Saturday, September 09, 2017

फोन गर्न एक घण्टा खर्चनुपर्ने


फोन गर्न एक घण्टा खर्चनुपर्ने 
सोलुखुम्बु, 
   आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’ 




‘चुनाव खर्च जुटाउन’ सुन तस्करी !

‘चुनाव खर्च जुटाउन’ सुन तस्करी !

२४ भदौ, काठमाडौं । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला रजाधानीमा तस्करीको सुन बरामद हुने क्रम बढेको छ । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो ।
यसैबीच राजधानीमा तस्करीका सुन भटाभट बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ मा थानकोटमा ७ किलो सुन फेला पर्यो । सो सुनको अनुसन्धान सकिएकै थिएन पुस २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्यो । जसले राम्रै तरंग ल्यायो ।
जानकारहरुका अनुसार निर्वाचनका बेला तस्करीका घटना बढ्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षका उम्मेदवारले ५ करोड खर्च भएको सार्वजनिक गरेका थिए । यस्तो बेलामा दललाई उम्मेदवारको खर्च जुटाउन हम्मेहम्मे पर्ने नै भयो । यही बेला सुन तस्करी किन बढेको होला ? सुनचाँदी व्यवसायी मणिकरत्न शाक्य पञ्चायत कालदेखि नै सुन तस्करी हुने गरेपछि यसबारे धेरै चर्चा हुने गरेको बताउँछन् । सुन तस्करी राजनीतिक गतिविधिसँग जोडिएको उनको विश्लेषण छ ।

subscribe us on YouTube

Like us on Facebook


Wednesday, September 06, 2017

शाखा अधिकृतको नतिजा प्रकाशनमा लोकसेवाको ढिलाइ किन ?

शाखा अधिकृतको नतिजा प्रकाशनमा लोकसेवाको ढिलाइ किन ?

गत वर्ष शाखा अधिकृत, राजपत्रांकित तृतिय श्रैणी (अप्राविधिक)  पदमा मिति २०७३ श्रावण १९ गते लिखित परिक्षाको नतिजा निष्काशन गरी ०७४ असोज २१ गते सिफारिस गरिएको थियो । यस वर्ष हालसम्म पनि लिखित नतिजा निष्काशन गरिएको छैन ।  उपसचिव पदमा उम्मेद्धार हुन अधिकृत भएको ५ वर्ष र सहसचिवको उम्मेद्धार हुन अधिकृत भएको  ७ वर्षको अवधि पुरा हुनुपर्ने निजामती सेवा ऐनको प्रावधान रहेको छ  ।

उपसचिव र सहसचिव पदको विज्ञापन लोक सेवा आयोगले असोज महिनाको अन्तिम वुधवार निष्काशन गर्ने गर्दछ । त्यसकारण यस वर्षको शाखा अधिकृतको नतिजा प्रकाशन भइनसकेकोले सिफारिस हुन अझै २ महिना जति कुर्न पर्ने गत वर्षको लोक सेवा आयोगको नतिजा निष्काशनको समयावधिले देखाउँछ ।

