सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्रको अाइतबार बिहान अचानक ज्यान गएकोछ ।
खुम्बु पासङल्हामु गाउँपालिका-४, थुक्लाको एक होटलमा बसेका मिश्र आइतबार बिहान एक्कासी बिरामी भएको र उपचारको लागि लुक्ला ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मृत्युको कारण खुल्न नसके पनि लेक लागेर ज्यान गएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
सोलुखुम्बु । सोताङ गाउँपालिका ३, सोलुखुम्बुकी पार्वती बस्नेत सुत्केरी व्यथाले तीन दिनदेखि छटपटाइरहेकी थिइन् । उनलाई नजिकको स्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्भावना थिएन । स्थानीय स्वास्थ्यकर्मीले उनलाई सामान्य अवस्थामा सुत्केरी गराउन नसकिने बताएका थिए । आर्थिक अवस्थाले हेलिकप्टरमा लैजाने सम्भावना थिएन । गाडीमा सदरमुकाम लैजान कच्ची बाटो र दूरी टाढा भएकाले निकै जोखिम थियो ।
यस्तै बेलामा उनीहरूले ‘घरआँगन नेपाल’ संस्थाका सञ्चालक दीपक सिलवालको नम्बर पाए । उनीहरूले फोन गरी सुत्केरीको अवस्था बताउनेबित्तिकै सोमबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर केही घण्टामै गाउँमा अवतरण ग¥यो । उनलाई तत्कालै हेलिकप्टरले राजधानीस्थित शिक्षण अस्पताल पु¥याएको छ । प्रसूति शाखामा उपचाररत उनको ज्यानको जोखिम घटेको छ । ‘हामीले चाहेर पनि बचाउन नसकिएला भन्ने भइसकेको थियो,’ उनका पति रमेशले टेलिफोनमा भने, ‘तर हेलिकप्टरबाट उद्धार गरी यहाँसम्म ल्याएपछि केही आशा पलाएको छ ।’
घरआँगन नेपालले केही समययता नेपालको दुर्गम क्षेत्रमा सुत्केरी व्यथाले बिरामी भएका महिलाहरूको निःशुल्क रूपमा उद्धार थालेको छ । ‘हामीले कुनै दाता भएर वा धेर पैसा भएर यो काम थालेका होइनौ ।’ संस्थाका सञ्चालक दीपक सिलवालले भने, ‘यो नितान्त सेवाभावले सुरु गरका हौं । यसमा सिम्रिक एयरले ठूलो सहयोग गरेको छ । हामी हेलिकप्टर भाडाबापतको रकम उद्धार गरिसकेपछि विभिन्न सहयोगी मनहरूबाट संकलन गररे तिर्ने गर्छौं ।’ यो अभियानलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालन गर्ने सिलवालले बताए ।
हालसम्म विभिन्न जिल्लाका ४ सुत्केरीको उद्धार गरिसकेको उनले बताए । सोलुखुम्बु, ओखलढुंगाजस्ता दुर्गम पहाडी तथा हिमाली जिल्लामा वर्षेनी कुनै न कुनै आमाले सुत्केरी व्यथाकै कारण ज्यान गुमाउँदै आएका छन् ।
जिन्दगीमा सँधै आफूले सोचेजस्तो हुँदैन । कहिलेकाहीँ लगातार परिस्थिती आफ्नो प्रतिकुल हुन सक्छ । यस्तोमा कहिलेकाहीँ मानिसलाई निराशाले सताइदिन्छ ।
भनिन्छ हरेक व्यक्ति जीवनको कुनै न कुनै मोडमा डिप्रेशनको शिकार बन्छ । कसैमा त डिप्रेशन यति हावी हुन्छ कि मानिसलाई आफ्नो अस्तित्व शुन्य लाग्छ र उनीहरु आफैँलाई कमजोर स्विकार्दै दयाको पात्र मान्न थाल्छन् ।
एक अध्ययनका अनुसार संसारका दुईतिहाई मानिसहरु कुनै न कुनै रुपले डिप्रेशनको शिकार छन् । कारण जे पनि हुन सक्छ । जस्तैः आजको प्रतिस्पर्धात्मक युगमा पछाडि पर्नु, आत्मीय मानिसको साथ छुट्नु, आर्थिक समस्या, आधुनिक जीवनशैलीको पछाडि दौडँदादौडँदै थाक्नु आदी ।
डिप्रेशनबाट कसरी जोगिने ? १. यस्ता मानिसहरुसँग संगत नगर्नुहोस् जसले तपाईंलाई कमजोर देखाउँछन् वा उनीहरुसँगै हुँदा तपाईंमा हिनताको भावना पलाउँछ ।
२. उदासी वा निराशाको भावना पैदा हुनासाथ कुनै राम्रो साथी वा छिमेकीसँग कुरा गर्नुहोस् । मनपर्ने संगीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस् वा कतै बाहिर घुम्न निस्कनुहोस् । अर्थात कसरी हुन्छ, आप\mनो मन र विचारलाई अर्कै बाटोमा लैजानुहोस् ताकि तनाव टाढा होस् ।
