प्रेम सम्बन्धबारे के भन्छिन् सोनाक्षी ?
एजेन्सी । सोनाक्षी सिन्हाको व्यक्तिगत जीवन सधैँ चर्चामा आइरहने गरेको छ । पछिल्लो केही वर्षदेखि उनी र बन्टी सजदेह प्रेम सम्बन्धमा भएको खबरले पनि उनी बारम्बार चर्चामा आइरहने गर्छिन् । उनका बारेमा यस्ता खबरहरु निरन्तर आइरहेपनि उनले आफैँले चाहिँ यसबारे केही बोलेकी थिइनन् ।
हालै एउटा कार्यक्रममा उनले आफ्नो प्रेम सम्बन्धबारे प्रश्नहरुको जवाफ दिँदै भनेकी हुन्, ‘मसँग व्यक्तिगत जीवन बिताएर रमाउने कुनै समय छैन । म राम्रोसँग आफ्नो काम गर्न चाहन्छु । मरो पूरा ध्यान काममा मात्र केन्द्रित छ । म फिल्म प्रोजेक्टहरुप्रति नै प्रतिबद्ध छु ।’
पछिल्लो महिनामा सोनाक्षीलाई अरबाज खानको जन्मदिनको पार्टीमा बन्टी सजदेहसँगै देखिएको थियो । क्यामराको अगाडि उनीहरुले एकअर्कालाई बेवास्ता गरिरहेको देखिएपनि दुईबीचको सम्बन्ध अझै रहस्यमय रहेको छ । अहिले सोनाक्षी सिद्धार्थ मल्होत्रासँगको आगामी फिल्म इत्तेफाकका लागि व्यस्त छिन् ।


No comments:
Post a Comment