कुनै वर्षको नतिजाले शाखा अधिकृतको कार्यअवधि पुरा हुनासाथ उपसचिव र सहसचिवको परिक्षामा उम्मेद्धार हुन पाउने र कुनै वर्ष लोक सेवा आयोगको आफ्नै कार्यसम्पादनको कमजोरीले गर्दा भएको ढिलाइले उम्मेद्धारले थप १ वर्ष कुर्न पर्ने वाध्यात्मक अवस्थाको सिर्जना स्वयं लोक सेवा आयोगले गरिदिएको छ । जसका कारण गत वर्षका राजपत्रांकित अधिकृतले ५ वा ७ वर्षको अवधि पूरा हुनासाथ उपसचिव वा सहसचिवको उम्मेद्धार हुन पाउने छन् भने यस वर्षका शाखा अधिकृतमा सिफारिस हुने उम्मेद्धारहरु उपसचिव र सहसचिवको पदमा उम्मेद्धार हुनवाट १ वर्ष वञ्चित हुनुपर्नेछ  ।
यस्तो अवस्थाको सिर्जना सुनियोजित कारण वा लोक सेवा आयोगको अकर्मण्यता वा कार्यसम्पादनको कमजोर अवस्था वा वाहिर सुनिएका हल्ला अनुसार केन्द्रीय कार्यालयमा रहेका कर्मचारी वढि भत्ता र सेवा सुविधा पाइने लोभमा नतिजा निष्काशनलाइ थाति राखेर काठमाण्डौ वाहिर सञ्चालन हुने परिक्षाको सञ्चालन निरिक्षण वा कुनै वाहानामा सहभागि हुन जाने गलत प्रवृत्तिको कारणले हुन नगएको हो वुझ्न सकिएको छैन ।
कक्षा ११ का लखौ संख्याको नतिजा निस्कासन गर्न ३ महिनामा सफल भएको देखिरहँदा लोक सेवा आयोग ४ हजार ५सय ५५ जना सम्मिलित शाखा अधिकृतको नतिजा समयमा नै निष्काशन गर्न असफल भएको देखिन्छ । त्यसैले विशेषत नतिजा निष्काशन प्रक्रियामा संलग्न कर्मचारीको व्यवस्थापनमा लोक सेवा आयोगको गम्भिर ध्यान जान जरुरी छ ।
लोक सेवा आयोग नियमावली ०६७ को नियम ३४ वमोजिम नियुक्तिका लागि सिफारिस गरिएको उम्मेद्धारको सिफारिस भएको मितिले एक वर्षभित्र मृत्य भर्इ वा निजले नियुक्ति भएको पदवाट राजिनामा दिइ वा निजले अन्य पदमा नियुक्ति भइ निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा अख्तिवारवालाले सात दिन भित्र आयोगलाई जानकारी दिनुपर्ने र आयोगले नियुक्तिका लागि  सिफारिस गरेको एक वर्ष सात दिन भित्रको समयावधिमा मात्र वैकल्पिक उम्मेद्धारलाई नियुक्तिका लागि सिफारिस गर्ने भनि उल्लेख गरिएको छ ।
यस वर्षको शाखा अधिकृत, राजपत्रांकित तृतिय श्रैणी (अप्राविधिक) को नतिजा निष्काशन ढिलाइका कारण लोक सेवा आयोगका क्षेत्रीय निर्देशनालयवाट राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु  पदमा वैकल्पिकको सुचीमा रहेका उम्मेद्धारहरु सो पदमा सिफारिस हुनवाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना एवं लोक सेवा आयोग आफैले गरिदिएको छ । सवभन्दा पछिल्लो ना सु पदको सिफारिस लोक सेवा आयोगको क्षेत्रीय निर्दे्शनालय काठमाण्डौले मिति २०७३ मंसिर १५ गते गरेको थियो ।
शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदमा अधिकांश उम्मेद्धारहरु ना सु पदमा सिफारिस भएकाहरु मध्यवाट हुने गरेको पाइन्छ । गतवर्षको काठमाण्डौको वैकल्पिक सिफारिसलाइ हेर्ने हो भने ना सु पदको खुल्ला तर्फमात्र शाखा अधिकृत पदमा सिफारिस भर्इ १४ जना वैकल्पिक ना सु हरुले सेवा प्रवेशको अवसर पाएका थिए । यस वर्ष ना सु पदमा कुनै पनि वैकल्पिक उम्मेद्धारले अवसर नपाउने अवस्था आएको देखिन्छ ।
गत वर्ष शाखा अधिकृतको लिखित नतिजा निष्काशन मिति २०७३ साउन १९ गते भएको सो पदमा सिफारिस मिति २०७३ असोज १४ गते हुदा ना सु पदमा काठमाण्डौका खुल्ला तर्फका १४ जना वैकल्पिक उम्मेद्धारहरुले मिति २०७३ कात्तिक २७ गते सफारिस गरिएको देखिन्छ । लोक सेवा आयोगले गत वर्ष शाखा अधिकृतको लिखित नतिजा निष्काशन देखी ना सु  वैकल्पिक सिफारिससम्म खर्चेको समायावधिलाइ हेर्ने हो भने यस वर्षको शाखा अधिकृतको नतिजा निष्काशनमा भएको ढिलाइले यस वर्ष ना सु पदका वैकल्पिक सिफारिस हुने अवस्था देखिदैन ।
शाखा अधिकृत पदमा प्राय नासु पदमा सिफारिस भएका व्यक्तिहरुले नाम निकाली सिफारिस हुने गरेको पाइन्छ । जसकारण नासु पदमा वैकल्पिक रहेका उम्मेद्धारहरुको उल्लेख्य संख्याले वैकल्पिक सिफारिस मार्फत सेवा प्रवेश गरेका छन् ।
गतवर्ष त्यतिका संख्यामा नासु वैकल्पिकहरुले सेवा प्रवेशको अवसर पाउनु र यस वर्ष सो अवसरवाट वैकल्पिक उम्मेद्धार पुर्णत वञ्चित हुनु पर्ने अवस्था निम्त्याउनु लोक सेवा आयोगका लागि कति शोभनीय हुन्छ ?
गत वर्ष त्यही सुचीमा रहेका व्यक्तिले सेवा प्रवेशको अवसर पाउने यस वर्ष वञ्चित हुनुपर्ने अवस्थाप्रति के लोक सेवा आयोग केन्द्रीय कार्यालय अनविज्ञ  हुन मिल्छ ?  के लोक सेवा आयोग केन्द्रीय कार्यालय यसप्रति जानकार नभएको नै हो ?उनीहरुलाई गत वर्षका सरह सिफारिस हुन पाउने अधिकार खोज्ने हक छ वा छैन ?  यस वर्षका नासु पदमा वैकल्पिक उम्मेद्धारप्रतिको लोक सेवा आयोगको धारणा के ? यो त ठुलै अन्याय गरेको ठहरिनु पर्ने हो । अव लोक सेवा आयोगको वैकल्पिक सूचीमा रहेका उम्मेद्धारहरुले लोक सेवा आयोगको नतिजा निष्कासन र सिफारिसपछिको अवसरका लागि माथिल्लो पदको नतिजा लोक सेवा आयोगले समयमा नै निष्काशन गरिदियोस् भनी भाग्यमा नै भर पर्नुपर्ने अवस्था आएको हो ? यसलाई कसरी वुझ्ने ?
लोक सेवा आयोगको वार्षिक तालिकाले पनि राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु  पदमा वैकल्पिकको सुचीमा रहेका उम्मेद्धारहरु सो पदमा सिफारिस हुनवाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना गरेको देखिन्छ । लोक सेवा आयोगको वार्षिक तालिका अनुसार शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) को पदमा विज्ञापन मंसिर महिनाको अन्तिम वुधवार निष्कासन हुँदै आएको छ र राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु पदको विज्ञापन पुष महिनाको अन्तिम वुधवार प्रकाशन हुने गर्दछ । तर, राजपत्रांकित तृतिय श्रेणी (प्राविधिक) पदको विज्ञापन कात्तिक महिनाको अन्तिम वुधवार हुने र  राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदको विज्ञापन माघ महिनाको अन्तिम वुधवार हुने गरेको छ । यी एक तह फरक रहेको पदको विज्ञापनको फरक हेर्ने हो भने प्राविधिक पदमा ३ महिनाको रहनु र अप्राविधिक पदमा १ महिना मात्र रहेको पाइन्छ ।
प्राय राजपत्र अनंकित प्रथम श्रेणीमा सिफारिस हुने व्यक्ति नै राजपत्रांकित तृतीय श्रेणी पदमा सफल हुने लोक सेवा आयोगको सिफारिसले देखाउँछ । राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) पदको विज्ञापन अघि हुने हुँदा सो विज्ञापनको नतिजा निष्काशन गरेर मात्र पछिल्लो विज्ञापन भएको  राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक)  पदको नतिजा निष्काशन गर्ने यस वर्ष लोक सेवा आयोगको तयारी रहेको सुन्नमा आएको छ ।  गत वर्ष प्राविधिक र अप्राविधिकको नतिजा निष्काशनमा त्यस्तो गरिएको थिएन । यस वर्ष त्यस्तो गर्नुपर्ने अवस्था किन आइपर्यो ?
प्राविधिक पदमा राजपत्रांकित तृतीय र राजपत्र अनंकित प्रथमको विज्ञापन निष्काशनमा ३ महिनाको फरक राखीएको कारण प्राविधिक तर्फ राजपत्र अनंकित प्रथम श्रेणिका वैकल्पिक सिफारिस हुन पाउने तर उस्तै सुचीमा रहेका अप्राविधिक राजपत्र अनंकित प्रथम श्रेणीका वैकल्पिक उम्मेद्धार राजपत्रांकित तृतीय श्रेणी र राजपत्र अनंकित प्रथम श्रेणीको विज्ञापन निष्काशनमा १ महिना मात्रको फरकका कारण मुखैवाट वञ्चित हुनपुग्ने देखिएको छ ।
राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु पदका वैकल्पिक सुचीमा रहेका उम्मेद्धारहरु शाखा अधिकृतको सिफारिस पश्चात सेवा प्रवेश गर्ने कुरामा जानकार रहेको स्वयं लोक सेवा आयोग आफैले शाखा अधिकृतको नतिजा निष्काशनमा ढिलाइ गरि सो अवसरवाट वञ्चित पनि गर्ने दोहोरो चरित्र देखाउन पुगेको छ । यसवाट ती वैकल्पिक उम्मेद्धारहरुको मानस पटलमा पर्ने असर प्रति संवेदनशील हुन जरुरी छ । यति स्वच्छ, निष्कलंक र सवैको विश्वास जित्न सफल यस संस्थाले आफ्नो कार्यसम्पादनको ढिलाइका कारण निम्तिएको समस्यालार्इ नजरअन्दाज गर्नु हुँदैन, सबैमा न्याय समान हुने अवस्थाको सिर्जना गर्न सक्नुपर्छ । लोक सेवा आयोगले यस वर्षका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नासु पदका वैकल्पिक सुचीमा रहेका उम्मेद्धारहरुलार्इन्याय पनि दिन सकोस् र समय सापेक्ष सुधार सुधार गर्दै लोक सेवा आयोग हामी आम जनमानसमा विश्वासको धरोहर, निष्पक्ष र स्वच्छ छवि कायम राख्न सफल रहोस् ।

सूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख जरिवाना

सूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख जरिवाना

विद्युत नियमन आयोग गठन गर्ने बाटो खुल्यो




विद्युत् नियमन आयोग गठन विधेयकलाई प्रमाणीकरण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । 
१९ भदौ, काठमाडौं । पूर्व सूचना नदिई विद्युत् आपूर्ति बन्द गरेमा पाँच लाख रुपियाँसम्म जरिवाना हुने भएको छ । विद्युत् नियमन आयोग गठन विधेयकलाई राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरेसँगै यो खालको व्यवस्था लागू भएको हो ।
विद्युत नियमन आयोग ऐनमा पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गर्ने वा गराउने व्यक्ति वा संस्थालाई आयोगले पाँच लाख रूपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । त्यस्तो जरिवानाको रकम नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिने पनि ऐनमा उल्लेख छ ।
पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले यो विधेयकलाई संसदमा दर्ता गरेका थिए । जसलाई सोमबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।
विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमन गर्नका लागि सरकारले यस खालको कानुन बनाएको हो । सोमबार राष्ट्रपति भण्डारीले ऐनलाई प्रमाणिकरण गरेसँगै विद्युत नियमन आयोग गठन गर्ने बाटो पनि खुला भएको छ ।
आयोगलाई महशुल दर र विद्युत खरिद बिक्री दर निर्धारण गर्न पनि अधिकार दिइएको छ । अहिले महशुल दर निर्धारण आयोग छ जसले प्राधिकरणले पठाएको महशुल दरलाई पास गर्ने गरेको छ ।
नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा रही काम गरेको वा अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरी बीस वर्ष कार्य अनुभव भएको व्यक्तिमध्ये नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष बन्ने ऐनमा उल्लेख गरिएको छ ।
साथै बाँकी अन्य ४ जना सदस्यहरुमा नियुक्त हुन अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरी पन्ध्र वर्ष कार्य अनुभव गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

Tuesday, September 05, 2017

सीमामा शान्ति कायम राख्न र मिलेर अघि बढ्न चीन-भारत सहमत

सीमामा शान्ति कायम राख्न र मिलेर अघि बढ्न चीन-भारत सहमत

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता


२० भदौ, रौतहट । डोक्लाम विवादपछि पहिलोपटक चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको छ । सो भेटमा शी जिनपिङ र नरेन्द्र मोदी दुबै सीमा क्षेत्रमा शान्ति कायम राख्न र मिलेर अघि बढ्न सहमत भएका छन् ।
दुबै नेताहरुबीच फेरि डोक्लामको जस्तो तनावको अवस्था पैदा नहोस् भन्ने सहमति बनेको छ । विवादलाई आपसी छलफलबाट सुल्झाउन पनि चीन र भारत सहमत भएका छन् ।
भारतीय विदेश सचिव एस जयशंकरले भनेका छन्, ‘हामीहरुबीच प्रगतिशील दृष्टिकोण छ । दुबै देशलाई थाहा छ अतितमा के भएको थियो । तर यो विगतको कुरा गर्ने बैठक थिएन ।’
उनीहरुबीच ब्रिक्स सम्मेलनका मुद्दाबारे पनि छलफल भएको थियो । ब्रिक्सलाई अझै सान्दर्भिक बनाउने र दुबै देशबीचको सम्बन्ध स्थीर र सौहाद्र बनाउने सहमति भएको छ ।
मोदीले चिनियाँ राष्ट्रपति शीलाई बि्रक्स सम्मेलनको सफल आयोजनाका लागि बधाइ समेत दिएका थिए ।
चीनको शियानमेनमा आयोजित तीन दिने ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो ।

५० करोड रुपैयाँ ठगेपछि…



५० करोड रुपैयाँ ठगेपछि…


काठमाडौ, २० भदौ ।  आफन्त र चिनजानका व्यक्तिहरुको करिब ५० करोड रुपैयाँ ठगी गरी पोखरा १४ की देवीकुमारी भुजेल र उनका पति लक्ष्मण थापा सम्पर्कविहीन भएका छन् ।
घरनजिकै पढ्ने स्कुले सन्तानसमेत लिएर उनीहरु गायब भएको छ ।
स्याङ्जाको भाटखोला स्थायी ठेगाना भएका भुजेल र थापा यही भदौ १४ गतेदेखि मोबाइल अफ गरी सम्पर्कविहीन बनेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी खड्ग खत्रीले जानकारी दिए ।
उनका अनुसार भुजेलबाट ठगिएको भन्दै ५० जनाले उजुरी दर्ता गराएका छन् । 

कहाँ लुकाइएको थियो ८८ किलो सुन?

कहाँ लुकाइएको थियो ८८ किलो सुन?



