Wednesday, October 31, 2018

प्रधानन्त्रीले अस्पतालबाटै थाले सरकारको काम


प्रधानन्त्रीले अस्पतालबाटै थाले सरकारको कामNIC ASIA

केपी शर्मा अाेली
केपी शर्मा अाेली
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रूपमा सरकारको काम सुरु गरेका छन्।
NIC ASIA
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले बुधबार अस्पतालमै रक्षा, गृह र ऊर्जामन्त्रीसँग बैठक गरेका हुन्।
स्वास्थ्य स्थिति बुझ्न बिहान शिक्षण अस्पताल अाएका रक्षा मन्त्री ईश्वर पाेखरेल, गृहमन्त्री रामबहादुर थापा र वर्षमान पुनसँग प्रधानमन्त्री अाेलीले अनाैपचारिक बैठक राखी सरकारका काम कारबाहीका विषयमा छलफल गरेकाे ओलीको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीले राम्ररी सुत्न तथा खान थाल्नुभएको छ। ‘तर, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौं,’ उनले भने,
अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको बताए।  एन्टिबायोटिकको कोर्ष एक/दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको उनले जानकारी दिए।
प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे विज्ञप्ती जारी गर्दै अाज परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार अाएकाे जानकारी दिएकाे छ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री अाेलीलाई गत साेमबार बिहान शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे हाे।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...