३. आफूलाई कुनै रचनात्मक कार्यमा व्यस्त गर्नुहोस् । कसैलाई सहयोग गर्नुहोस् । यस्तो कार्यले आत्मविश्वास बढ्छ र आत्मसन्तुष्टी मिल्छ । यस्ता भावनाहरुले तनावलाई छुमन्तर गर्छ ।
४. आफैँसँग डराएर दुखी नहुनुहोस् । यदि कुनै काम गलत भएको छ भने नपछुताउनुहोस् । त्यसलाई भुल्नुहोस् । घोडा चढ्ने मानिस नै घोडाबाट लड्छ तर, फेरि उठेर आफ्नो गन्तव्यतर्फ बढ्छ भन्ने कुरा नर्बिसनुहोस् ।
जीवनलाई एक सिँढी मान्नुहोस् । यो सिँढीमा चढ्दाचढ्दै कहिलेकाहीँ लड्नुभयो भने पनि दोस्रोपटक सम्हालिनुहोस् र पुरै तागत लगाएर फेरि चढ्नुहोस् ।
५. जिन्दगीमा चाहेको सबै कुरा मिल्दैन । मनोवैज्ञानिकहरुका अनुसार जीवनको साना-साना उपलब्धीहरुमा खुसी हुनाले अगाडि बढ्ने उत्साह मिल्छ । तपाईं आधा भरिएको गिलासलाई आधा खाली भएको रुपमा नहेर्नुहोस् ।
६. असन्तुष्टीको भावनाले केही समयसम्म घेर्नु स्वभाविक नै हो । तर जब असफलतामा बारम्बार रुने गरिन्छ, यस्तो भावना स्थायी हुन्छ । यो स्थितीबाट बच्नुहोस् ।
यसको लागि कार्यप्रणाली र विचारमा परिवर्तन ल्याउनुहोस् । नयाँ तरिका, नयाँ प्रविधि अपनाउनुहोस् । हरेक हालतमा निराशाबाट टाढा हुने बाटो खोज्नुहोस् ।
७. आफ्नो विगतका असफलता तथा दःुखद अनुभवहरुलाई मनमा आउन नदिनुहोस् । भविष्यतर्फ दृष्टि राख्नुहोस् र वर्तमानमा जमाएर कदम राख्नुहोस् । लक्ष्यसम्म पुग्ने इच्छाले नै उत्साह जगाउँछ । यस्तोमा नकारात्मक विचारहरु आउने समय र ठाउँ दुवै मिल्दैन ।
८. हरेक दिन बच्चासँग केही समय बिताउनुहोस् । टिभीमा हाँस्य कार्यक्रम हेर्नुहोस्, चुट्किला पढ्नुहोस् र बच्चालाई पनि सुनाउनुहोस् । बच्चाहरु खुसी हुँदा तपाईंको खुसी दुई गुणा बढ्छ ।
९. नियमित एक्सरसाइज गर्नुहोस् । यसले खुसी दिनेवाला सेरोटिन हार्मोन उत्पन्न हुन्छ । साथै शरीर पनि स्वस्थ रहन्छ । यसले मनमा राम्रो भावनाहरु तथा सकरात्मक सोच उब्जिन्छ । एक्सरसाइजको सट्टा बिहान ‘मर्निङ वाक’ गर्न पनि सक्नुहुन्छ ।
१०. सँधै ब्यालेन्स डाइट लिनुहोस्, जंक फुडबाट बच्नुहोस् । यसबाट मनोबल उच्च रहन्छ । धुम्रपान र मदिरापानबाट टाढै रहनुहोस् ।
११. आफ्नो खास मित्र तथा परिवारजनसँग आफ्नो तनाव वा समस्याको बारेमा छलफल गर्नुहोस् । उनीहरुबाट कुनै नयाँ बाटो निस्कन सक्छ र डिप्रेसनबाट बाहिर आउन सकिन्छ ।
१२. अनावश्यक कुराहरु सोचेर समय बर्बाद नगर्नुहोस् । अरुलाई माफ गर्न सिक्नुहोस् । नकारात्मक घटना र विचारलाई भुल्न सिक्नुहोस् ।
१३. कसैलाई हेर्ने दृष्टिकोण बदल्नुहोस्, पुराना कुरामा मात्रै सँधै नअल्भिmनुहोस् । खुसी हुनको लागि रमाइला कुराहरु गर्नुहोस्, वरिपरिको वातावरण सुधार्न थोरै समय खर्च गर्नुहोस् ।
पार्कमा समय बिताउनुहोस्, पन्छीहरुको आवाज सुन्नुहोस् र स-साना कुरामा खुसी खोज्ने गर्नुहोस् । कुनै ठूलो सफलता र खुसी मिलेन भनेर मन अमिलो नबनाउनुहोस् ।
तपाईंको आफ्नो विचार र आत्मविश्वासले नै तपाइर्ंलाई तनावबाट बचाउँछ । तनावले नै डिप्रेशन निम्त्याउन सक्ने भएकाले हरसम्भव खुसी हुने प्रयास गर्नुहोस् ।
यस्तो अफर : ‘मलाई गर्भवती बनाऊ र पाँच सय युरो लैजाऊ’ !
काठमाडौ । इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् ।
पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।
आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् ।
बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरुभेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् ।
६० लाख नेपालीको भावना बोल्ने एउटा फोटो हेर्दै आँशु झर्छ ! छोरालाई विदाई गर्दै वृद्ध बा !