भाद्र १९, २०७४- महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको
बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी
 गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् । 
महाशाखाले आज पत्रकारसम्मेलन गरी
 काठमाडौँ महानगरपालिका–१७ मा
पार्किङ गरेर राखेको अवस्थामा गाडीसहित
 अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको
 छ ।
चालक बस्ने पछिल्लो सिट पछिको गाडीको
 अधिकांश भागमा सुन लुकाइएको देखिन्छ ।
 गाडीको बडीको खोक्रो भागमा फोमभीत्र सुन
 राखेर फरक फरक ठाउँमा लुकाइएको देखिन्छ ।
 राति नै गाडीलाई अपराध महाशाखा ल्याइएको
थियो ।पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख
एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले रसुवाको केरुङ नाका हुँदै उक्त सुन काठमाडौँ भित्रिएको अनुसन्धानमा
 खुल्न आएको बताए । 'सुन कताबाट कता लैजान काठमाडौँ ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ,'
प्रमुख लोहनीले भने । 
उनले केरुङ नाकाबाट भित्रिएको सुनमा चीनीया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको बताए ।
प्रमुख लोहनीले केही दिन अगाडि नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको
२२ किलो सुन कारोबारीसँग अहिलेको सुनको
कारोबारीको सम्बन्ध छ वा छैन भन्ने बारेमा
 महाशाखाले अनुसन्धान गरिरहेको स्पष्ट पारे ।
 'सुन तस्करीमा एक/दुई जनामात्र नभई ठूलो
समूह रहेको छ, उनीहरुको चाँडै खोजी गछौँ,'
 लोहनीले भने । 
महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको
नेतृत्वमा गएको टोलीले उक्त सुन बरामद गरेको हो । 
यसभन्दा पहिला ठूलो परिणाममा एक साता पहिले
 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २२ किलो
 र गत वर्षको माघमा ३३ किलो बरामद गरेको थियो । 



कहाँबाट आउँछ सुन, कहाँ जान्छ ?

कहाँबाट आउँछ सुन, कहाँ जान्छ ?

भाद्र २०, २०७४- मुख्यत: अवैध बाटोबाट नेपाल भित्रिने सुन स्थलमार्ग हुँदै चीनबाट र हवाईमार्ग हुँदै मलेसिया तथा खाडी राष्ट्रबाट आउने गरेको छ । गत पुसमा विमानस्थलबाहिर बरामद साढे ३३ केजी सुन भने यूएईबाट ल्याइएको थियो ।
राष्ट्र बैंकले नेपाली बजारमा दैनिक औसत १५ केजी सुन माग रहेको भन्दै त्यति नै बेच्दै आएको छ । तर त्यसभन्दा ठूलो परिमाणमा बजारमा किनबेच हुने गरेको छ । जानकारहरूका अनुसार चीन र अन्य मुलुकबाट तस्करीमा एक केजी सुन भित्र्याउँदा पाँच लाख रुपैयाँसम्म फाइदा हुन्छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यसरी भित्रिएको सुन थोरै हिस्सा मुलुकभित्रकै सुन पसलमा खपत हुन्छ भने ठूलो मात्रा भारत पुग्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ केजी अवैध सुन प्रकरणमा पनि प्रहरीले काठमाडौंका वैभवलक्ष्मी गोल्ड प्यालेस, आरके ज्वेलर्स र शालीमार ज्वेलर्सले अवैध रूपमा भित्रिएको सुन खरिद गरेको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । दुबईबाट अवैध भित्रिएको सुन काठमाडौंमा लिने आरोप लागेका रुविन भन्ने रामप्रताप खड्काले पसलहरूमा पुर्‍याउने गरेको अभियोग लगाइएको थियो । जिल्ला अदालतमा १० लाख धरौटी बुझाएर छुटेका खड्का काठमाडौं भित्रिएको तस्करीको सुन सम्हाल्ने रामहरि कार्कीका नजिकका मानिन्छन् ।
त्यस्तै, १५ गते काठमाडौं र जनकपुरबाट बरामद १५ केजी सुन तस्करी घटनामा चीनबाट भित्रिएको सुनको एक हिस्सा भारत पुगेको तथ्य सार्वजनिक भएको थियो । चीनबाट काठमाडौं आएको २१ केजी सुनमध्ये दुई केजी भारत पुर्‍याएर बेचिसकिएको र एक केजी भारत लैजाँदै गर्दा जनकपुरबाट बरामद भएको थियो । उक्त मुद्दामाथि अनुसन्धान गरिरहेका डीआईजी पुष्कर कार्कीका अनुसार यो समूहले जनकपुर बस्ने दीपककुमार शाहलाई भारतीय बजारसम्म  पुर्‍याउने जिम्मा दिएको देखिन्छ ।



Sunday, September 03, 2017

यस्तो छ भर्खरै नेपाल आएको टाटा ‘हेक्जा’को नालीबेली

यस्तो छ भर्खरै नेपाल आएको टाटा ‘हेक्जा’को नालीबेली


१७ भदौ, काठमाडौं । भारतीय अटो निमार्ता टाटाले नयाँ स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) ‘हेक्जा’ नेपाली बजारमा ल्याएको छ । नाडामा सार्वजनिक गरिएको हेक्जा यतिबेला प्रिमियम गाडी रुचाउनेहरुको आँखामा परेको छ ।
लक्जरीयस एसयूभी क्याटगोरीको यो गाडी पहिलोपटक नेपालमा सार्वजनिक भएको हो । टाटाले प्यासेन्जर कार सेगेमेन्टमा बलियो उपस्थिति जनाउन हेक्जालाई बजारमा ल्याएको हो ।
कमर्सियल सवारीमा अग्रणी टाटाले पछिल्ला वर्षहरुमा प्यासेन्जर कार सेगमेन्टमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । डिजाइन र सुविधामा आधुनिकता दिँदै टाटाले ल्याएका पछिल्ला कारहरुले उपभोक्ताको मन जितेको छ ।
हेक्जा डिजाइनका मामिलामा मात्रै नभएर फिर्चसमा दृष्टीकोणबाट पनि फूल एसयूभी हो । प्रिमियम स्तरका एसयूभी चढ्नका लागि अति नै ठूलो बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने गाडी हो, हेक्जा । नेपालमा सार्वजनिक भएलगत्तै यो चर्चा र आकर्षणको केन्द्रमा छ ।
नेपालमा यसको रोड पर्फमेन्स र क्षमताको परीक्षण हुन बाँकी छँदैछ । तर, कम्पनी यो गाडीले नेपाली सडकमा राम्रंो प्रभाव छाड्ने दावी गर्छ ।
टाटा मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेेपाल म्यानेजर अजितनारायण सिंह हेक्जाको उपस्थितिले पि्रमियम एसयूभी रेञ्जमा पनि टाटाको समभावना उजागर भएको बताउँछन् ।
हेक्जा बिल्कुलै नयाँ स्टाइलको एसयूभी हो । नेपालमा टाटाको उपस्थिति थप मजबुत बनाउन लक्ष्य राखेर नै यो कार ल्याइएको हो ।

