सोलुखुम्बुमा निर्वाचनको तयारी पुरा
सोलुखुम्बुमा निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाताहरु मतदान गर्ने तयारीमा जुटेका छन् । सोलुखुम्बुमा ६९ हजार ४ सय ११ मतदाता छन् । मतदानका लागि १ सय १८ मतदाता स्थलमा १ सय २५ मतदान केन्द्र रहेका छन् सोलुखुम्बुको सबै मतदान केन्द्रहरु कर्मचारीहरुले नयाँ मतदाताहरुलाई परिचय पत्र पनि बाँडेका छन् । मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद सुबेदीले सोलुखुम्बुमा सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।
जिल्लामा सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको प्रहरी नायव उपरिक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि २५ सय जति सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका हिसाबले सबै तयारी भएको प्रहरी नायब उपरीक्षक पराजुलीको भनाई छ ।
सोलुखुम्बुमा ७ राजनितीक दलका १८ जना उमेद्वार प्रतिप्रधामा छन् । मौन अवधि सुरु भईसकेकाले बाहिरि प्रचारप्रसार त देखिदैन तर दलहरुले आन्तरिक अभियान भने रोकेका छैनन् । चुनावका बेला दलहरुले हरेक उपाय अपनाउने खतरा रहन्छ । तर कुनै डर धाक धम्कीमा नपरी स्वतन्त्र रुपमा मतदान प्रकृयामा भाग लिन मुख्य निर्वाचन अधिकृत सुवेदीले आग्रह गर्नुभयो । ५ बर्षका लागी जनताको पक्षमा काम गर्ने प्रतिनिध छान्ने यो अवसरको सबै मतदाताले सदुपयोग गर्नुपर्दछ । कुनै लोभ लालचमा नपरी आफ्नो विबेक प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्न आवश्यक छ
।
।
No comments:
Post a Comment