सहज छैन पैसा पठाउन कोरिया देखि !!
सोल (दक्षिण कोरिया):बैंकिङ च्यानलमार्फत पैसा नपठाए पुनः श्रमस्वीकृत जारी नगर्ने सरकारी नीतिले कोरियामा रहेका हजारौं नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् ।
काठमाडौंस्थित वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जारी गरेको यो सूचनाको दक्षिण कोरियामा कार्यरत नेपालीहरूले तीव्र आलोचना गरेका छन् । अर्थ मन्त्रालयको बाध्यात्मक निर्णय भनिएको उक्त नियमले यहाँ कार्यरत नेपालीहरू चिन्तित पनि भएका छन् ।
कोरियाबाट बैंकिङ च्यानलमार्फत नेपालमा रेमिट्यान्स पठाउनु असम्भवजस्तै रहेको कामदारहरू बताउँछन् । “बैंकिङ च्यानलको सहजताबिना कसरी रकम रेमिट गर्ने ?” राजधानी सउलबाट करिब ४ सय किमी दक्षिण नोनसानको ग्रामीण भेगमा कार्यरत विराटनगरका काशीराम अर्यालले भने, “हामीले चाहेको दिन बिदा मिल्दैन, मिले पनि शनिबार वा आइतबार मात्र मिल्छ ।
सार्वजनिक बिदाको दिन कहाँ गएर रकम रेमिट गर्ने ? यहाँबाट कोरियाकै बैंक पुग्न दुई घण्टा लाग्छ भने नेपाली प्रतिनिधि भएको बैंक जान दुई दिन । अब मैले कसरी बैंकबाट पैसा पठाउने ?”
तिवारी त प्रतिनिधि पात्र मात्र हुन् । दक्षिण कोरियामा कार्यरत अधिकांश नेपालीहरू ग्रामीण क्षेत्रमा कार्यरत छन् । अझै कृषि क्षेत्रमा कार्यरतले महिनामा एक वा दुई दिनमात्र बिदा पाउँछन् । शनिबार वा आइतबारको बिदामा बैंकमा गएर रेमिट गर्न पनि सजिलो छैन ।
“बरु फेरि कोरिया आउन नपाए आउँदिन, तर मेरो लागि बैंकिङ माध्यम सजिलो नभएकाले पुरानै च्यानलबाट रकम पठाउँछु,” उनले भने । सरकारले वैदेशिक कामदारका लािग बैकिङ माध्यम सहज तुल्याउन द्विपक्षीय सम्झौता गर्न सकेमा अवैधानिक हुण्डी कारोबार स्वतः घट्ने नेपालीहरू बताउँछन् ।
धादिङका कृष्णबहादुर नेपाली कोरिया आएको १४ महिना भयो । सुरुका केही महिना उनले हुण्डीमार्फत नेपालमा पैसा पठाए । कोरियामा गाह्रो–साह्रो गर्दै आर्जन गरेको पैसा यसरी पठाउदा बिचौलियाले खाइदिने डरले उनी हुण्डी छोडेर बैंकतर्फ लागे ।
खेन्गिदो ख्वान्जुको एक कम्पनीमा कार्यरत उनले सउलमा रहेको कोरियन एक्सचेन्ज बैंक (केइबी)मार्फत नेपालमा कारोबार गरिरहेको नबिल बैकमा पैसा पठाए । ई–बैंकिङको पहँुचमा नपुगेका उनले पठाएको रकम नेपाल पुग्यो की पुगेन भन्नेमा अझै द्विविधा रहने गरेको गुनासो पोखे ।
“नेपालमा बैंकमा फोन गरेर सोध्नुपर्ने, तैपनी, बैंकका कर्मचारीले कहिल्यै सिधा बताउँदैनन्,” उनले दिक्क मान्दै भने, “आफ्नै खाता हो भन्दा पनि कर्मचारीहरू झर्को मान्छन्, त्यसैले म हुण्डीमै फर्केको छु । पैसा पनि सजिलै पठाउन पाइने र नेपालमा लिदा पनि सजिलो यसैमा छ ।” उनले हुण्डीमा भन्दा बैंकमा महँगो र झन्झट दुवै भएको अनुभव सुनाए ।
दुवै मुलुकमा लिइने करका कारण १ लाख पठाउँदा ५ देखि १० हजार कोरियाली वनसम्म फरक पर्ने गरेको छ । सुवनस्थित ग्यास कम्पनीमा कार्यरत कास्कीका रामेश्वर अघिकारी बैंकिङ माध्ययमको बारेमा आफू अनभिज्ञ रहेको बताउँछन् ।