शक्तिशाली ‘हेक्जा’
६ स्पीड गियरबक्स भएको यो कारमा २.२ लिटरको भेरिकोर डिजेल इन्जन छ । यसमा १५६ पीएस पावरमा ४ सय एनएम टर्क उत्सर्जन गर्छ । हेक्जा २२०० सीसीमा उपलब्ध छ । यो अटोमेटिक र म्यानुअल दुबै गियरमा उपलब्ध छ ।
त्यसैले यो यो निकै शक्तिशाली गाडी बनेको छ । साथै हेक्जामा चार थरीका अटो, कम्र्फट डाइनामिक र रफ रोड ड्राइभ मोड छन् ।
यि चार मोडमध्ये अटो मोडमा कारको सिस्टम आफैंले सडकको अवस्था आँकलन गरी एक्सन बदल्छ । त्यस्तै कम्र्फटमा भने आरामदायी रुपमा गाडी लगातार एकै दिशामा दौडिरहन्छ ।
डाइनामिक मोडमा भने सिधा बाटोको लागि प्रयोग हुन्छ । रफ रोड मोड भने कार चलेको अवस्था मूल्यांकन गर्दै ब्रेकलाई लक अप गर्न सघाउ पुर्‍याउँछ ।

यसमा ६ स्पीड ट्रान्समिसन जोडिएको छ । टाटाले ६ वटा विभिन्न भेरियन्ट र ५ कलरमा यो गाडी उपलब्ध गराएको छ । यो डिजेल इञ्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध छ ।
यसको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ । ग्राउण्ड क्लेयरेन्समा अब्बल रहेका कारण पनि यो नेपाली माटो र बाटो सहाउँदो देखिएको छ । यसको बुट स्पेस ६७१ लिटरको छ । यसको पर्याप्त बुट स्पेशले परिवारिक यात्रा सहज गराउँछ । यसमा ६० लिटर इन्धन अटाउने ट्यांकी छ ।
हेक्जा देख्दा जति सानदार लाग्छ, यसको मूल्य भने ग्राहकलका लागि अवश्विसनीय नै छ । अनेकन फिचर्सले सजिएको हेक्जा नेपालमा हेक्जाको मूल्य ७० देखि ७५ लाख रुपैयाँसम्म पर्छ ।
उत्कृष्ट एक्सटेरियर
यसको एक्सटेरियरलाई आकर्षक तवरले बनाइएको छ । हेक्जाको अगाडि र पछाडिको भाग स्पोर्टी बनाइएको छ । यसको हेड र टेल लाइट आकर्षक डिजाइनमा छ । यसको अघि र पछि एलईडी ल्याम्प्स छ ।
हेक्जामा बिलासी यात्राको आभास दिलाउन ड्राइभर सिटलाई ८ वे एडजस्टको सुविधा दिइएको छ । आकर्षक किफायती बडी र शक्तिशाली इञ्जिनसहितको चलाउन आरामदायी हेक्जाले एसयुभीको बढ्दो बजारमा आफ्नो अलग्गै पहिचान स्थापित गर्ने दावी कम्पनीको छ ।

‘इम्प्याक्ट डिजाइन फिलोसोफी’ मा आधारित हेक्जाले उपभोक्ताको आराम, सुरक्षा र स्टाइलमा कुनै सम्झौता गरेको छैन ।
उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटीले यसलाई अब्बल एसयूभी बनाएको छ ।
यसमा टाटा सिग्नेचर ग्रील छ । जसले गाडीलाई स्पोर्टी लुक्स दिन्छ । यसमा स्मोक्ड प्रोजेक्टर हेडलाइट छ । यसमा स्ट्राइकिङ डे-टाइम रनिङ लाइटको पनि सुविधा छ ।
आकर्षक इन्टेरियर
गाडीभित्रको इन्टेरियर पनि आकर्षक छ । गाडीभित्र बस्दा अनावश्यक आवाज झेल्नुनपर्ने भएकाले धेरैलाई यसले सन्तुष्ट बनाउनेछ ।
हेक्जाको क्याबिन कम्पनीले निकै आकर्षक र व्यावहारिक ढंगले बनाएको देेखिन्छ । पि्रमियम स्पोर्टी इन्टेरियरको डिजाइन निकै सफा तथा आरामदायी छ । भित्री सजावटका लागि कम्पनीले गरेको मेहेनत निकै प्रभावशाली देखिन्छ ।

यसमा फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल विद डुअल एचभी एसी, फराकिला सिट, आधुनिक हार्मन इन्फोटेनमेन्ट म्युजिक सिष्टम लगायतका सुविधाहरु राखिएका छन् । यसमा १० वटा स्पीकार दिइएको छ ।
५ इन्चको टचस्क्रीन स्टिमसहित भ्वाइस कमाण्ड रिकग्निसन, भिडियो प्ले-ब्याक विद सुपेरियर कनेक्टिभिटी फिचर्स लगायतका सुविधा पनि छन् ।
सुरक्षात्मक फिचर्स
हेक्जा सुरक्षाका मामिलामा अन्यभन्दा उत्कृष्ट छ । यसका सबै भेरियन्टमा डुअल एयरब्याग छ भने भेरियन्टअनुससार प्यासेन्जरका लागि पनि एयर ब्याग छ ।
त्यसैले पनि ग्राहकले यसलाई विश्वस गर्न सक्छन् । यसमामा फ्रन्ट र रियरमा डिस्क ब्रेक रहेको छ ।

यसमा कर्नर स्टाबिलिटी कन्ट्रोल, इलेक्टि्रक स्टाबिलिटी (ईसीएस), हिल होल्ड र डिसेन्ट कन्ट्रोल, पेरेमेटिक आल्राम, रोल ओभर मिटिगेशन, ट्र्याक्सन कन्ट्रेल सिस्टम लगायतमा सेफ्टी फिचर्स छन् ।
एबीएस विद इलेक्ट्रोनिक ब्रेक फोर्स,हाइड्रोलिक ब्रेक एसिस्ट, सबै ह्वीलमा डिस्क ब्रेक, रियर डोरमा चाइल्ड सेफ्टी लक लगायतका सुरक्षात्मक फिचर्स छन् । यस्ता विशेषताले चालक र यात्रुलाई गाडीभित्र रहादा असुरक्षाको महसुस गर्नुपदैन ।
शक्तिशाली इन्जिन रहेको हेक्जा डिजाइनमा स्टायलिस माात्रै छैन, उत्कृष्ट र वैज्ञानिक तवरको बनोटले सुरक्षाका मामिलामा पनि अब्बल छ ।
नाडामा हेक्जाका साथमा टाटाका नेपाल म्यानेजर अजितनारायण सिंह

