत्रिका दि डेलीस्टारको अनलाइन संस्करणमा विश्वव्यापी रुपमा फेसबुक म्याजेन्जर डाउन भएको र प्रयोगकर्ताले सन्देश पठाउन नसकेको जनाएको छ ।
फेसबुक म्यासेन्जर डाउन भएको यो साताको दोस्रो पटक हो । यसअघि यो साता नै केही समयको लागि फेसबुकको म्याजेन्जर डाउन भएको थियो । फेसबुकले म्यासेन्जर डाउन भएको विषयमा केही बताएको छैन ।
चर्चित वेबसाइटहरूको डाउनटाइम मोनिटर गर्ने डाउन डिक्टेटरले मङ्गलबार साँझ नेपाली समय ५:०५ बजेदेखि डाउन भएका हजारौं रिपोर्ट आएको जनाएको छ ।
पछिल्लो १ घण्टादेखि म्याजेन्जर चलेको छैन । नेपालमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मौन समय सुरु भएको छ ।
निर्वाचन आयोगले फेसबुक लगायतका सामाजिक संजालबाट पनि प्रचार गर्न नपाइने जनाएको छ । विश्वव्यापी रुपमा भएको फेसबुक म्यासेन्जरले निर्वाचनमा आंचारसहित विपरित गर्ने प्रचारलाई भने रोकिदिएको छ ।
तर, अहिले भने म्यासेन्जर सुचारु भइसकेको छ ।

Thursday, November 30, 2017

धुलोमुक्त बनाउने भन्दै काठमाडौंको सडकमा चलाइयो ब्रुमर

धुलोमुक्त बनाउने भन्दै काठमाडौंको सडकमा चलाइयो ब्रुमर


काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
१ डम्फर (करिव ५०० किलोग्राम) मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
पैदल यात्रीले फालेका चक्लेट/चाउचाउ/ विस्कुटको खोल तथा प्लाष्टिकका टुक्रा तान्यो भने ब्रुमर ब्लक हुन्छ । ‘सडकमा पानी भयो भने पनि माटो तान्न मिल्दैन । ब्रुमरलाई अरु सवारी साधनले काम गर्ने रुट दिँदैनन । अरु समस्या धेरै छन्,’ उनले भने ।
धुलोमुक्त सडकको परिणाम निकाल्न विद्यमान पूर्वाधार नै समस्या देखिएको महानगरपालिकाको ठहर छ । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवर पूर्वाधारजन्य समस्याको समाधानका लागि सडक विभागसँग छलफल गरेर समाधान निकाल्ने बताए ।
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक भने खुशी छन् । कलंकीबाट रत्नपार्कसम्मको रुटमा बा १ ज ६४०१ नम्बरको नीलो माइक्रो चलाउने चालक कृष्ण लामाले भने, ‘धुलो तानेर एक महिनामा ७ पटक इञ्जिन खोल्नु परेको थियो । धुलो कम भयो भने अव पैसा बाँच्छ ।’

