अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी
- सोलुखुम्बु
१५ साउन २०७५/सोलुखुम्बु - नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले स्थानीय सरकारले भ्रष्टचारको सिमा नाघ्दै मनपरी ढंगले अघि बढेको आरोप लगाएकाछन् । मंगलबार सल्लेरी सरकारबिरुद्ध कांग्रेसको बिरोध प्रदर्शनमा केसीले बजेटको चरम दुरुपयोग भएको भन्दै कांग्रेसले प्रत्येक गाउँपालिकाको हिसाब खोज्ने बताए ।
उनले ओली सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै सरकारको बिरोधको बिकल्प नरहेको बताए । उनले कांग्रेस सोलुखुम्बुको नेता कार्यकर्तातर्फ लक्षित गर्दै पार्टी भित्रको गुट उपगुट बन्द गर्नुपर्ने बताए ।
केसीले आफू पर्यटन मन्त्री हुँदा जिल्लाका लागि छुट्याएको पर्यटन रोयल्टी रकम वडा कार्यालयको भवन निर्माण भएको प्रति पनि असन्तुष्टी व्यक्त गरे ।
केसीले आफू पर्यटन मन्त्री हुँदा जिल्लाका लागि छुट्याएको पर्यटन रोयल्टी रकम वडा कार्यालयको भवन निर्माण भएको प्रति पनि असन्तुष्टी व्यक्त गरे ।
बिरोध ¥यालीपछि आयोजित कोण सभामा कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको बताउँदै लोकतान्त्रिक संस्कार विपरित सरकार चलेको आरोप लगाए । ¥यालीमा कांग्रेस कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । सल्लरीवाट शुरु भएको बिरोध ¥याली बसन्त बजार, नयाँ बजार हुँदै पुनः सल्लेरी पुगेर सभामा परिणत भएको थियो ।
No comments:
Post a Comment