सेक्स समस्या र डिल गर्ने तरिका

लोग्ने मान्छेले प्रत्येक ५२ सेकेन्ड सेक्सको विषयमा सोच्दछन् । यद्यपि अनुसन्धानकर्ताह रु यसमा एकमत छैनन् । केहीको भनाईमा यो अवधि मात्र ७ सेकेन्डको हुन्छ भने केही अनुसन्धानकर्ताका अनुसार सेक्स हरदम मान्छेको दिमागमा हुन्छ । तर कहिलेकाँही यस्तो अबस्था आउँछ जब लोग्नेमान्छेले सेक्स प्रति अरुचि प्रदर्शन गर्न थाल्छ ।
यदि कुनै लोग्ने मान्छेले सेक्सको विषयमा कम चासो लिन थालेको छ भने त्यसका अनेक कारण हुन सक्छन् । आफ्नो श्रीमानमा यस्तो समस्या देखिए श्रीमतिले त्यसलाई उपयुक्त ढंगलेडिल गर्नु आबश्यक हुन्छ – यहाँ हामीले सामयिक रुपले उत्पन्न हुने यस्तो समस्याका मुख्य कारणहरु र समस्याको कारण पहिचान गरेर त्यसलाई डिल गर्ने तरिकाबारे जानकारी दिएका छौ
कामको तनाव: सामयिक रुपले पुरुषहरुमा आउने उत्तेजनासम्बन्धि समस्याको कारण कार्यालय वा कामको तनाव हुन सक्छ । उसलाई यदि भोलीको आफ्नो कुनै काम बारे चीनता छ भने बेडरुममा सेक्सको विषयमा सोच्न कठिन हुन्छ ।
श्रीमतिका लागि सुझावः यदि श्रीमान तनावमा छ भने उसलाई तातोपानीले नुहाउने व्यवस्था गर्नुस् र मसाज दिनुस् यसले सेक्स इच्छा बढाउछ भन्न सकिदैन तर उ तनावमुक्त चा“ही हुन्छ ।
औषधिको असर:  उसले कुनै विमारीको औषधि प्रयोग गरिरहेको हुन सक्छ जस्तो हाइपरटेन्सन अथवा डायबिटिज जस्ता बिमारीको लागि प्रयोग गरिने औषधिको साइड इफेक्टका कारणले यौनेच्छामा कमी आउन सक्छ । केही औषधिको कारण लिंगोत्थानको समस्या हुन सक्छ ।
सुझावः यो समस्या समाधान गर्न नियमित स्वास्थ्य जाच गराउने गर्नुस् । प्राथमिक चरणमा नै पत्ता लगाउन सके उपयुक्त उपचार गराउन सकिन्छ । यदि तपाईको श्रीमान हाल औषधोपचारमा छन भने डाक्टरस“ग सर्म्पर्क गरेर यौनेच्छामा कमीको कारण बारे बुझनुस । डाक्टरले विकल्प सुझाउन सक्छ ।
अपेक्षा पूरा नहुनु :  हामी कहा“ हालसम्मसही ढंगले यौन शिक्षाको व्यवस्था भएको छैन । सबैले कुनै नायिकाको जस्तो सेक्सीमहिलाको कल्पना गरेका हुन्छन् तर बिहेपछि उसको सपना पुरा भएको पाउदैन । खासगरी मागी विहामा यो समस्या बढी आउछ । श्रीमतिलाई श्रीमान सामु खुल्न समय लाग्छ । यस बीचमा श्रीमानको यौनेच्छामा नकारात्मक असर परिसकेको हुन्छ ।
सुझावः बिहे भन्दा पूवको काउन्सलिंङले अनेक समस्याको समाधान गर्न सक्छ तर बिहेपछि काउन्सलिङमा पनि कुनै खराबी छैन आपसमा विश्वास बढाउनुस् । श्रीमानसग भावनात्मक रुपले जुड्ने प्रयास गर्नुस् ।
तनाव: यौनेच्छामा कमीको सबभन्दा मुख्य कारण तनाव हो ।
सुझावः तनावको कँरण पत्ता लगाउनुस् ।
श्रीमान श्रीमतीबीच शीतयुद्धः दाम्पत्य सम्बन्ध कहिलेकांही शीतयुद्धमा परिणत हुन्छ र यो शीतयुद्ध बेडरुममा पुग्छ । यस्तो अवसरमा पुरुष आमतवरले सेक्सबाट अलग बस्छ र आफ्नो पत्निले गल्ति महशूस गरोस भन्ने चाहना राख्छ । तर यो गलत हो र यसले परिस्थिति झन झन जटिल बनाउ“छ ।
सुझावः यो समस्या समाधान गर्न सेक्स मात्र होइन प्रत्येक मुद्दामा आपसमा वार्ता, छलफल गर्ने संस्कृति विकास गर्नुस् ।
पूर्ण यौनआननद प्राप्त गर्न पति पत्नीबीच एक अर्काप्रति पूर्ण इमान्दारी जरुरी हुन्छ ।

के हजुरको कम्प्युटर काम गर्दै गर्दा स्लो हुन्छ, अब फास्ट बनाउन यसो गरौँ



घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ स–साना कमजोरीले पनि समस्या आइरहन्छन् । कम्प्युटरमा काम गर्दै गर्दा गति कम हुने तथा भाइरसले सताउने समस्या अधिकांशले भोगिरहेका हुन्छन् । भर्खरै राम्रोसँग चलिरहेको कम्प्युटर आफैँ स्लो हुन पुग्छ । धेरै समय पर्खंदा पनि कम्प्युटर ओपन हुँदैन । काम गर्दै गर्दा कम्प्युटर हयाङ हुनेजस्ता समस्याहरू नियमित हुन्छन् । कम्प्युटरमा हुने यस्ता कतिपय समस्याहरू आफैँले पनि नियन्त्रण तथा कम गर्न सकिन्छ । केही तरिका अपनाउँदा हामी आफैँले कम्प्युटरको गति बढाउ सकिन्छ । कम्प्युटरमा हुने समस्या समाधान गर्ने केही समान्य तरिकाबारे आइटी इन्जिनियर शर्मिला शर्माका सुझाब यस्ता छन्ः
कम्प्युटरमा देखिने सबैभन्दा प्रमुख समस्या भाइरसका कारणले हो । यस्तो भाइरसलाई स्क्यान गर्नाले कम्प्युटरको गति बढाउन सकिन्छ । भाइरसका कारण अनावश्यक प्रोग्रामहरू चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन जान्छ । भाइरसकै कारण कम्प्युटरमा राखिएका आवश्यक डकुमेन्टहरू हराउने सम्भावन पनि बढी हुन्छ । यस्तो समस्या समाधानका लागि स्क्यान डिस्क प्रोगामलाई रन गर्नुपर्छ । कम्प्युटरमा रहेको स्क्यान डिस्क प्रोगामलाई समय–समयमा रन गर्दा गति बढाउन र अन्य समस्या पनि नियन्त्रण सकन्छि ।
कम्प्युटरमा कतिपय टेम्पोरोरी फाइल सेभ भएर बस्छन् । जसले कम्प्युटरमा भार बढी पर्ने हुन्छ र स्लो हुन जान्छ । यस्तो समयमा कम्प्युटरमा हुने टेम्पोरोरी फाइललाई हटाएर पनि कम्प्युटर फास्ट बनाउन सकिन्छ ।
हामीले डिलिट गरेका अनावश्यक फाइलहरू रिसाइकल बिनमा गएर बस्छन् । जसले गर्दा कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । त्यसैले रिसाइकल बिनमा भएका फाइलहरू पनि खाली गर्नुपर्छ । डेस्कटपमा पनि अनावश्यक फाइलहरू राख्नुहुँदैन । सधैँ क्लिन राख्नुपर्छ ।
नचाहिँदा सफ्टवेयर तथा प्रोगामहरूलाई पनि हटाउनुपर्छ । नचाहिने सफ्टवयरले पनि कम्प्युटरलाई स्लो गर्नुका साथै अन्य खराबी पनि ल्याउन सक्छ ।
इन्टरनेट चलाउँदै गर्दा अनावश्यक प्रोग्रामहरू डाउनलोड गर्दा पनि कम्प्युटर स्लो हुन्छ । त्यसैले आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र डाउनलोड गर्नुपर्छ ।