बिजुली उत्पादनको तयारी तीव्र, प्रसारणलाइन निर्माण सुस्त

बिजुली उत्पादनको तयारी तीव्र, प्रसारणलाइन निर्माण सुस्त


काठमाडौं । उद्योगले उत्पादन सुरु गर्‍यो तर बजार पुर्‍याउनका लागि सडक भएन भने के होला ? जलविद्युत क्षेत्रमा अहिले यस्तै भएको छ ।
जलविद्युत आयोजनाले धमाधम निर्माण कार्य अघि बढाएर उत्पादन गर्ने तयारी थाल्दै गर्दा यसलाई जनताको घरघरमा पुर्‍याउने प्रसारण लाइन निर्माणको काम भने कछुवा गतिमा छ ।
मर्स्याङ्दी करिडोर क्षेत्रमा अहिले कुल २ सय ७० मेगावाट उत्पादन हुने विभिन्न आयोजनाहरु निर्माण भइरहेका छन् । यिनै आयोजनाको विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारणलाइनमा जोड्नको लागि बनाउने भनिएको २ सय २० केभीको मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण भने बल्ल बामे सर्न लागेको छ ।
भौतिक प्रगति अहिलेसम्म केहि पनि देखिँदैन । उपलब्धी भएको प्रगति पनि कागजमा मात्रै सीमित छ । यस आयोजनाका प्रमुख चिन्तन विक्रम राणा यो करिडोरको निर्माणको लागि हालै मात्रै कम्पनी छनौट भएको बताउँछन् । गत नोभेम्बर ५ मा मात्रै यो प्रसारणलाइन निर्माण गर्न चिङ्गाओ ग्रुपलाई जिम्मा दिइएको हो ।
विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यो प्रसारणलाइनको निर्माण ०७६ जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तर आयोजनाहरु भने प्रसारणलाइन निर्माण सम्पन्न हुनुभन्दा अगावै बिजुली उत्पादन थाल्ने तयारीमा छन् ।
डायमण्ड हाइड्रो कम्पनीले १० मेगावाटको अप्पर दरौंदी जलविद्युत आयोजनाको काम आगामी वर्षको पुस १७ गतेसम्ममा उत्पादन गर्नेगरी काम अघि बढाएको छ ।
बिजुली उत्पादन थाल्दासम्म पनि प्रसारण लाइन निर्माण सम्पन्न नभए विद्युत प्राधिकरणले उल्टै आयोजनालाई क्षतिपूर्ति तिर्नुपर्दछ
प्रवक्ता अधिकारी भन्छन्, ‘उक्त करिडोरमा निर्माणाधीन आयोजनाहरु तोकिएको समयभित्रै निर्माण सम्पन्न हुनेगरी काम अघि बढेका छन् सोहि अनुरुप निर्माण गरिनुपर्ने प्रसारणलाइनको निर्माण भने हामीले अघि बढाउन सकेका छैनौं ।’
अधिकारीका अनुसार अप्पर दरौंदी आयोजनाले पुसको आसपासमा विद्युत उत्पादन गर्ने गरी काम अघि बढाएको छ । मर्स्याङ्दी करिडोर मनाङदेखि उदिपुर हुँदै भरतपुरसम्म आउँछ । यस बीचमा बन्न लागेका सबै जलविद्युत आयोजनाहरु सबै यसै करिडोरमा जोडिन्छन् । यस करिडोरमा मुख्य गरी ९ वटा जलविद्युत आयोजनाको निर्माण भइरहेको छ ।
यी निर्माणाधिन आयोजनाले निर्माण सम्पन्न गरी बिजुली उत्पादन थाल्दासम्म पनि प्रसारण लाइन निर्माण सम्पन्न नभए विद्युत प्राधिकरणले उल्टै यी आयोजनालाई क्षतिपूर्ति तिर्नुपर्दछ । उक्त क्षेत्रमा निर्माणाधीन आयोजनाबाट उत्पादित बिजुली खेर जाने स्थिति आयो भने प्राधिकरणले वर्षभरिमा उत्पादित हुने कुुल उत्पादित बिजुलीको ५ प्रतिशत बराबरको रकम क्षतिपूर्ति तिर्नुपर्दछ ।
उठेन प्रसारण लाइनको पोल
स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईं प्राधिकरणले प्रसारणलाइन निर्माणका लागि समयमै आवश्यक कदम अघि बढाउन नसकेको बताउँछन् । उनले भने, ‘लगानीकर्ताले यस्ता आयोजना क्षतिपूर्ति लिन भन्दा पनि आयोजनाबाट उत्पादित बिजुली बेचेर पैसा कमाउन खोलेका हुन्छन् । किनकी क्षतिपूर्ति बापत पाउने रकम ज्यादै थोरै हुन्छ ।’
अहिले देशमा हुने विद्युतको माग धान्न ठूलो मात्रामा बिजुली भारतबाटै आयात हुन्छ । तर यसलाई प्रतिस्थापन गर्न सक्ने स्वदेशमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि भने समयमा काम अघि बढाउन सकिएको छैन ।
प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार यही करिडोरमा अप्पर स्याङ्गे प्रालिले निर्माण अघि बढाएको २ं४ मेगावाटको अप्पर स्याङ्गे ०७५ माघमा निर्माण सम्पन्न गर्ने तयारी छ । त्यस्तै लिबर्टी हाइड्रो पावर प्रालिले २५ मेगावाटको अप्पर दोर्दी ‘ए’को निर्माणको काम पनि ०७६ सालको भदौ १४ सम्ममा निर्माण सम्पन्न गर्ने गरी अघि बढाइएको छ ।
त्यस्तै दोर्दी हाइड्रोपावर प्रालीले निर्माण गर्न लागिरहेको १० मेगावाटको दोर्दी-१ पनि ०७६ सालको मंसिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हिमालयन पावरको २७ मेगावाटको दोर्दी खोला ०७६ साल भदौमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
पिपुल्स हाइड्रोले निर्माण गरिरहेको सुपर दोर्दी ४९.६ मेगावाटको आयोजना ०७७ साल मंसिर र न्यादी हाइड्रोपावर प्रालिले अघि बढाएको ३० मेगावाटको न्यादी ०७७ साल बैशाखमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । ४० मेगावाटको सुपर न्यादी ०७९ साउन र ७५ मेगावाटको त्रिशुली गल्छी ०७७ जेठमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ ।
तर प्रसारणलाइनको निर्माणको लागि भने अहिलेसम्म एक ठाउँमा पनि पोल उठाउने काम भएको छैन । प्रसारण लाइन निर्माणको लागि प्राधिकरणले समयमै प्रक्रिया अघि नबढाउँदा यसको निर्माणमा ढिला हुन गएको देखिन्छ ।
यसै प्रसारण लाइन अन्तर्गत न्यू मर्स्याङ्दी मार्खि चोक, उदिपुर हव, खुुदी हवमा भने सबस्टेसन निर्माण गर्नुपर्नेछ । जसका लागि अहिलेसम्म ठेकेदार कम्पनी नै छनौट गरिएको छैन ।

