‘अध्यागमनका कर्मचारीहरू गर्छन भिसामा आर्थिक चलखेल’
काठमाडौँ, भदौ । अध्यागमनका कर्मचारीहरूले आर्थिक सेटिङमा प्रवेशाज्ञा (भिसा) दिएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भिसा दिनेक्रममा ४० हजार रुपयाँ मागेको उजुरीका आधारमा विभागका नायव सुब्बा कोषराज भट्टराईलाई पक्राउ गरेको थियो ।
अमेरिकाको राहदानी भएका सोलुखुम्बुका एक व्यक्तिले हजुरबुबाको नाता प्रमाणित गरी रिलेसन भिसा लिन लागेका थिए । रिलेसन भिसा लिने व्यक्तिसँग रकम मोलमोलाई गर्ने क्रममा भट्टराई समातिएका हुन् ।
नाता प्रमाणित भएका हजुरबुवा सनाखत गर्न नआएपछि भिसा लिने व्यक्तिले आफ्ना काकालाई सनाखतका लागि लिएर आएका थिए ।
तर, नाता प्रमाणित नभएका व्यक्तिले सनाखत गर्न नमिल्ने भनेपछि निवेदकका काकासँग भट्टराईले पैसा दिए मिलाइदिने भन्दै बार्गेनिङ गरेका थिए । केहीबेर लेनदेनको कुरा चलेपछि अन्त्यमा काम गरिदिने सर्तमा भट्टराईलाई ४० हजार दिन निवेदकका काका सहमत भएका थिए ।

No comments:
Post a Comment