यो तस्वीर हेर्दा सामान्य छ तर देश, काल, परिस्थिति र जीवनलाई जब गम्भीर भई बुझ्न मन लाग्छ, त्यति बेला यसले मनमा भक्कानो फुटाउँछ धरधरी रुवाउँछ । हाम्रा सबै बाहरूको अवस्था यही हो यी फोटामा भएका बाको जस्तै ।
लुटेराहरूको हातमा सत्ता छ । शैद्धान्तिक शिक्षाको सर्टिफिकेटले मजदुरी गर्न नि सकिन्न । देशको अवस्था जर्जर छ ।
हामीले देश भित्रै केहि गरे त सकिन्थ्यो होला तर यहाँ केही गरे सानो भइ हालिन्छ भन्ने सोच र सानो तिनो काम शुरू गर्दा हाम्रो समाजमा नाक नै काटिन्छ भन्ने सोच एकातर्फ छ ।
अर्का तर्फ देशमै केहि गर्न खोज्दा त्यसका लागी सरकारी वातावरण नै छैन, नेताहरूको आफन्त नभै काम पाउन, व्यवसाय गर्न समेत कठिन छ।
घरको चुल्लो वाल्न र परिवारलाई सहयोग गर्न विदेशिएका युवाहरू कहिले फर्केलान र हाम्रो वुढेसकालमा सहयोगी वन्लान, आफ्नै देश बनाउन लाग्लान भन्दै बा आमा ऑखा तन्काएर वाटो हेर्न वाध्य छन ।
फेरि कोरियाले कामदारको कोटा थप्यो रे, कोरिया जानेको भिड हेर्दा देश विस्तारै रित्तिने डरले फेरी भक्कानो फुटेर आउछ।
यी २० बर्षिय अर्बपति युवती, जसले जित्दैछिन् फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई, यिनको कमाइ सुन्दै अचम्म पर्नु हुन्छ
सोशल मिडिया कम्पनी फेसबुकका संस्थापक मार्क जुकरबर्ग जब २३ वर्षका थिए, तब उनले संसारकै कम उमेरका अर्बपतिमा आफ्नो नाम दर्ज गराएका थिए । । तर, अब त्यो रेर्कड एक युवतीले तोड्दैछिन् ।
अमेरिकाको कार्दशीयन परिवारकी सदस्य तथा रियालिटी टिभी स्टार काइली जेनर अहिले २० भइन् । तर, उनको कमाइ ९० करोड डलरभन्दा धेरै पुगेको छ । केही समयअघि काइलीको सम्पति विश्व चर्चित म्यागजिन ‘फोब्र्स’ले सार्वजनिक गरेको हो ।
काइली एक रियालिटी टिभी स्टारमात्र नभएर उनी सफल ‘विजनेसवुमन’ पनि हुन् । उनी ‘काइली कस्मेटिक्स’ नामको मेकअप कम्पनी चलाउँछिन् । ‘फोब्र्स’का अनुसार उनले दुई वर्षअघि मात्र आफ्नो कम्पनी सुरु गरेकी थिइन् ।
काइलीले सुरुमा दुई हजार डलरबाट आफ्नो कारोबार सुरुआत गरेकी थिइन् । तर, अहिले काइलीले ६३ करोड डलरभन्दा धेरैको उत्पादन बेच्दै आएकी छन् । ‘फोब्र्स’ले काइलीको कम्पनीको मूल्य भेल्यू ८० करोड डलर तोकेको छ । ‘फोब्र्स’ले अनुमान गरेअुनसा यस्तै तरिका काइलीको व्यापर बढ्दै गएमा अर्को वर्ष मार्क जुकरबर्गको नाममा रहेको युवा अर्बपतिको रेकर्डलाई काइलीले उछिन्नेछिन् ।
इटालीयन कार कम्पनी पगानी अटोमोबाइल फाउन्डर होरेशियोले बेलायतको पश्चिमी सक्सेसमा आयोजित गुडवुड फेस्टिवल अफ स्पिड २०१८ मा संसारकै सबैभन्दा महगोे कार सार्वजनिक गरेको छ । पगानीले एचपी वार्शेटा नाम दिइएको सो कारको मुल्य १३.५ मिलीयन पाउन्ड अर्थात २ सय १७ करोड निर्धारण गरेको छ ।
यो कार हालसम्म उत्पादन भएका मध्ये सबैभन्दा महङ्गा कार अन्र्तगत परेको छ । यसमा ७.३ लिटरको एएमजी भी १२ इन्जिन दिइएको छ जसमा ६ स्पिड गियरबक्स लगाइएको छ । यसको अलवा सस्पेन्शन कोयल स्प्रिंग दिइएको छ । त्यस्तै, कारमा ७८९ बिएचपी पावर दिइएको छ । यसको अधिकतम गती ३३८ कीमी रहेको छ ।
कम्पनीले मात्रै तीन ओटा एपची बार्शेटा उत्पादन गर्ने जनाएको छ । जसमध्ये कम्पनी स्वंयमले एउटा कार राख्ने छ । लेम्बार्गिनी उत्पादनका लागि काम गर्दै आएको होरेर्सियोले सन् १९९२ बाट पगानी अटोमोबाइलको सुरुवात गरेको थियो ।
कम्पनीले पछिल्ला २६ वर्षयता शानदार गाडि निर्माण गर्दै आएको छ । तर यसले, फरारी,लेम्बार्गिनीको तुलनामा निक्कै कम संख्यामा कार उत्पादन गरेको छ । गुडवुड फेस्टिभल हरेक वर्ष आयोजना गर्ने गरिन्छ । फेस्टिभलमा ऐतिहासिक मोटर रेसिंगको प्रदर्शनी गरिन्छ । यो इभेन्ट हरेक वर्षको जुनको अन्त्य वा जुलाइको सुरुवातमा आयोजना हुने गरेको छ ।
ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अगाडी नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ । भविष्यमा ठूला घटना हुँदा देखिने संकेत यस्ता छन् । १ दुध विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्रो मानिन्छ । विहानै दुध उम्लेर पोखिएको देखियो भने दुर्घटना हुन सक्ने संकेत मानिने ज्योतिष शास्त्रीको भनाइ छ । दुधलाई भाँडोमा राखेर हल्लाउनु पनि अशुभ मानिन्छ यसले घरमा झगडा हुन सक्छ ।
