Sunday, September 03, 2017

यस्तो छ भर्खरै नेपाल आएको टाटा ‘हेक्जा’को नालीबेली

यस्तो छ भर्खरै नेपाल आएको टाटा ‘हेक्जा’को नालीबेली


१७ भदौ, काठमाडौं । भारतीय अटो निमार्ता टाटाले नयाँ स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) ‘हेक्जा’ नेपाली बजारमा ल्याएको छ । नाडामा सार्वजनिक गरिएको हेक्जा यतिबेला प्रिमियम गाडी रुचाउनेहरुको आँखामा परेको छ ।
लक्जरीयस एसयूभी क्याटगोरीको यो गाडी पहिलोपटक नेपालमा सार्वजनिक भएको हो । टाटाले प्यासेन्जर कार सेगेमेन्टमा बलियो उपस्थिति जनाउन हेक्जालाई बजारमा ल्याएको हो ।
कमर्सियल सवारीमा अग्रणी टाटाले पछिल्ला वर्षहरुमा प्यासेन्जर कार सेगमेन्टमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । डिजाइन र सुविधामा आधुनिकता दिँदै टाटाले ल्याएका पछिल्ला कारहरुले उपभोक्ताको मन जितेको छ ।
हेक्जा डिजाइनका मामिलामा मात्रै नभएर फिर्चसमा दृष्टीकोणबाट पनि फूल एसयूभी हो । प्रिमियम स्तरका एसयूभी चढ्नका लागि अति नै ठूलो बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने गाडी हो, हेक्जा । नेपालमा सार्वजनिक भएलगत्तै यो चर्चा र आकर्षणको केन्द्रमा छ ।
नेपालमा यसको रोड पर्फमेन्स र क्षमताको परीक्षण हुन बाँकी छँदैछ । तर, कम्पनी यो गाडीले नेपाली सडकमा राम्रंो प्रभाव छाड्ने दावी गर्छ ।
टाटा मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेेपाल म्यानेजर अजितनारायण सिंह हेक्जाको उपस्थितिले पि्रमियम एसयूभी रेञ्जमा पनि टाटाको समभावना उजागर भएको बताउँछन् ।
हेक्जा बिल्कुलै नयाँ स्टाइलको एसयूभी हो । नेपालमा टाटाको उपस्थिति थप मजबुत बनाउन लक्ष्य राखेर नै यो कार ल्याइएको हो ।

शक्तिशाली ‘हेक्जा’
६ स्पीड गियरबक्स भएको यो कारमा २.२ लिटरको भेरिकोर डिजेल इन्जन छ । यसमा १५६ पीएस पावरमा ४ सय एनएम टर्क उत्सर्जन गर्छ । हेक्जा २२०० सीसीमा उपलब्ध छ । यो अटोमेटिक र म्यानुअल दुबै गियरमा उपलब्ध छ ।
त्यसैले यो यो निकै शक्तिशाली गाडी बनेको छ । साथै हेक्जामा चार थरीका अटो, कम्र्फट डाइनामिक र रफ रोड ड्राइभ मोड छन् ।
यि चार मोडमध्ये अटो मोडमा कारको सिस्टम आफैंले सडकको अवस्था आँकलन गरी एक्सन बदल्छ । त्यस्तै कम्र्फटमा भने आरामदायी रुपमा गाडी लगातार एकै दिशामा दौडिरहन्छ ।
डाइनामिक मोडमा भने सिधा बाटोको लागि प्रयोग हुन्छ । रफ रोड मोड भने कार चलेको अवस्था मूल्यांकन गर्दै ब्रेकलाई लक अप गर्न सघाउ पुर्‍याउँछ ।

