Saturday, July 21, 2018

१२ वर्षपछि बढ्यो ट्राभल– ट्रेकिङ मजदुरको पारिश्रमिक

पर्यटन कामदारको ज्याला ५ गुणासम्म बढ्यो


 
१२ वर्षपछि बढ्यो ट्राभल– ट्रेकिङ मजदुरको पारिश्रमिक

सरकारले ट्राभल तथा ट्रेकिङ मजदुरको न्यूनतम पारिश्रमिक बढाएको छ । १२ वर्षअघि ट्राभल तथा ट्रेकिङ एजेन्सी नियमावली, २०६२ ल्याउँदा तोकेको पारिश्रमिक हालसम्म पनि कायम छ । सरकारले हालै उक्त नियमावलीमा छैटौँ संशोधन गर्दै ट्राभल तथा ट्रेकिङ मजदुरको न्यूनतम पारिश्रमिक बढाएको हो ।
नियमावलीमा यसअघि पाँचौँपटकसम्म संशोधन भए पनि मजदुरको पारिश्रमिक भने बढ्न सकेको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ माघ ०७४ मा राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार ट्राभल तथा ट्रेकिङमा पर्यटकसँगै जाने पर्यटकको पारिश्रमिक बढेको छ ।
व्यवहारमा के थियो ? 
सरकारले कानुनी रूपमै न्यूनतम पारिश्रमिक नबढाए पनि सेवा प्रदायक कम्पनीहरूको साझा संस्था र मजदुर संगठनबीचको आपसी सम्झौताबाट पारिश्रमिक तोकिँदै आएको थियो ।
पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य राजेन्द्र सापकोटाका अनुसार यसरी पारिश्रमिक तोक्दा समय, कामको प्रकृति, उचाइलगायत धेरै मापदण्डलाई आधार मान्ने गरिएको थियो ।
‘ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायतका संघ–संस्था र मजदुरबीच सम्झौता भई पारिश्रमिक तय हुने गरेको छ,’ उनले भने ।
पर्यटन व्यवसायीहरूका अनुसार सरकारले १२ वर्षपछि नियमावलीमै उल्लेख गरी बढाएको पारिश्रमिक हाराहारी अहिले व्यावहारिक रूपमै कामदारले पाउने गरेका छन् । नियमावलीमै उल्लेख भएपछि कुनै कम्पनीबाट न्यूनतम पारिश्रमिक नपाउने मजदुरका लागि भने कानुनी उपचार सहज हुने उनले बताए ।
व्यक्तिगत दुर्घटना बिमा रकम बढ्यो
संशोधित नियमावलीले पर्यटकका साथमा जाने ट्राभल तथा ट्रेकिङ नाइके र मजदुरको व्यक्तिगत दुर्घटना बिमा रकमसमेत बढाएको छ । यसअघि नाइके र कामदारको हकमा फरक–फरक बिमा रकम तोकिएको थियो । अहिले भने दुवै प्रकृतिका कामदारलाई समान दुर्घटना बिमा रकम
तोकिएको छ ।
ट्रेकिङया ट्राभल कम्पनीको चुक्ता पुँजी २५ लाख 
ट्राभल वा ट्रेकिङ एजेन्सीका रूपमा काम गर्न चाहने व्यक्तिले इजाजत लिनुअघि कम्पनी वा फर्म दर्ता गर्नुपर्ने प्रावधान छ । यसरी फर्म या कम्पनी दर्ता गर्दा कम्पनीको हकमा अब कम्तीमा २५ लाख रुपैयाँ या फर्मको हकमा १० लाख रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।
यसअघि फर्मको हकमा ट्राभल एजेन्सी चलाउने भए ५ लाख र ट्रेकिङ एजेन्सी चलाउने भए ३ लाख रुपैयाँ चुक्ता पुँजी भए पुग्थ्यो । कम्पनीको हकमा भने ट्राभल एजेन्सी चलाउने भए १० लाख र ट्रेकिङ कम्पनीका लागि ६ लाख रपैयाँ चुक्ता पुँजी तोकिएको थियो ।
ट्राभल या ट्रेकिङ एजेन्सीले इजाजतपत्र लिनुअघि इजाजतपत्रको अवधिभर सुरक्षणबापत ५ लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नाममा राख्नुपर्ने भएको छ । नियमावली आउनुअघि दर्ता भएका कम्पनीले पनि इजाजतपत्र नवीकरण गराउँदा चुक्ता पुँजी कायम गरिसक्नुपर्ने भएको छ ।
सरकारी काम अनलाइन प्रणालीबाट 
संशोधित नियमावलीले अनलाइन प्रणालीको अवधारणालाई स्वीकार गरेको छ । अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले नियमावलीबमोजिम गर्ने काम कारबाही अनलाइन प्रणालीबाट पनि गर्न सक्नेछन् ।

Sunday, July 15, 2018

क्राेसिया : इतिहास रच्दै पहिलाेपटक फाइनल पुगेकाे खुसियालीमा मन्त्रिपरिषदकाे बैठक जर्सी लाएरै बस्याे

क्राेसिया : इतिहास रच्दै पहिलाेपटक फाइनल पुगेकाे खुसियालीमा मन्त्रिपरिषदकाे बैठक जर्सी लाएरै बस्याे