२ ऐना घरमा ऐनाको ठूलो महत्व छ । ऐना हातबाट खसेर फुट्यो भने अशुभ मानिन्छ । फुटेको ऐनामा अनुहार हेर्नु अझै नराम्रो मानिन्छ । खासमा ऐना फुट्नु अशुभ घटनाको संकेत हो ।
३ चक्कु यदि तपाइँको हातबाट चक्कु खस्यो भने बुझ्नुस् केही अशुभ घटना हुँदैछ । तर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ । यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् भन्ने ज्योतिषशास्त्रीको दावी छ ।
४ कुचो घरमा कुचोलाई लक्ष्मी मानिन्छ । किन भने यसले दरिद्रतालाई घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । नयाँ घरमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ । तर सूर्यास्तपछि कुचो लगाउनु भनेको अशुभ हो । यसले नराम्रो घटना हुन सक्ने विश्वास छ ।
५ कालो पोषाक कुनै पनि ब्यक्ति कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यो अशुभ मानिन्छ । यसले दुर्घटना वा अप्रिय घटनाको संकेत गर्छ । यदि कतै टाढा जान लाग्नु भएको छ र कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यात्रा स्थगित गर्नुस् । समाचारपत्रमा खबर छ ।
६ चाँवी चाँवीलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको चावी सफा गर्दा पनि पटक पटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । चावीलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ ।
तिहारको कोसेली स्वरूप चलचित्र ’सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । कविराज गहतराजले निर्देशन गरेको गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने यसलाई मिना निरौला र राजन इशानले स्वर दिएका छन् । सार्वजनिक गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड छिन ।
मङ्सिर २८ मा रिलिज हुने फिल्म ’सुश्री सम्पति मा सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् ।फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।
म त्यो अभागी भतिज हुँ, जसले आफ्नो काका बिरामी पर्दा थाहासम्म पाइनँ । थाहा पाएको भए तपाईंको लागि प्राथना गर्थें । कस्सम । कर्णाली नदीको कस्सम । तपाईंलाई गरिएका प्रार्थनाहरू फेसबुक, ट्वीटरमा भाइरल भएका बेला म भने भाइरलका बिरामीहरूसँग जुम्लामा थिएँ । स्वास्थ्य शिविरमा । केही दिनअघि तपाईंलाई रोगले च्यापेका बेला म ढाडको हड्डी च्यापिएर थलिएका बूढाबूढीहरूसँग थिएँ । जुम्लामा । स्वास्थ्य शिविरमा । सारा नेपालीले तपाईंको रोगको चिन्ता गरेका बेला म नेपालमा थिइनँ, रोगी कर्णालीमा थिएँ ।
काका !
कर्णालीको स्वास्थ्य शिविरमा आफ्नो रोगलाई लिएर रोगीहरू आउन्न रै’छन् । रोगीलाई लिएर रोग आफैं आउँदो रहेछ । भाँचिएका ढाडहरू अर्काका ढाडमा चढेर आउँदा रहेछन् । गलेका पाठेघरहरू साडीले भुइँ टेकेर आउँदा रहेछन् । सेतो पानी बगिरहेका योनिहरू काला बाटाहरू भिजाउँदै आउँदा रहेछन् ।
घाँस काट्दा भीरबाट लोटेर (लडेर) एकजना हजुरआमाको ढाड धेरै अघि भाँचिएको रहेछ । काका ! मान्छेको ढाड भाँचिनु भनेको देशको राजनीति भाँचिनुजस्तो हो । उहाँलाई ढाड भाँचिनेबित्तिकै अस्पताल लगेर हड्डी जोड्नुपथ्र्यो नि, हैन ? तर लगिएन । काम्रो बाँधियो, काम चलाइयो, काम लगाइयो । कामको धमाधमका बेला जाबो ढाड भाँचिएको मान्छेलाई पनि उपचारमा लग्न सकिन्छ र ? त्यसमाथि पनि महिलालाई ! लगिएन । काम्रो बाँधियो, काम चलाइयो, काम लगाइयो । हड्डीको जात काका, कतै न कतै त जोडिनै पर्ने । उहाँको भाँचिएको हड्डी जहाँ भाँचिएको थियो, त्यहीँ जोडिएन । ढाडको अर्कै हड्डीमा अन्तै जोडियो । एकदमै नमिल्ने ठाउँमा । नमिल्ने ठाउँमा जोडिने यो कला त्यो हड्डीले हाम्रो देशका पार्टीहरूबाटै सिक्यो होला है, काका ? हड्डी अन्तै जोडिएपछि उहाँको ढाड यति बांगो भयो कि त्यो ढाड डोरी नभएको धनुषजस्तो देखिन थाल्यो । यदि डोरी टाँगेर तन्काउने हो भने त्यो धनुष भाँचिने थियो । डोरी लगाउँदा भाँचिने धनुष काम नलाग्ने धनुष हो । हैन काका ? ठीक । उहाँ काम नलाग्ने हुनुभयो । अब काम नलाग्ने महिलाको किन उपचार गर्नू ? उपचार गर्नै चाहँदा पनि यति महँगो उपचार गर्ने बाटो खै ? बाटो भन्नाले उपचार गर्न पैसा जुटाउने बाटो क्या काका !