किसानलाई धान भित्र्याउने चटारो, उम्मेदवारलाई भोट माग्ने हतारो

किसानलाई धान भित्र्याउने चटारो, उम्मेदवारलाई भोट माग्ने हतारो

पर्सा क्षेत्र नं ३ को उत्तरी क्षेत्रका मतदाता भन्छन्-विकास गर्नेलाई भोट

वीरगञ्ज । तराईका किसानलाई यतिवेला धान भित्र्याउने चटारो छ । किसानहरु धान भित्र्याउन खेतमा व्यस्त छन् । कोही धान काट्दैछन्, कोही चुट्दैछन् । कोही पराल थन्क्याउँदै ।
तराईमका किसानलाई चुनावको होइन वर्षभरी खाने अन्नको चिन्ता छ । तर, दलहरुलाई भने मंसिर २१ गते हुने दोस्रो चरणको चुनावको चिन्ता छ । किसानलाई धान भित्र्याउन चटारो भए जस्तै उम्मेदवारहरुलाई भोट माग्ने हतारो छ ।
दल र उम्मेदवारहरु चुनावी सभा, पार्टी प्रवेश कार्यक्रमहरुमा व्यस्त छन् । समय छोटो छ । उनीहरुलाई मतदाताको घरदैलोमा पुग्नै हतारो छ ।
ग्रामीण क्षेत्रका चोकहरुमा दलका झण्डाहरुले सजिएका छन् । गाउँघरमा मानिसहरुको चहलपहल पनि बढेको छ । तर, किसानहरुको चहलपहल त खेतमै छ ।
किसानका मागः मल,बीऊ र सडक
केही किसानहरुले भने धान भित्र्याउने कामसँगै समय निकालेर चुनाव प्रचारलाई समेत नियालिरहेका छन् । भोट माग्न आएका नेताहरुलाई उनीहरुको माग पनि कृषिसँग सम्बन्धित नै हुन्छन् ।
पर्सा क्षेत्र नं ३ अन्र्तगत पर्ने सखुवाप्रसौनी गाउँपालिका-१ रेञ्ज औराहा चोकमा भेटिएका ५४ वर्षीय हरिनारायण चौधरीले कृषि कर्मसँगै चुनावी अभियानमा पनि सक्रियता भइरहेको बताए । ”वर्षभरी खानुपर्ने अन्नबाली पनि भित्र्याउनै पर्‍यो । चुनाव आउँदैछ, नेताहरुको कुरा पनि सुन्नैपर्‍यो । उनले भने ‘बाली भित्र्याउने कामसँगै चुनावी गतिविधिलाई पनि नियाली रहेका छौं ।”
उनले किसानका लागि बीऊ, मलखाद्य र दवाई (औषधि)को सहज उपलब्ध हुनुपर्ने माग उम्मेदवाहरुसँग आफूले राख्ने गरेको बताए । ”अहिले गहुँ छर्ने बेला हुन लागेको छ, बिउ, मल, दवाई सजिलै उपलब्ध होस भन्ने हाम्रो माग हो ।’ उनले भने ‘सँगसँगै सडकहरु कालोपत्रे भए कृषि उपजहरुलाई बजारसम्म पुर्‍याउन सहज हुने थियो भन्ने हाम्रो धारणा छ ।”
उम्मेदवाहरुले पनि घरदैलोको क्रममा आफूले जितेर गएको खण्डमा सबै समस्याको समाधान गरिदिने आश्वासन दिने गरेको उनले सुनाए । ”मलाई भोट दिएर जिताउनुस् तपाईहरु जे भन्नुहुन्छ त्यही गर्छु भन्छन् ।’ चौधरीले शंका व्यक्त गर्दै भने ‘अहिले त सबै उम्मेदवार आशालाग्दा छन् चुनाव जितेर गएपछि के गर्ने हुन कुन्नी ?”
पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार निवर्तमान सांसद सुरेन्द्र चौधरी, वाम गठबन्धनका उम्मेदवार एमालेका निवर्तमान सांसद राजकुमार गुप्ता, फोरम राजपा गठबन्धनका हरिनारायण रौनियार र नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
मतदातालाई विकासकै चिन्ता
सखुवा प्रसौनी गाउँपालिकाकै ५६ वर्षीय रामजनम पटवारीले विकास प्रेमी नेतालाई चुन्ने बताए । ”उम्मेदवारहरु घरदैलोमा आइरहेका छन्, विकास गर्छु भनेर आश्वासन दिएका छन्, रोड बनाउँछु, स्वास्थ्य संस्थाको स्तरोन्नती गर्छु, राम्रो डाक्टरको व्यवस्था मिलाउँछ, शिक्षाका लागि प्रावि छ भने मावि, मावि छ भने उच्च मावि बनाउँछु भनेका छन् ।’ उनले भने ‘जितेर गएपछि के गर्ने हुन थाहा छैन ।”
पटवारीले शिक्षा, स्वास्थ्य, सडक, पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारलाई नै भोट दिने बताए ।
सखुवा प्रसौनी गाउँपालिकाको बासिन्दा चुनाव जितेर गएपछि नेताले भाथादेखि सौराहा जोड्ने सडक, निर्माण गरिदिउन, रजैया सडक कालोपत्रे गरिदिए हुन्थ्यो सँगसँगै कोइलाभार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदिए आफूहरुको आर्थिक अवस्थामा सुधार आउने र यस क्षेत्रको विकास पनि हुने बताउँछन् ।
पर्सा जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा जनता सडक कोलोपत्रे भइदिए यस क्षेत्रको मुहार फेरिन्थ्यो भन्ने ठान्छन् ।
ठेक्का लागेको वर्षौ वितिसकेको भएपनि काम पूरा नभएको उनीहरुको गुनासो छ । स्थानीय उत्तमकुमार महतोले ठेकेदारको लापरबाहीले जनता सडक पनि स्तरीय नभएको बताए । ”एकातिर बनाउँछन्, अर्कोतिर भत्किएको छ । ठेकेदार नै नेता बनेर हिड्छन् ।’ महतोले भने ‘ चुनावको समयमा आश्वासन दिने तर जितेपछि काम नगर्ने नेताहरुको बानी छ, पहिले जितेर गएकाले पनि वाचा पूरा गरेर गएनन् ।”
आचारसंहिता विपरीत गतिविधि तीव्र
गाउँघरमा आचारसंहिता विपरीत लाउडस्पिकर मार्फत प्रचार गर्दै उम्मेदवार र उनीहरुका कार्यकर्ताहरुको गाडी हुँईन्छिन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिद्धपुर पर्साका प्रधानाध्यापक प्रदिप कुमार चौधरीले दिउँसो पटक पटक ठूलोठूलो आवाजमा चुनावी नारा घन्काउँदै आउने सवारीसाधनले विद्यालयको पठनपाठनमा समेत असर पर्ने गरेको बताए ।
”छिन छिनमा विभिन्न दलका नारा घन्काउँदै सवारीसाधानहरु विद्यालय छेउकै बाटो भएर जान्छन्, आवाज आउँदासम्म पठनपाठन नै रोक्नुपर्ने हुन्छ ।’ उनले भने ‘गाउँघरमा चुनावी रौनक राम्रैसँग लागेको छ । चोकमा दुईचार जना भेला हुने वित्तिकै चुनावकै कुरा हुन्छ ।”

