Sunday, July 15, 2018

क्राेसिया : इतिहास रच्दै पहिलाेपटक फाइनल पुगेकाे खुसियालीमा मन्त्रिपरिषदकाे बैठक जर्सी लाएरै बस्याे

क्राेसिया : इतिहास रच्दै पहिलाेपटक फाइनल पुगेकाे खुसियालीमा मन्त्रिपरिषदकाे बैठक जर्सी लाएरै बस्याे

एजेन्सी । इतिहास रच्दै पहिलाेपटक विश्वकप फुटबलको फाइनलमा पुगेको खुसियाली मनाउँदै क्रोएसियाकाे मन्त्रिपरिषद् बैठक राष्ट्रिय टिमका खेलाडीले प्रयाेग गर्ने जर्सी लगाएरै बस्याे । बुधबार राति भएकाे सेमिफाइनल खेलमा इंग्ल्यान्डलार्इ हराउँदै फाइनलकाे यात्रा तय गरेपछि क्राेएसियाकाे मन्त्रिपरिषद बैठक बिहीबार जर्सी लगाएरै बसेकाे हाे ।
क्राेएसियाकाे मन्त्रिपरिषदले उक्त जितलार्इ राष्ट्रिय जितकाे रूपमा मनाएकाे हाे । यसरी देशकै मन्त्रिषद्ले राष्ट्रिय टाेलीकाे अन्तर्राष्ट्रिय जितलार्इ जर्सी लगाएरै सेलिब्रेसनस्वरूप क्याबिनेट बैठक राखेकाे घटनाले धेरैकाे ध्यान खिचेकाे छ ।
Image result for Croatia ministers wear jerseys in cabinet meeting
रूसमा जारी विश्वकपकाे फाइनल खेल अाज हुँदै छ । र साे खेलमा क्राेएसियाले विश्वकपकाे पूर्व विजेता फ्रान्सकाे सामना गर्नेछ । धेरै पूर्वविजेता र बलिया टिमलार्इ हराउँदै फाइनल पुगेकाे क्राेसिया राष्ट्रिय टिमकाे सम्मान तथा थप हाैसला प्रदान गर्न सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सी लगाएर बैठकमा उपस्थित भएकाे जनाइएकाे छ ।
Image result for Croatia ministers wear jerseys in cabinet meeting
क्याबिने बैठककाे सुरूमै प्रधानमन्त्री अान्ड्रेज प्लेन्काेभिकले सानाे देश भए पनि अाफ्नाे राष्ट्रिय टिमका खेलाडीहरूले विश्वकपमा निकै राम्राे प्रदर्शन गरेर फाइनल यात्रा तय गर्नु ठूलाे जित तय गरेकाे बताएका थिए । उनले अाफ्नाे देशकाे शिर विश्वमै उँचाे बनाएकाे भन्दै फाइनल उपाधि जित्न खेलाडीहरूलार्इ हाैसला समेत दिए ।
Image result for Croatia PM in jersey
क्राेएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटाराेभिकले अाफ्नाे टाेलीलार्इ हाैसला दिन केही दिनअघि खेल मैदानमै पुगेकी थिइन्, यस घटनाले पनि चर्चा पायाे । खेल हेर्नकै लागि सबै प्रोटोकल तोडेर इकोनोमी क्लासको फ्लाइटमा यात्रा गरेकी उनले आफ्नो देशको झण्डाको रंगको पोसाक पनि लगाएर टीमका सबै खेलाडीको उत्साह पनि बढाइन् ।
उनी क्वार्टर फाइनलमा भएकाे रूसविरूद्धकाे म्याचमा क्राेएसियाकाे जर्सी लगाएरै खेल स्टेडियममा उपस्थित भएकी थिइन् । उनी नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि फुटबलको नशाबाट उत्रन सकेकी थिइनन् । अाज (आइतबार) हुने फाइनल खेलमा अाफ्नाे टिमले उपाधि जितेरै छाड्ने उनकाे दाबी थियाे ।
उक्त क्याबिनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष छलफल भएकाे र सम्भवतः खेलाडीलाई दिने पुरस्कारको बारे पनि छलफल भएकाे बताइएकाे छ । इद्यपि पुरस्कारबारे भने कुनै अाधिकारिक घाेषणा सार्वजनिक गरिएको छैन ।
यसअघि सन् १९९८ मा भएकाे विश्वकपकाे सेमिफाइनलमा फ्रान्ससँग नै क्राेएसिया पराजित भएर तेस्रो भएको थियाे ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...