उपचार गर्दा ती हजुरआमाको ढाडलाई के गर्नुपर्छ, थाहा छ तपाईलाई ? मलाई थाहा छ । आजभोलि डक्टरहरूको संगतमा छु । उहाँको ढाड फेरि एकपटक भाँच्नुपर्छ । त्यो हड्डीलाई पुरानै हड्डीसँग जोड्नुपर्छ । औधि क्याल्सियम खुवाउनुपर्छ । डर के छ भने बुढेसकालको त्यो रगतले साथ नदिन पनि सक्छ । रगतको बुढेसकाल झन् कमजोर हुँदो रै’छ । रगतले साथ दिएन भने उहाँ डोरी जोड्ने ठाउँसमेत नभएको धनुष बन्नुहुनेछ । त्यसपछि त उहाँले बाँकी जीवनभरि एउटै दिन पर्खिनु पर्नेछ— आफ्नो शरीर जल्दै जल्दै थोपा–थोपा भएर कर्णालीका थोपाहरूमा मिसिने दिन । आफू धूवाँको टुक्रा भएर कर्णालीको एक टुक्रा आकाशमा मिसिने दिन । अनि त्यो दिन नआउन्जेलसम्म पन्ध्र मिनेट लगाएर एक गास निलिरहनु पर्नेछ । त्यही पनि कसैले दिए भने ।
काका !
यो फोटोमा देखिएका सबैसँग औंलाहरू छन् । फोहोर छन् तर औंलाहरू छन् । यी सबै औंलाले भोट हालेका हुन् काका । फोटोमा देखिन्छ या देखिन्न तर यी सबैसँग ढाड छन् । यी ढाड या त भाँचिएका छन्, या त लछारिएका । यी मान्छेहरूसँग एउटा फोक्सो पनि छ, जसलाई दिनरात कालो धूवाँले चिरहरण गर्छ । यी मान्छेहरूसँग आँखा पनि छन् । आँखा यति रोगी भइसकेका छन् कि यिनीहरूले सपना पनि धमिलो देख्छन् । यी सबैसँग छाती पनि छ । अलि बलियो गरी खोक्यो भने भत्कीजालाजस्तो छाती । त्यो छातीमा आँट छैन काका । आँट किन छैन भने नि उनीहरूको शरीरको दुईतिहाइ अंग आफ्नो होइन । रोगको हो । दुईतिहाइ आफूसँग नहुँदा आँट नहुँदो रै’छ काका ! यीसँग पैताला पनि छन्, नेपालको राष्ट्रिय झन्डामा भएका सूर्य र चन्द्रमामा ती तिखा–तिखा काँडाहरू छन् नि, तिनैले खोपेर होला कि क्या हो, यी पैतालाहरूमा प्वालै प्वालहरू छन् ।
यो शिविरमा भेला भएका प्रायःको रोग खुब पुरानो छ । ०६२/६३ को आन्दोलनभन्दा पुरानो, कसैको त ०४६ को आन्दोलनभन्दा पुरानो, २००७ तिरका रोगहरू खासै छैनन् काका । हुनु पनि हुन्न नि हैन ? कर्णालीको मान्छे त्यति लामो बाँच्ने ? देशलाई वर्षौं शोषण गरेको भाषा उत्पत्ति भएको ठाउँका मान्छे काँ त्यति लामो बाँच्ने ? देशलाई वर्षौं शोषण गरेको जाति भएको ठाउँका मान्छे कहाँ यति लामो बाँच्नु हुन्छ ? यी शोषकहरूको आयु यति लामो भयो भने त देशमा गणतन्त्र आएको के अर्थ भयो र काका ?
यहाँ भेला भएका रोगीहरूलाई हामी (अनमोल फाउन्डेसन)सँग नेपालगन्ज मेडिकल कलेजबाट आएका डक्टरहरूले सोध्नुभयो, “पहिल्यै डक्टरलाई भेट्न किन नजानुभएको ?”
