महिनामा कति कमाउनेले अब कति कर तिर्नुपर्छ ? (हेर्नुस् सूचीसहित)
काठमाडौं, जेठ । सरकारको आयकरका केही प्रावधानमा हेरफेर गरेको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमा आयकरका प्रावधानमा संशोधन गरिएको हो ।

‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ मा आयकर सम्बन्धी प्रावधान हेरफेर गरिएको हो । जसअनुसार अविवाहितको हकमा वार्षिक ३ लाख ५० हजारसम्म र विवाहितको हकमा वार्षिक ४ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने भएको छ ।
यस्ता छन् व्यक्तिको हकमा आयकरका प्रावधान–
विवाहितको हकमा
१) ४ लाख रुपैयाँसम्म आम्दानीको १ प्रतिशत ।
२) ४ लाख ५० हजार रुपैयाँभन्द्या बढी तर ५ लाख रुपैयाँसम्मको आय भएकाको हकमा चार लाख रुपैयाँसम्मको ४ हजार तथा ४ लाख रुपैयाँभन्दा माथिमा १० प्रतिशत तिर्नुपर्ने हुन्छ ।
३) ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा ५ लाख रुपैयाँसम्म र ५ लाख रुपैयाँभन्दा बढीको हकमा आयको २० प्रतिशत तिर्नुपर्ने हुन्छ ।
४) ७ लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँसम्म आम्दानी हुनेले सात लाख रुपैयाँसम्मको ५४ हजार तथा त्यसभन्दा माथिको ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ ।
५) २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा २० लाख रुपैयाँ भन्दा माथिको आयमा ५० प्रतिशत कर लाग्नेछ ।

अविवाहितको हकमा
१) तीन लाख ५० हजार रुपैयाँसम्म कमाउनेलाई १ प्रतिशत ।
२) तीन लाख ५० हजारभन्दा बढी तर चार लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा तीन लाख ५० हजारसम्मको ३ हजार ५ सय तथा त्यसभन्दा बढीको १० प्रतिशत ।
३) ४ लाख ५० हजार भन्दा धेरै कमाउनेले ४ लाख ५० हजार रुपैयाँसम्म १३ हजार ५ सय रुपैयाँ र त्यसभन्दा माथिको रकममा २० प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।
४) ६ लाख ५० हजार भन्दा धेरै तर २० लाख रुपैयाँसम्म आम्दानी गर्नेको हकमा ६ लाख ५० हजार रुपैयाँसम्म ५३ हजार ५ सय तथा त्यसभन्दा माथिको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।
५) २० लाख रुपैयाँभन्दा धेरै कमाउनेको हकमा २० लाख रुपैयाँभन्दा धेरै आम्दानीको थप २० प्रतिशत अर्थात् ५० प्रतिशत कर तिर्नुपर्ने ।

No comments:
Post a Comment