‘अभिनेत्रीको नगर्ने मेरो मात्र आलोचना गर्ने ?’
काठमाडौं,। एउटा समाचार पोर्टलमा दिएको अन्तरवार्ताका क्रममा विहीबार विहान अभिनेता प्रदिप खड्काले भनेका छन्,‘नयाँ फिल्मकाबारे गर्न लागिएको पत्रकार सम्मेलनबारे थाहा थिएन न त मलाई बडिगार्डका बारेमा थाहा थियो ।’
मिलन चाम्स निर्देशनको तयारीमा रहेको फिल्म ‘लिलिविल्लि’को घोषणाका समयमा केही दिन अघि गरिएको पत्रकार सम्मेलनमा खड्का चार जना विदेशी बडिगार्डसहित कार्यक्रम स्थल पुगेका थिए । नेपाली सिनेमा उद्योगमा पहिलो पटक पत्रकार सम्मेलनमा बडिगार्डसहित उपस्थित भएको घटनाको सर्वत्र चर्चा भएको थियो । कतिपयले एउटा नाटकीय शैली नेपाली अभिनेताले अपनाउन थालेको भन्दै आलोचना गरेका थिए । खड्काले त्यसप्रति टिप्पणी गर्दै भनेका छन्,‘त्यहि कार्यक्रममा अभिनेत्रीलाई दुई–दुई जना बडिगार्ड दिएको विषयमा किन चर्चा भएन ? मेरोमात्र आलोचना गर्नु नियतमा खोट हो ।’
आसुसेन फिल्मस्को व्यानरमा आवद्ध भएका कारणले निर्माण कम्पनीले दिएको सुविधा लिएको बताएका खड्काले भनेका छन्,‘त्यो सम्मानलाई मैले नकार्न मिल्थ्यो र ?’
उनले पत्रकार सम्मेलनमा बडिगार्ड दिनु आवश्यक थियो वा थिएन भन्नेप्रति जवाफ दिँदै भनेका छन्,‘राष्ट्रपतिको सवारी हुँदा पुरै सडक खाली गरिन्छ । त्यसरी खाली गर्न आवश्यक हुन्छ र ? तर त्यो उहाँहरूलाई दिइएको सम्मान हा े। मलाई व्यक्तिगत रूपमा बडिगार्ड आवश्यक छैन । म त बडिगार्डले हटाएको भन्दा पनि पब्लिकले उचालेको मनपराउँछु ।’

No comments:
Post a Comment