वसन्तपुरमा अतिक्रमणः मन्दिर नजिकै निजी संरचना ठडियो

वसन्तपुरमा अतिक्रमणः मन्दिर नजिकै निजी संरचना ठडियो

विद्यासुन्दर भन्छन्- महानगरले हैन, पुरातत्वले हेर्छ


काठमाडौं । विश्व सम्पदा सूचिमा रहेको वसन्तपुर दरबार क्षेत्रमा अहिले अवैध तरिकाले एउटा भवन निर्माण भइरहेको छ । मन्दिरलाई पेलेर निजी भवन निर्माण भइरहेको जानकारी पाएर पनि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बेवास्ता गरेका छन् ।
कामनपा २५ स्थित कित्ता नं. ९४२ को ६२७.९८ वर्ग मिटरमा महर्जन बिजनेश एसोसिएटस प्रालिले बनाउँदै गरेको भवन अवैध देखिएको हो । सुरुदेखि नै यो कम्पनीले अवैधरुपमा निर्माण कार्य अघि बढाएको थियो । तर, न यसलाई महानगरपालिकाले रोक्न सक्यो, न त पुरातत्व विभागले नै ।
निर्माण हुँदै गरेको यो भवनसँगै महानगरपालिका र पुरातत्व विभागका शाखा कार्यालयहरु टाँसिएका छन् । तर यी दुवै निकायले ठोस कदम चाल्न सकेका छैनन् । सम्पदाको क्षेत्रमा अवैध तरिकाले भवन निर्माण भएकोमा स्थानीयहरु भने आक्रोशित छन् ।
किन भयो अवैध ?
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुवँरका अनुसार सम्पदा क्षेत्र नजिकै ‘बेसमेन्ट’ अर्थात अण्डर ग्राउण्डसहित भवन निर्माण गर्न पाइँदैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ को ८ नम्बर दफामा प्राचीन स्मारकको संरक्षणका लागि जमीन खन्न नदिने भनेर उल्लेख गरिएको छ ।
ऐनको दफा (२) को उपदफा (१) मा उल्लंघन गर्ने व्यक्तिलाई १० हजार रूपैयाँसम्म जरिवाना वा डेढ वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख गरिएको छ । तर, यस्तो कानून कार्यान्वयन गर्ने निकायहरु नै निर्माण कम्पनीसँग डराएर बसेका छन् ।
हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड ०६४ अनुसार यस्ता सम्पदा क्षेत्र नजिक ३५ फिटभन्दा बढिको उचाई भएको भवन बनाउन पाइँदैन । तर, यहाँ ३५ फिटभन्दा माथि निर्माण गरिसकेको स्वयं पुरातत्व विभाग र महानगरपालिकाको स्वीकारोक्ति छ ।
महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकाल भन्छन्, ‘हामीले दिएको उचाईभन्दा बढी निर्माण भएको उजुरी आएपछि निर्माण रोक्न निर्देशन दिएका छौं ।’
ढकालले रोक्न निर्देशन दिएको भने पनि भवन निर्माण धमाधम भइरहेको छ ।
यो भवनमा अवैध बेसमेन्टसँगै १० फिट ५ इञ्चको ग्राउण्ड फ्लोर र थप दुईवटा फ्लोर पनि ग्राउण्ड फ्लोर बराबरकै निर्माण भएको छ । यसरी हेर्दा अहिलेसम्म ३१ फिट ३ इञ्चको निर्माण भइसकेको छ । तर, यसले तेस्रोतलाको पनि निर्माण सुरु गरेको छ, जहाँ ३५ फिटभन्दा अग्लो भवनको निर्माण गर्न पाइँदैन ।
दुई निकायका फरक कुरा
महानगरपालिकाका सहायक प्रवक्ता तथा मेयरका सचिवालय सदस्य ढकाल यो भवनलाई बेसमेन्ट निर्माण गर्न स्वीकृति दिएको बताउँछन् । जव कि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार स्वीकृति दिन मिल्दैन ।
उनले भने, ‘हामीले बेसमेन्ट निर्माण गर्न स्वीकृत दिएका छौं, पुरातत्व विभागको सहमतिमा नै बेसमेन्टको स्वीकृति दिएका हौं ।’ तर स्रोतका अनुसार नक्सामा बेसमेन्टको स्वीकृति दिइएको छैन । बेसमेन्ट स्वीकृत नभएको भवनको गुपचुुपमा डीपीसी स्वीकृत गरिएको छ ।
स्रोतका अनुसार पुरातत्व र महानगर दुबै यसलाई बेसमेन्ट बनाउन दिने पक्षमा थिए । स्थानीयको विरोध नभएको भए यसका बारेमा कुरै उठ्ने थिएन ।
स्थानीयको विरोध भएपछि पुरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाले बाध्य भएर साउन २६ गते कम्पनीलाई उक्त बेसमेन्ट पुर्न भन्दै निर्देशन दिएको थियो । तर, अहिलेसम्म पुरिएको छैन ।
पुरातत्व विभागका प्रवक्ता कुँवर यो भवनको बेसमेन्ट तथा तला दुवै अवैधरुपमा निर्माण भएको बताउँछन् । पटक-पटक अवैध तरिकाले निर्माण रोक्न भन्दै आफूहरुले पत्र पठाएको कुवँरले उल्लेख गरे ।
भवनको निर्माण महर्जन विजनेश एसोसिएटस प्रालिले गरेको हो । बसन्तपुर क्षेत्रका स्थानीयहरु यसरी अवैधरुपमा भवन निर्माणअघि बढ्नुमा महानगर र पुरातत्वका कर्मचारीहरुको निर्माण कम्पनीसँग साँठगाँठ रहेको आरोप लगाउँछन् । राज्यका निकायहरु यसलाई सकभर रोक्न नपरे हुन्थ्यो भन्ने मनस्थितिमा रहेको स्थानीय तथा सम्पदा संरक्षण समितिका सदस्य गणपतिलाल श्रेष्ठ बताउँछन् ।
उनले भने, ‘आफूले अनुमति दिएअनुसार निर्माण भएको छ वा छैन भनेर निरीक्षण गर्नुपर्ने निकायहरु नै देेखेर पनि नदेखे झै गरेका छन् ।’
गत वर्षको असारमा भूकम्पबाट भवन क्षति भएको भन्दै महर्जन विजनेश एसोसिएट्स प्रालिले पुरातत्वसँग भवन निर्माणको स्वीकृति मागेको थियो । यस्ता सम्पदा भएका क्षेत्रमा पुरातत्वको स्वीकृति लिएर मात्रै भवन निर्माण अघि बढाउनुपदर्छ । विभागको स्वीकृति अनुसार महानगरपालिकाले भवनको नक्सा स्वीकृत गरिदिनुपर्दछ ।
भवन निर्माण अवैध तरिकाले भएको भन्ने उजुरी आएपछि असार २१ गते पुरातत्वले निर्माण रोक्न निर्देशन दिएको थियो ।
सँधियारलाई नै मन्दिर पुननिर्माणको जिम्मा

