Thursday, November 16, 2017

सोनाम छिरिङ एमाले प्रवेश गर्दै

सोनाम छिरिङ एमाले प्रवेश गर्दै 52


३० कात्तिक, सोलुखुम्बु समाचार - सोलुखुम्बुका चर्चित राजनीतिकर्मी सोनाम छिरिङ शेर्पा नेकपा एमाले प्रवेश गर्ने भएकाछन् । फोरम लोकतान्त्रिकका महामन्त्री समेत रहेका शेर्पा आज विहिबार बिशेष कार्यक्रमका बीच एमाले प्रवेश गर्ने एमाले नेता बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।  
साँझ ५ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेर्पालाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । शेर्पासँगै ठूलो समूह एमाले प्रवेश गर्ने बताइएको छ ।  हरेक निर्वाचनमा सोनाम छिरिङ शेर्पा सोलुखुम्बुको राजनीति तताउन माहिर छन् । यस अघिका चुनाबमा आफै उम्मेदवार बनेका शेर्पा यस पटक चुनाबको मुखमा एमाले प्रवेश गर्न लागेका हुन् ।  
शेर्पाको प्रवेशले सोलुखुम्बुमा बाम गठबन्धनको जितमा थप टेवा पुग्ने विश्वास गठबन्धनको रहेको छ । यस अघि राप्रपा नेता दोर्जी शुसिल शेर्पा एमाले प्रवेश गरेका थिए ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...