Sunday, November 26, 2017

पर्यटनमा अब्वल बन्दै दोलखा (फोटो-फिचर)

पर्यटनमा अब्वल बन्दै दोलखा (फोटो-फिचर)



प्रदेश नम्बर तीनमा रहेको दोलखा जिल्ला पर्यटनको हिसाबले निकै चर्चामा रहेको जिल्ला हो । यो पहाडी जिल्लामा पर्यटनको सम्भावना भएर नै सरकारले यहाँ फिल्मी सिटी निर्माण गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समयमा माथिल्लो तामाकोशी जलबिद्युत् आयोजना निर्माण सुरुभए सँगै यो जिल्ला नेपालकै सबैभन्दा चर्चित जिल्ला भएको छ । साथै यहाँ जलबिद्युत निर्माणको कम हेर्न देखि घुम्न जानेको भिय लाग्ने गरेको छ ।
अत्यन्त सुन्दर हिमाल र पहाडको साथै झरना र खोलाहरुले दोलखा जिल्लालाई मनमोहक बनाएको छ ।

पूरै गाउँलेले लगेनन् मतदाता परिचयपत्र

सोलुखुम्बु, मंसिर
– आइतबार चुनाव हुने सोलुखुम्बुको तिङ्लाका कुनैपनि नागरिकले मतदाता परिचयपत्र लिएका छैनन् ।
तिङ्लामा २५ सय ७५ मतदाता रहेपनि कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियान चलाएका हुन् । तिङ्लामा स्थानीय तहको चुनावमा एक मत पनि खसेको थिएन । उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन् ।