उहाँहरूको उत्तर डरलाग्दो छ काका । भनुम् ?
“काम गरेन भने त खानै हुन्न, खानै पाइएन भने बाँचिदैन । रोगमात्रै लाग्दा त बाँच्न त बाँचिन्छ नि ! काम छोडेर उपचार गर्न कसरी लानू ?”
काका ! कोही रोगी भए भने यहाँ हिउँदमा मात्रै उपचार गराउन लाने चलन रै’छ । गरिबले दशैं–दशैंमा मात्र खसी खाने चलन भएजस्तो । नयाँ लुगा भनेकै नयाँ कक्षामा पुग्दा लगाउन पाइने स्कुले पोशाकजस्तो । अनि हिउँद भनेको उपचार गर्ने मौसम रै’छ, चाहे रोग जुनसुकै मौसममा लागोस् । कसै–कसैले उपचार गराउन तल लानुहुँदो रै’छ, तल भन्नाले काठमान्डू हैन है काका । काठमान्डू त यहाँका मान्छेका लागि मात्र २ वटा प्रश्नको उत्तर मात्रै हो रै’छ—
प्रश्न १ः तपाईंको राजधानी कुन हो ?
प्रश्न २ः तपाईंका प्रधानमन्त्री (पहिलेका राजा) कहाँ बस्नुहुन्छ ?
तल भन्नाले सुर्खेतसम्म, या त कोहलपुर वा नेपालगन्जसम्म । त्यो पनि प्राथमिकतामा पुरुष ।
काका ! कर्णालीमा लोग्ने मान्छेलाई राज्यले थिच्दो रहेछ, रोगले थिच्दो रहेछ । स्वास्नी मान्छेलाई राज्यले थिच्दो रहेछ, रोगले थिच्दो रहेछ, लोग्ने मान्छेले थिच्दो रहेछ । स्वास्नी मान्छेको त राज्य, रोग र लोग्ने मान्छेबाट हरेक दिन सामूहिक बलात्कार ।
शिविरमा आउनुभएका सयौं स्वास्नी मान्छेहरूले डक्टरहरूलाई सुनाएको रोग सम्झिँदा अहिले पनि हिँड्दाहिँड्दै ऐंठन होलाजस्तो हुन्छ । शिविरमा स्त्रीरोग हेर्नका लागि बनाइएको एउटा कोठामा मैले कुरा सुनेका २४ स्वास्नी मान्छेमध्ये १३ जनाले भन्नुभयो, “यस्तरी रोगले थलिनु भन्ना त मन्नु निको ।”
काका ! २४ मा १३ भन्नाले यहाँ आधाभन्दा बढी स्वास्नीमान्छे मर्ने प्राथना गरिरहेछन् । कहाँ–कहाँ पो रोग छैन हौ ! मैले भनें नि, दुईतिहाइ शरीरमा रोग छ । मैले यो चिठीमा ती रोगहरूको सूची तयार गर्ने हो भने तपाईंले यो चिठी यहीँ पढ्न छोड्नुहुनेछ । त्यसैले लेख्दिनँ । अँ, म भन्दै थिएँ— यहाँ आधाभन्दा बढी स्वास्नी मान्छे मर्ने प्राथना गरिरहेछन् । मेरो कानमा यो वाक्य गुञ्जिरहेछ, “पशुपतिनाथले हामी सबैको कल्याण गरून् !”
काका ! कर्णालीबाट टाढा भएर होला— पशुपतिनाथले उहाँहरूको प्राथना सुन्दैनन् । कतै पशुपतिनाथ राजधानीमा भएर त हैन ? हुन त पशुपतिनाथसँग फोन छ, तर कर्णालीमा प्रायः फोन नलाग्दो रै’छ । जुम्लाले काठमान्डूलाई एप्पल पठाइरह्यो तर एप्पल या अरु कुनै फोनमा काठमाडौंले नेटवर्क पठाएन ।
पशुपतिनाथ पुरुष भएकाले यहाँका स्वास्नी मान्छेको कुरा नसुनेका त हैनन् होला है काका ? यहाँका पुरुषले त खासै नसुन्दा रहेछन् । हुन त देशैभरिका पुरुषहरूले खासै सुन्दैनन् । शरीरलाई गाह्रो भएका बेला पनि श्रीमान्लाई ‘आज ममाथि नचढ्नुस्’ भन्ने आँट यहाँका स्वास्नी मान्छेसँग रहेनछ । ढाडै भाँचिएकाहरूले पनि त्यसो भन्न सक्दारहेनछन् । यो देवी पुजिने भूमिमा यस्तो कसरी भयो काका ? कर्णालीमा मात्रै हैन, यो देशमै स्वास्नी मान्छेको हड्डी भाँचिएर पनि आफ्नो लिंगको इच्छा पूरा गर्न लोग्ने मान्छेहरू कसरी तयार भए ? लिंगमा हड्डी नभएर हो ?
काका हौ ! केही गरूम् न ! म आफू पनि रोगी भएर होला कि क्या हो, रोगीहरूको खुब माया लाग्छ । दया हैन । तपाईं पनि त रोगी हुनुहुन्छ । तपाईंहरू भन्नुहुन्थ्यो नि, ‘संसारभरिका मजदुरहरू एक होऊँ !’ मलाई पनि भन्न मन लागेको छ, “संसारभरिका रोगीहरू एक होऊँ !”