एजेन्सी । इतिहास रच्दै पहिलाेपटक विश्वकप फुटबलको फाइनलमा पुगेको खुसियाली मनाउँदै क्रोएसियाकाे मन्त्रिपरिषद् बैठक राष्ट्रिय टिमका खेलाडीले प्रयाेग गर्ने जर्सी लगाएरै बस्याे । बुधबार राति भएकाे सेमिफाइनल खेलमा इंग्ल्यान्डलार्इ हराउँदै फाइनलकाे यात्रा तय गरेपछि क्राेएसियाकाे मन्त्रिपरिषद बैठक बिहीबार जर्सी लगाएरै बसेकाे हाे ।
क्राेएसियाकाे मन्त्रिपरिषदले उक्त जितलार्इ राष्ट्रिय जितकाे रूपमा मनाएकाे हाे । यसरी देशकै मन्त्रिषद्ले राष्ट्रिय टाेलीकाे अन्तर्राष्ट्रिय जितलार्इ जर्सी लगाएरै सेलिब्रेसनस्वरूप क्याबिनेट बैठक राखेकाे घटनाले धेरैकाे ध्यान खिचेकाे छ ।
Image result for Croatia ministers wear jerseys in cabinet meeting
रूसमा जारी विश्वकपकाे फाइनल खेल अाज हुँदै छ । र साे खेलमा क्राेएसियाले विश्वकपकाे पूर्व विजेता फ्रान्सकाे सामना गर्नेछ । धेरै पूर्वविजेता र बलिया टिमलार्इ हराउँदै फाइनल पुगेकाे क्राेसिया राष्ट्रिय टिमकाे सम्मान तथा थप हाैसला प्रदान गर्न सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सी लगाएर बैठकमा उपस्थित भएकाे जनाइएकाे छ ।
Image result for Croatia ministers wear jerseys in cabinet meeting
क्याबिने बैठककाे सुरूमै प्रधानमन्त्री अान्ड्रेज प्लेन्काेभिकले सानाे देश भए पनि अाफ्नाे राष्ट्रिय टिमका खेलाडीहरूले विश्वकपमा निकै राम्राे प्रदर्शन गरेर फाइनल यात्रा तय गर्नु ठूलाे जित तय गरेकाे बताएका थिए । उनले अाफ्नाे देशकाे शिर विश्वमै उँचाे बनाएकाे भन्दै फाइनल उपाधि जित्न खेलाडीहरूलार्इ हाैसला समेत दिए ।
Image result for Croatia PM in jersey
क्राेएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटाराेभिकले अाफ्नाे टाेलीलार्इ हाैसला दिन केही दिनअघि खेल मैदानमै पुगेकी थिइन्, यस घटनाले पनि चर्चा पायाे । खेल हेर्नकै लागि सबै प्रोटोकल तोडेर इकोनोमी क्लासको फ्लाइटमा यात्रा गरेकी उनले आफ्नो देशको झण्डाको रंगको पोसाक पनि लगाएर टीमका सबै खेलाडीको उत्साह पनि बढाइन् ।
उनी क्वार्टर फाइनलमा भएकाे रूसविरूद्धकाे म्याचमा क्राेएसियाकाे जर्सी लगाएरै खेल स्टेडियममा उपस्थित भएकी थिइन् । उनी नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि फुटबलको नशाबाट उत्रन सकेकी थिइनन् । अाज (आइतबार) हुने फाइनल खेलमा अाफ्नाे टिमले उपाधि जितेरै छाड्ने उनकाे दाबी थियाे ।
उक्त क्याबिनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष छलफल भएकाे र सम्भवतः खेलाडीलाई दिने पुरस्कारको बारे पनि छलफल भएकाे बताइएकाे छ । इद्यपि पुरस्कारबारे भने कुनै अाधिकारिक घाेषणा सार्वजनिक गरिएको छैन ।
यसअघि सन् १९९८ मा भएकाे विश्वकपकाे सेमिफाइनलमा फ्रान्ससँग नै क्राेएसिया पराजित भएर तेस्रो भएको थियाे ।

वर्षाका कारण पानीको बहाव बढ्दा कोशी ब्यारेजका २९ ढोका खोलिए

वर्षाका कारण पानीको बहाव बढ्दा कोशी ब्यारेजका २९ ढोका खोलिए

काठमाडौं – पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेका छ। पानीको बहाव बढ्दा कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ।
गत राति सवा ९ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि कोशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए।
उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।
यस्तै आज देशैभर सामान्य बदली रही पूर्व, मध्य र पश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिमका केही स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
आज विशेषगरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका पहाडी जिल्लाका नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

भक्तपुरको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुरको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, असार ३१  । असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै आइरहेकाले स्वास्थ्य शिविरमा पानीजन्य रोगको रोकथामको लागि पियुुस लगायत पानी स्वच्छ बनाउने औषधी एवम् जीवनजल समेत निःशुल्क वितरण गरियो ।
कार्यक्रममा रुक्माङ्गत कटुवाल ट्रष्टका अध्यक्ष तथा नेपाली सेनाका पूर्व महारथी रुक्माङ्गत कटुवाल र सल्लाघारी एलुम्नाई एशोसियशन नेपालका अध्यक्ष नेपाली सेनाका पूर्व उपरथी ताराबहादुर कार्कीको उपस्थिति रहेको थियो ।शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा २०० भन्दा बढी स्थानीयवासीहरुले स्वास्थ्य परीक्षण गराउनुका साथै जीवनजल र बोतल पियुस निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक डा। राजेन्द्र केसीले बताउनुभयो ।

Program in school sotang


खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...