३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको सिटको लागि मतदान सुरु

३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको सिटको लागि मतदान सुरु

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभाका लागि निर्वाचनको मतदानको प्रक्रिया सुरु भएको छ ।
हिमाली र उच्च पहाडी जिल्लाका ३२ जिल्लाको ३७ वटा प्रतिनिधिसभा र ७४ वटा प्रदेशसभाको लागि निर्वाचनको मतदानको सुरु भएको हो । निर्वाचन आयोगले मतदानको लागि सबै तयारी पुरा भएको जानकारी दिएको हो ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतिनिधिसभाका ३७ स्थानका लागि २८२ र प्रदेशका ७४ स्थानमा लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। एक करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुँदैछन
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चार हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्। ३२ जिल्लामा दुई हजार ९१९ मतदान स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन्।
देश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नु भएको तथा अहिले मतदान कार्य शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ ।
अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ । नेपालको संविधान, संघीयता र गणतन्त्र कार्यान्वयन गर्ने सिलसिलामा यो निर्वाचन हुन लागेको हो ।
मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गरेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागको मतपत्र–१ मा तथा प्रदेशसभाका लागि मतपत्र–२ भएका चिह्नमध्ये आफूलाई मन परेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था गरिएको छ । 

सोलुखुम्बुमा निर्वाचनको तयारी पुरा

सोलुखुम्बुमा निर्वाचनको तयारी पुरा


 सोलुखुम्बुमा निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाताहरु मतदान गर्ने तयारीमा जुटेका छन् । सोलुखुम्बुमा ६९ हजार ४ सय ११ मतदाता छन् । मतदानका लागि १ सय १८ मतदाता स्थलमा १ सय २५ मतदान केन्द्र रहेका छन् सोलुखुम्बुको सबै मतदान केन्द्रहरु कर्मचारीहरुले नयाँ मतदाताहरुलाई परिचय पत्र पनि बाँडेका छन् । मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद सुबेदीले सोलुखुम्बुमा सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।  
जिल्लामा सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको प्रहरी नायव उपरिक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि २५ सय जति सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका हिसाबले सबै तयारी भएको प्रहरी नायब उपरीक्षक पराजुलीको भनाई छ ।  
सोलुखुम्बुमा ७ राजनितीक दलका १८ जना उमेद्वार प्रतिप्रधामा छन् । मौन अवधि सुरु भईसकेकाले बाहिरि प्रचारप्रसार त देखिदैन तर दलहरुले आन्तरिक अभियान भने रोकेका छैनन् । चुनावका बेला दलहरुले हरेक उपाय अपनाउने खतरा रहन्छ । तर कुनै डर धाक धम्कीमा नपरी स्वतन्त्र रुपमा मतदान प्रकृयामा भाग लिन मुख्य निर्वाचन अधिकृत सुवेदीले आग्रह गर्नुभयो । ५ बर्षका लागी जनताको पक्षमा काम गर्ने प्रतिनिध छान्ने यो अवसरको सबै मतदाताले सदुपयोग गर्नुपर्दछ । कुनै लोभ लालचमा नपरी आफ्नो विबेक प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्न आवश्यक छ

Wednesday, November 22, 2017

बम राखेको अभियोगमा शिक्षक पक्राउ

बम राखेको अभियोगमा शिक्षक पक्राउ

२०७४-निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाँउपालिका–३ लिखुस्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ । 
बुधबार अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीको दाबी छ । शिवपुरी–४ सिक्रेमा बुधबार बिहान कांग्रेस नेता उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।  


तीनजना सचिवमा बढुवा

तीनजना सचिवमा बढुवा

२०७४-सरकारले प्रशासन सेवाका २ र इन्जिनियरिङ सेवाका एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ । 
मन्त्रिपरिषदको बुधबारको बैठकले प्रशासन सेवाका सुरेश प्रधान र लक्ष्मीराम पौडेल एवं इन्जिनियरिङका रमेश सिंहलाई सचिवमा बढुवा गरेको हो । तीनै जनालाई वरिष्ठताका आधारमा बढुवा गरिएको हो । बैठकले एसियाली विकास बैंक (एडीबी)बाट सहायताका रूपमा प्राप्त हुने १५ अर्ब ५० करोड सहयोग रकम स्वीकार गर्ने निर्णयसमेत गरेको छ । 
सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि सरकारको आग्रहअनुसार सहयोग प्राप्त भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...