समयको अभावका साथै बैंकले दिने सेवाको बारेमा उचित परामर्श नपाउँदा उनीजस्तै हजारौं नेपाली अवैधानिक हुण्डी कारोबार गर्न बाध्य छन् । उनी भन्छन्, “परिवारको मात्र नभइ मुलुकको आर्थिक हितका लागि परदेशिएका हामी व्यक्तिलाई धनी बनाइरहेका छौं ।
नेपाल रेमिट गर्नका लागि बैंकको शुल्क महँगो भएकै कारण हुण्डीको प्रयोग गर्ने गरेको चितवनका सुवाश शर्मा पनि बताउँछन् । “बैंक र हुण्डीको दररेटमा धैरै फरक पर्छ त्यसैले हाम्रो कम्पनीमा सबै साथीहरू बैंकिङ माध्ययममा सहभागी छैनौं,” उनले भने ।
यहाँबाट रकम रेमिट गर्नका लागि सरकार र रेमिट कम्पनीहरू सक्षम नदेखिएका कारण करोडौं रुपैयाँ भूमिगत बाटो हुँदै नेपाल पुग्ने गरेको छ । अवैधानिक बाटो प्रयोग गर्दा तत्कालका लागि फाइदा भए पनि दीर्घकालीन नहुनेप्रति स्वयं कामदारहरू बताउँछन् ।
हिजोआज कोरियाका मुख्य सहरमा केही नेपाली बैंकहरूले कोरियाका बैंकसँग सहकार्य गरी रेमिट पठाउने कार्य गरिरहेका छन् । तर पनि बैंकिङ च्यानल महँगो र झन्झटिलो मान्ने कारण प्रायः हुण्डीमै लागिपरेका छन् ।
कोरियाका केही बैंकले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत आउनेलाई रेमिटेन्सका लागि बंैक खाता ‘ईजीवान’ सेवा उपलब्ध गराएका छन् । यो माध्यम सजिलो भए पनि जनचेतना र प्रचारप्रसारको अभावमा सबैलाई समेट्न नसकिएको बैंकका प्रतिनिधिको भनाइ छ ।
कोरियाबाट नबिल, सिद्वार्थ, ग्लोबल आईएमई, हिमालयन, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ«े, सानीमा लगायतका बैंकमा रकम पठाउन सकिने व्यवस्था छ । तर यो माध्यम भने सबैका लागि सहज नरहेको कामदारहरूको गुनासो छ । सन् २००८ देखि ईपीएस सिस्टम लागू भएयता हालसम्म ५० हजारको हाराहारीमा कोरियामा नेपालीहरू कार्यरत छन् ।
सोल (दक्षिण कोरिया):बैंकिङ च्यानलमार्फत पैसा नपठाए पुनः श्रमस्वीकृत जारी नगर्ने सरकारी नीतिले कोरियामा रहेका हजारौं नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् ।काठमाडौंस्थित वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जारी गरेको यो सूचनाको दक्षिण कोरियामा कार्यरत नेपालीहरूले तीव्र आलोचना गरेका छन् । अर्थ मन्त्रालयको बाध्यात्मक निर्णय भनिएको उक्त नियमले यहाँ कार्यरत नेपालीहरू चिन्तित पनि भएका छन् ।
कोरियाबाट बैंकिङ च्यानलमार्फत नेपालमा रेमिट्यान्स पठाउनु असम्भवजस्तै रहेको कामदारहरू बताउँछन् । “बैंकिङ च्यानलको सहजताबिना कसरी रकम रेमिट गर्ने ?” राजधानी सउलबाट करिब ४ सय किमी दक्षिण नोनसानको ग्रामीण भेगमा कार्यरत विराटनगरका काशीराम अर्यालले भने, “हामीले चाहेको दिन बिदा मिल्दैन, मिले पनि शनिबार वा आइतबार मात्र मिल्छ ।
सार्वजनिक बिदाको दिन कहाँ गएर रकम रेमिट गर्ने ? यहाँबाट कोरियाकै बैंक पुग्न दुई घण्टा लाग्छ भने नेपाली प्रतिनिधि भएको बैंक जान दुई दिन । अब मैले कसरी बैंकबाट पैसा पठाउने ?”