डाक्टरलाई भेट्नकै लागि भएको जनयुद्ध देख्नुभएको छ काका ? यो फोटो हेर्नुस् ।
डक्टरहरूलाई आफ्नो सबैभन्दा पुरानो साथी (रोग)सँग भेट गराउन हुँदै गरेको जनआन्दोलनको एक टुक्रा हो यो । यो शिविरमा डक्टरहरूले करिब १ हजार बिरामीको रोग हेर्ने र औषधि दिने काम गर्नुभयो । यत्रा गाउँले यहाँ आए तर अस्पताल किन गएनन् भन्नेजस्तो तपाईंलाई लाग्यो होला । किनभने—
१) यो स्वास्थ्य शिविर निःशुल्क थियो । २) यो स्वास्थ्य शिविर बिरामीहरूको गाउँमा गएको थियो ।
आफैं अस्पतालसम्म पुग्न जुन आँट, पैसा, समय र चेतना चाहिन्छ, त्यो यहाँ पर्याप्त छैन ।
बिन्ती काका ! जसरी शहरहरूमा सामानहरूको निःशुल्क होमडेलिभरी हुन्छ, त्यसैगरी विकट गाउँहरूमा डक्टर र औषधिहरूको निःशुल्क होमडेलिभरी गर्दिनुपर्यो ।
तपाईं देशको अभिभावक हो काका । आफ्ना परिवारहरूको रोग पत्ता लगाउनुस् । जुनै सदस्यले जति नै पैसा कमाए पनि यदि परिवारमा एउटा सदस्यमात्र रोगी छ भने पनि त्यो सिंगो परिवार रोगी हुन्छ । यो स्वास्थ्य शिविर सञ्चालन गर्ने 'अनमोल फाउन्डेसन'ले अघिल्लो पटक कालिकोटको कालिका गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटुमा प्वाल भएका चार बालबालिका भेटिए । तिनको उपचार गरियो र निको भए । काका ! मुटुका प्वाल टालिएका यिनै बालबालिकाले भोलि देशका प्वाल टाल्नेछन् । त्यो शिविर सञ्चालन नभएको भए पानको पातजत्रा ती मुटुहरूलाई हल्का हावाले भुइँमा झारिदिने थियो । यो देशमा कति धेरै मुटुमा प्वाल छन् ? त्यो पत्ता लगाउने काम तपाईंको हो काका । यो देश हाँक्ने नेता जन्माउने कति वटा पाठेघरमा क्यान्सर हुन लागेको छ, त्यो पत्ता लगाउने काम पनि तपाईंकै हो काका !
यो कवि भावुक भएर आँशु झार्दै यस्तो लेख्यो भन्ने नठान्नुहोला, रिस उठ्दा पनि आँशु नै झर्छ ।
तपाईं पनि शब्दसँग यति मीठो खेल्नुहुन्छ, तपाईं पनि त कवि नै हो । कल्पना गर्नुस् कविजी कल्पना ! अस्ति ‘रारा पर्यटन वर्ष २०७५’को घोषणा गर्न तपाईं र अरु सयौं मान्छे रारा पुग्दा लाखौं खर्च भएको रहेछ । तर, कल्पना गर्नुस् कविजी, त्यो पैसाले कर्णाली क्षेत्रमा ५० वटा स्वास्थ्य शिविर सञ्चालन गरेर त्यसैलाई ‘रारा पर्यटन वर्ष २०७५’को उद्घाटन भनी घोषणा गरेको भए कति धेरै मुटुका प्वाल टालिन्थे होला ? कति धेरै हड्डीहरू सही ठाउँमा जोडिन्थे होला ? कति धेरै आमाका पाठेघरहरू जिउँदै बचाउन सकिन्थ्यो होला ! कल्पना गर्नुस् कविजी, कल्पना !
विभिन्न बहानामा गरिने फेद न टुप्पोको भ्रमणमा हुने राज्यको करोडौं पैसा अब देशका जनताको रोग पत्ता लगाउन र त्यसको उपचार गराउन खर्च हुनुपर्छ । म फेरि दोहोर्याऊँ काका ? जसरी शहरहरूमा सामानहरूको निःशुल्क होमडेलिभरी हुन्छ, त्यसैगरी विकट गाउँहरूमा डक्टर र औषधिहरूको निःशुल्क होमडेलिभरी गर्दिनुपर्यो ।
कालिकोटको ताडी गाउँमा पैदल हिँड्दा मैले सयौं रोगहरूलाई भेटें काका । ती रोगहरू आफू ठ्याक्कै को हुँ भनेर चिनिन चाहन्छन् । रोगहरूलाई पनि आफूलाई चिनिन मन लाग्दो रहेछ काका ! एउटा स्वास्थ्य शिविर त्यहाँ गर्नु छ । त्यो गाउँका रोगहरूले तपाईंलाई सोध्दै थिए, “पर्धानमुन्तिरीज्यू, तमी निकै छौ क्या ?”
