IMG_20180608_010721_605
पोल्यान्ड बाट  युरोपियन देश जाने क्रममा  ४ नेपालीहरु पक्राउ परेर उनिहरुको  भिजा रद्द गरिदिएको  खबर  पोल्यान्ड नेपाललाई  प्राप्त भएको छ साथै  उनिहरुलाई   देश फिर्ताको लागी  पोल्यान्ड सरकारले  देश फिर्ताको कागज थमाइदिएको  खबर प्राप्त भएको छ ।   एक जनाको भिजा रद्द गरिदिएको  पुष्टि सहित  नाम र तस्बिर प्रकाशित नगर्ने शर्तमा  पोल्यान्ड नेपाललाई   खबर प्राप्त भएको छ  ।
स्मरण रहोस्  पोल्यान्डको इमिग्रेसन सम्बन्धी नियम अनुसार यदि पोल्यान्ड इमिग्रेसन् सुरक्षा बलको निर्णय चित्त नबुझेमा सम्बन्धित व्यक्तिले इमिग्रेसन सम्बन्धी कानुनी वकिल मार्फत  सल्लाह लिएर पोल्यान्डमा   पुन केस यथाशीघ्र दर्ता गर्न पाइन्छ  ।