तिवारी त प्रतिनिधि पात्र मात्र हुन् । दक्षिण कोरियामा कार्यरत अधिकांश नेपालीहरू ग्रामीण क्षेत्रमा कार्यरत छन् । अझै कृषि क्षेत्रमा कार्यरतले महिनामा एक वा दुई दिनमात्र बिदा पाउँछन् । शनिबार वा आइतबारको बिदामा बैंकमा गएर रेमिट गर्न पनि सजिलो छैन ।
“बरु फेरि कोरिया आउन नपाए आउँदिन, तर मेरो लागि बैंकिङ माध्यम सजिलो नभएकाले पुरानै च्यानलबाट रकम पठाउँछु,” उनले भने । सरकारले वैदेशिक कामदारका लािग बैकिङ माध्यम सहज तुल्याउन द्विपक्षीय सम्झौता गर्न सकेमा अवैधानिक हुण्डी कारोबार स्वतः घट्ने नेपालीहरू बताउँछन् ।
धादिङका कृष्णबहादुर नेपाली कोरिया आएको १४ महिना भयो । सुरुका केही महिना उनले हुण्डीमार्फत नेपालमा पैसा पठाए । कोरियामा गाह्रो–साह्रो गर्दै आर्जन गरेको पैसा यसरी पठाउदा बिचौलियाले खाइदिने डरले उनी हुण्डी छोडेर बैंकतर्फ लागे ।
खेन्गिदो ख्वान्जुको एक कम्पनीमा कार्यरत उनले सउलमा रहेको कोरियन एक्सचेन्ज बैंक (केइबी)मार्फत नेपालमा कारोबार गरिरहेको नबिल बैकमा पैसा पठाए । ई–बैंकिङको पहँुचमा नपुगेका उनले पठाएको रकम नेपाल पुग्यो की पुगेन भन्नेमा अझै द्विविधा रहने गरेको गुनासो पोखे ।
“नेपालमा बैंकमा फोन गरेर सोध्नुपर्ने, तैपनी, बैंकका कर्मचारीले कहिल्यै सिधा बताउँदैनन्,” उनले दिक्क मान्दै भने, “आफ्नै खाता हो भन्दा पनि कर्मचारीहरू झर्को मान्छन्, त्यसैले म हुण्डीमै फर्केको छु । पैसा पनि सजिलै पठाउन पाइने र नेपालमा लिदा पनि सजिलो यसैमा छ ।” उनले हुण्डीमा भन्दा बैंकमा महँगो र झन्झट दुवै भएको अनुभव सुनाए ।
दुवै मुलुकमा लिइने करका कारण १ लाख पठाउँदा ५ देखि १० हजार कोरियाली वनसम्म फरक पर्ने गरेको छ । सुवनस्थित ग्यास कम्पनीमा कार्यरत कास्कीका रामेश्वर अघिकारी बैंकिङ माध्ययमको बारेमा आफू अनभिज्ञ रहेको बताउँछन् ।
समयको अभावका साथै बैंकले दिने सेवाको बारेमा उचित परामर्श नपाउँदा उनीजस्तै हजारौं नेपाली अवैधानिक हुण्डी कारोबार गर्न बाध्य छन् । उनी भन्छन्, “परिवारको मात्र नभइ मुलुकको आर्थिक हितका लागि परदेशिएका हामी व्यक्तिलाई धनी बनाइरहेका छौं ।
नेपाल रेमिट गर्नका लागि बैंकको शुल्क महँगो भएकै कारण हुण्डीको प्रयोग गर्ने गरेको चितवनका सुवाश शर्मा पनि बताउँछन् । “बैंक र हुण्डीको दररेटमा धैरै फरक पर्छ त्यसैले हाम्रो कम्पनीमा सबै साथीहरू बैंकिङ माध्ययममा सहभागी छैनौं,” उनले भने ।
यहाँबाट रकम रेमिट गर्नका लागि सरकार र रेमिट कम्पनीहरू सक्षम नदेखिएका कारण करोडौं रुपैयाँ भूमिगत बाटो हुँदै नेपाल पुग्ने गरेको छ । अवैधानिक बाटो प्रयोग गर्दा तत्कालका लागि फाइदा भए पनि दीर्घकालीन नहुनेप्रति स्वयं कामदारहरू बताउँछन् ।
हिजोआज कोरियाका मुख्य सहरमा केही नेपाली बैंकहरूले कोरियाका बैंकसँग सहकार्य गरी रेमिट पठाउने कार्य गरिरहेका छन् । तर पनि बैंकिङ च्यानल महँगो र झन्झटिलो मान्ने कारण प्रायः हुण्डीमै लागिपरेका छन् ।
कोरियाका केही बैंकले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत आउनेलाई रेमिटेन्सका लागि बंैक खाता ‘ईजीवान’ सेवा उपलब्ध गराएका छन् । यो माध्यम सजिलो भए पनि जनचेतना र प्रचारप्रसारको अभावमा सबैलाई समेट्न नसकिएको बैंकका प्रतिनिधिको भनाइ छ ।
कोरियाबाट नबिल, सिद्वार्थ, ग्लोबल आईएमई, हिमालयन, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ«े, सानीमा लगायतका बैंकमा रकम पठाउन सकिने व्यवस्था छ । तर यो माध्यम भने सबैका लागि सहज नरहेको कामदारहरूको गुनासो छ । सन् २००८ देखि ईपीएस सिस्टम लागू भएयता हालसम्म ५० हजारको हाराहारीमा कोरियामा नेपालीहरू कार्यरत छन् ।

No comments:
Post a Comment