यसमा ६ स्पीड ट्रान्समिसन जोडिएको छ । टाटाले ६ वटा विभिन्न भेरियन्ट र ५ कलरमा यो गाडी उपलब्ध गराएको छ । यो डिजेल इञ्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध छ ।
यसको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ । ग्राउण्ड क्लेयरेन्समा अब्बल रहेका कारण पनि यो नेपाली माटो र बाटो सहाउँदो देखिएको छ । यसको बुट स्पेस ६७१ लिटरको छ । यसको पर्याप्त बुट स्पेशले परिवारिक यात्रा सहज गराउँछ । यसमा ६० लिटर इन्धन अटाउने ट्यांकी छ ।
हेक्जा देख्दा जति सानदार लाग्छ, यसको मूल्य भने ग्राहकलका लागि अवश्विसनीय नै छ । अनेकन फिचर्सले सजिएको हेक्जा नेपालमा हेक्जाको मूल्य ७० देखि ७५ लाख रुपैयाँसम्म पर्छ ।
उत्कृष्ट एक्सटेरियर
यसको एक्सटेरियरलाई आकर्षक तवरले बनाइएको छ । हेक्जाको अगाडि र पछाडिको भाग स्पोर्टी बनाइएको छ । यसको हेड र टेल लाइट आकर्षक डिजाइनमा छ । यसको अघि र पछि एलईडी ल्याम्प्स छ ।
हेक्जामा बिलासी यात्राको आभास दिलाउन ड्राइभर सिटलाई ८ वे एडजस्टको सुविधा दिइएको छ । आकर्षक किफायती बडी र शक्तिशाली इञ्जिनसहितको चलाउन आरामदायी हेक्जाले एसयुभीको बढ्दो बजारमा आफ्नो अलग्गै पहिचान स्थापित गर्ने दावी कम्पनीको छ ।

‘इम्प्याक्ट डिजाइन फिलोसोफी’ मा आधारित हेक्जाले उपभोक्ताको आराम, सुरक्षा र स्टाइलमा कुनै सम्झौता गरेको छैन ।
उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटीले यसलाई अब्बल एसयूभी बनाएको छ ।
यसमा टाटा सिग्नेचर ग्रील छ । जसले गाडीलाई स्पोर्टी लुक्स दिन्छ । यसमा स्मोक्ड प्रोजेक्टर हेडलाइट छ । यसमा स्ट्राइकिङ डे-टाइम रनिङ लाइटको पनि सुविधा छ ।
आकर्षक इन्टेरियर
गाडीभित्रको इन्टेरियर पनि आकर्षक छ । गाडीभित्र बस्दा अनावश्यक आवाज झेल्नुनपर्ने भएकाले धेरैलाई यसले सन्तुष्ट बनाउनेछ ।
हेक्जाको क्याबिन कम्पनीले निकै आकर्षक र व्यावहारिक ढंगले बनाएको देेखिन्छ । पि्रमियम स्पोर्टी इन्टेरियरको डिजाइन निकै सफा तथा आरामदायी छ । भित्री सजावटका लागि कम्पनीले गरेको मेहेनत निकै प्रभावशाली देखिन्छ ।

यसमा फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल विद डुअल एचभी एसी, फराकिला सिट, आधुनिक हार्मन इन्फोटेनमेन्ट म्युजिक सिष्टम लगायतका सुविधाहरु राखिएका छन् । यसमा १० वटा स्पीकार दिइएको छ ।
५ इन्चको टचस्क्रीन स्टिमसहित भ्वाइस कमाण्ड रिकग्निसन, भिडियो प्ले-ब्याक विद सुपेरियर कनेक्टिभिटी फिचर्स लगायतका सुविधा पनि छन् ।
सुरक्षात्मक फिचर्स
हेक्जा सुरक्षाका मामिलामा अन्यभन्दा उत्कृष्ट छ । यसका सबै भेरियन्टमा डुअल एयरब्याग छ भने भेरियन्टअनुससार प्यासेन्जरका लागि पनि एयर ब्याग छ ।
त्यसैले पनि ग्राहकले यसलाई विश्वस गर्न सक्छन् । यसमामा फ्रन्ट र रियरमा डिस्क ब्रेक रहेको छ ।

यसमा कर्नर स्टाबिलिटी कन्ट्रोल, इलेक्टि्रक स्टाबिलिटी (ईसीएस), हिल होल्ड र डिसेन्ट कन्ट्रोल, पेरेमेटिक आल्राम, रोल ओभर मिटिगेशन, ट्र्याक्सन कन्ट्रेल सिस्टम लगायतमा सेफ्टी फिचर्स छन् ।
एबीएस विद इलेक्ट्रोनिक ब्रेक फोर्स,हाइड्रोलिक ब्रेक एसिस्ट, सबै ह्वीलमा डिस्क ब्रेक, रियर डोरमा चाइल्ड सेफ्टी लक लगायतका सुरक्षात्मक फिचर्स छन् । यस्ता विशेषताले चालक र यात्रुलाई गाडीभित्र रहादा असुरक्षाको महसुस गर्नुपदैन ।
शक्तिशाली इन्जिन रहेको हेक्जा डिजाइनमा स्टायलिस माात्रै छैन, उत्कृष्ट र वैज्ञानिक तवरको बनोटले सुरक्षाका मामिलामा पनि अब्बल छ ।
नाडामा हेक्जाका साथमा टाटाका नेपाल म्यानेजर अजितनारायण सिंह

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...