Thursday, September 14, 2017

मलेसियाको एक स्कूलमा आगलागी हुँदा २४ को मृत्यु

मलेसियाको एक स्कूलमा आगलागी हुँदा २४ को मृत्यु


भाद्र , २०७४-मलेसियाको एक स्कूलमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ । राजधानी क्वालालम्पुरको दातुक करामतस्थित एक धार्मिक स्कूलमा बिहीबार बिहान करिब पौने ६ बजे भएको उक्त घटनामा २२ विद्यार्थी र २ शिक्षकहरुको मृत्यु भएको मलेसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । 
मृतकहरुको शवलाई पोस्टमार्टमका लागि क्वालालम्पुरस्थित जेनरल अस्पतालमा राखिएको छ । मृतकका शवहरु कतिपय चिन्नै नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने स्वास्थ्य मन्त्री दातो एस सुब्रामानियमले बताएका छन् । 
मलेसियामा गत २० वर्ष यताको यो सबैभन्दा दु:खद् आगलागी घटना भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीहरुले उक्त घटना विद्युत सर्किट सट् हुँदा भएको हुनसक्ने आशंका गरेका छन् । 
उक्त स्कूलका झ्यालहरु बन्द रहेको र झ्यालमा ग्रील रहेको कारण उनीहरु त्यहाँबाट भाग्न नसक्दा ज्यान जागिन नसकेको हो । यद्यपी तीबाहेक १४ विद्यार्थी भने त्यहाँबाट बाहिरिएर ज्यान जोगाउन सफल भएका थिए । 
घटनामा कतिपय घाइते भएका छन् उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनापछि उपप्रधान एवं गृहमन्त्री डा. अहमद जहिद हमिदीले अवलोकन गरेका छन् । 



No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...