६ महिनाको बिरामी बच्चालाई सुइँ हान्न डक्टरहरूले नसा खोज्दाखोज्दै कर्णालीमा अनमोल शाहीको मृत्यु भयो । उनका बाबु निराजन शाहीको नसाबाट पनि आँसु बग्यो । आफूले ६ महिने छोरो गुमाए पनि अरु अनमोल बच्चाहरू उपचार नपाएर नमरून् भनेर निराजनले ‘अनमोल फाउन्डेसन’ खोले । त्यही फाउन्डेसनले गरिरहेथ्यो जुम्लाको गाउँ गोठीज्युलामा यो स्वास्थ्य शिविर । रारा तालमा साहित्यिक र सांस्कृतिक महोत्सव गर्न हिँडेको यो ‘अनमोल फाउन्डेसन’ले त्योभन्दा महत्त्वका साथ यो स्वास्थ्य शिविर आयोजना गर्यो ।
काका ! मैले रारा तालको छेवैमा कविता कन्सर्ट गरें । सयौं मुगाली जनतालाई कविता सुनाएँ तर मलाई लागिसक्यो कि अब म कविता कन्सर्टमा भन्दा बढी निःशुल्क स्वास्थ्य शिविरमा हुनुपर्छ । मैले कर्णालीमा जति सुन्दर दृश्यहरू देखें, त्योभन्दा सुन्दर बाटाहरू देखें, जसबाट बिरामीलाई डक्टरसम्म पुर्याउन सकिन्छ । सुन्दर कर्णालीलाई सजिलो कर्णाली पनि बनाउनुपर्छ । ‘रारा पर्यटन वर्ष २०७५’ सफल रहोस् ।
काका ! तपाईं आफैं रोगी हुनुहुन्छ, त्यसैले तपाईंलाई थाहा छ— रोगी मान्छेहरूलाई गरिएको एक थोपा माया एक नदीजति हुन्छ । काका ! मेरो बुबालाई तपाईं खुब मन पर्नुहुन्छ । मलाई पनि तपाईं खुब मन पथ्र्यो । तर, किन–किन मलाई लाग्छ— तपाईं औधि मन पराइनु पर्ने मान्छे हो । रोगी कविलाई मान्छेले खुब मन पराउँछन् भन्ने कुरा मलाई थाहा छ । जनतालाई तपाईंसम्म पुर्याउने केही मान्छेहरूमा समस्या छ जस्तो लाग्छ । तपाईंसम्म पुग्ने त्यो च्यानल झिरझिर छ जस्तो लाग्छ । तपाईंलाई नदीको सम्झौताका बारेमा बताउने मान्छेहरू होलान् तर तपाईंलाई बेला–बेला पानी पिउन सम्झाउने मान्छेहरू छैनन् होला । काका ! साना कुरामा माया गर्नेहरू ठूला हुन्छन् ।
तपाईंलाई देशका रुखहरूको सम्झौताबारे बताउनेहरू होलान् तर तपाईंलाई कुनै रुखको छहारी ओढ्दै एक फोक्सो शुद्ध हावा लिन बेला–बेला रुखहरूतिर लाने मान्छे छैनन् होला । भन्नुपर्ने कुराहरू अझै छन्, अर्को चिठिमा भनौंला ।
यो लेखिरहँदा म कालिकोटमा छु । मैले कर्णालीबाट विषादी नहालेको हिमाली जडिबुटीको चिया ल्याएको छु, जुम्ली सिमी ल्याएको छु, जुम्लाका स्याउको चाना ल्याएको छु, दाँते ओखर ल्याएको छु, कोदोको पीठो ल्याएको छु । केही दिनपछि काठमान्डू फर्किंदै छु । यीमध्ये हजुरलाई केही चाहिए म एउटा पोको कर्णालीको कोसेलीस्वरूप जरुर दिनेछु । मैले भनें नि, म आफू रोगी भएर होला— रोगीहरूको खुब माया लाग्छ ।
यति लामो चिठी पढुन्जेल धेरै समय बितिसक्यो, तपाईंलाई डिहाइड्रेसन नहोस् । एक गिलास उमालेको तातो पानी पिउनुहोला ।
उही तपाईंको झापाली भतिज नवराज पराजुली अहिले मान्म, कालिकोट ।
काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता र मेलमिलाप आजको आवश्यकता भएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चियापानले आपसी एकता र सदभाव बढाउने बताउँदै एकता र मेलमिलाप आज पनि उत्तिक्कै आवश्यक रहेको बताए । उनले भने, ‘चियापानको सुरुवात विगतमा वीपी कोइरालाले गरेका हुन् । यो त्यसैको निरन्तरता हो । यसले आपसी सदभाव र एकता ल्याउन मद्दत गर्छ । एकता र मेलमिलाप आज पनि आवश्यक छ ।’
अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक परिवर्तन पनि पार्टीहरुबीचको एकताले मात्र सम्भव भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक स्थिरताका लागि कांग्रेससँगै मिलेर शान्ति प्रक्रिया सम्भव भयो । अब सबै मिलेरै संविधानको कार्यान्वयन गर्नुपर्छ, त्यसपछि मुलुकमा समृद्धि आउँछ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान विगतदेखिको परम्परा भएको बताउँदै यसले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई सहयोग गर्ने बताए । उनले मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताउँदै यसले आपसी सदभाव बढाउने बताए ।