अर्को आश्चर्य यहाँ के भएको छ भने अवैध भवन निर्माण गरिरहेको महर्जन विजनेश एसोसिएट्स प्रालीलाई नै नासदेव मन्दिर भत्काएर पुननिर्माण गर्ने जिम्मा दिइएको छ । विश्व सम्पदा सूचीमा रहेको यो क्षेत्रका मठ-मन्दिरलाईर् असर नपर्ने गरी निर्माण अनुमति दिनुपर्ने हो । तर, महानगरपालिका र पुरातत्वले भवन निर्माणको क्रममा यो मन्दिर पनि भत्काएर निर्माण गर्न अनुमति दिएका छन् । जसका कारण मन्दिरको केही भाग मिचिएको छ ।
स्थानीय बासिन्दाहरुका अनुसार यसअघि मन्दिरले ओगटेको भन्दा कम जग्गामा नयाँ मन्दिर निर्माण भइरहेको छ । जसका कारण स्थानीयहरुले अहिले ‘मन्दिर भित्र घर पस्यो’ भन्ने गरेका छन् । लामो समय यो मन्दिरलाई यही कम्पनीले छोपेर राखेको थियो । जसका कारण स्थानीयले उक्त मन्दिरमा गएर पुजापाठ समेत गर्न पाएका थिएनन् ।
महानगर र पुरातत्वसँग यो मन्दिर पुन निर्माणका गर्नका लागि आवश्यक बजेटको अभाव छैन । तर उनीहरुले यस्तो सम्पदामा रहेको मन्दिरलाई सधियारलाई नै भत्काएर बनाउने जिम्मा दिएका छन् ।
राज्यको ढुकुटी नजिकै कम्पनीले खन्यो खाडल
यो भवन नजिकै राज्यको ढुकुटी छ जसलाई सेनाले पहरा दिएर बसेको छ । राणा तथा शाहबंशको बेलामा प्रयोग भएको यो ढुकुटीको छेवैमा भने अण्डरग्राउण्डका लागि ठुलो खाडल खनिएको छ । यस्तो संवेदनशिल क्षेत्रमा यसरी अवैध रुपमा निर्माण हुँदै गर्दा प्रश्न उठाउने कुरा धेरै छन् ।
कुमारी मन्दिर कता छ ?
अहिले बन्दै गरेको भवनभित्रै कुमारी मन्दिर पनि भएको स्थानीयहरु बताउँछन् । तर यो भवनको निर्माण सुरु भएसँगै मन्दिर कहाँ कुन अवस्थामा छ भन्ने बारेमा स्थानियलाई जानकारी छैन । साथै उनीहरुले मन्दिरको दर्शनसमेत गर्न पाएका छैनन् ।
स्थानीय गणपतिलाल श्रेष्ठ भन्छन्, ‘स्थानीयले पूजाआजा गर्दै आएको मन्दिर कहाँ छ भन्ने बारेमा अहिले स्थानीयलाई पत्तो छैन ।’ पुरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाले साउन २६ गते कम्पनीलाई पठाएको पत्रमा उक्त कुमारी मन्दिर यथास्थानमा मौलिक स्वरुप नबिग्रने गरी संरक्षण गरेर राख्न निर्देशन दिएको थियो ।
स्थानीयको आक्रोशपछि अहिले पुरातत्व विभाग, महानगरपालिका, उपत्यका विकास प्राधिकरण र काठमाडौं जिल्ला प्रशासन कार्यालयको संलग्नतामा शुक्रबार मात्रै एक जाँचबुझ समिति गठन भएको छ ।
पुरातत्वको भन्दै पन्छिए मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने यो पुरातत्वले हेरेको विषय भन्दै पन्छिएका छन् । आफूलाई मौखिक जानकारी गराइए पनि लिखित जानकारी नआएको हुँदा यसमा आवश्यक कार्वाही अघि नबढाएको उनको भनाइ छ ।
अनलाइनखबरसँग शाक्यले भने, ‘मैले अवैधरुपमा निर्माण भयो रे भन्ने कुरा सुुनेको छु तर मलाई यसबारेमा अहिलेसम्म लिखित कुनै जानकारी छैन । साथै यो पुरातत्वले हेरेकाले मैले चासो नदिएको हो ।’
तर, पुरातत्व विभागले यसबारेमा जानकारी दिँदै कैयन पत्र महानगरपालिकामा पठाएको छ । साथै यसबारेमा स्थानीयहरुले मेयरलाई भेटेरै पनि जानकारी गराएका छन् । स्थानीय गणपतिलाल श्रेष्ठ भन्छन्, ‘मेयरलाई मैले नै मौखिक जानकारी गराएको छु भने हरेक पत्रहरु महानगरपालिकामा पठाउने गरिएको छ ।’
एक अध्ययन समितिले पनि यो भवन अवैध रुपमा निर्माण भएको रिपोर्ट महानगरलाई यो पत्र बोधार्थको रुपमा पठाएको छ ।
महानगरपालिकाको क्षेत्रभित्र निर्माण भएका भवनहरु नियमसंगत र नक्शाबमोजिम निर्माण भएका छन् वा छैनन् भनेर हेर्ने निकाय काठमाडौं महानगरपालिका नै हो । पुरातत्व विभागले नक्सा सिफारिस गरिदिने मात्रै हो ।

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...