मनमोहक कोरिया,डर लाग्दो दैनिकी
मन जल्छ,जब नेपाल बाट साथिले भन्छ;बिटाका बिटा कमाएको छस सम्झिन छाडिस, ल..ल..तेरै छन दिन । दिमागको पारो तातेर आउँछ,जब नेपाली मिडियाले कोरियामा तलब वृद्धि बाहेक अरु कुराको समाचार भेट्दैन ।
कोरिया यस्तो ठाउँ हो जहाँ मै हुं भन्ने भोटेलाई पनि दिनहुँ काम नगरी महिना गुजार्न मुस्किल पर्छ र यिनै बिवश भोटेहरुको बाध्यता संग हलगोरु बन्नुको बिकल्प हामीसंग छैन किनकी यो कोरिया हो ।
बाहिरबाट हेर्दा जति शुन्दर र मनमोहक लाग्छ कोरिया भित्र भने तेस्तो छैन,भित्र भित्र लाखौं कम्पनी छन कतै धुलो धुवाँ र केमिकल त कतै उचाल्ने पधार्ने देखि एकोहोरो पेलिनुपर्ने काम,यिनै थ्री डि काम संग लड्दै भबिस्यको मीठो सपना बुन्नु हामीहरुको दैनिकी ।
नेपालबाट शुन्दर सपना र मीठो कल्पना गर्दै गौंथलीको चालमा कोरिया उत्रिएका हामीहरुलाइ यहाँको दिनचर्या,लगातारको काम एकोहोरो जीवनशैली,नरुच्दो खानपान,साहुले गर्ने व्यबहार,रुखो वचन,नमिठो गाली आदि यस्ता यावत कुराहरुले गर्दा उडिरहेको पंछीका एकाएक पखेटा काटिए जस्तै लाग्छ ।

नेपालमा बनिदा र सुब्निदा लगाएर पढेका हामी यहाँ आइपुग्दा हाम्रालागि त्यो बिरलै सुन्न पाइन्छ त्यो पनि बसमा,ट्रेनमा अनि पसलमा,यस्तो लाग्छ यी शब्द हाम्रा लागि बनेकै हैनन तथापि जान्न जरुरी छ । जा भन्नुपरेमा “खा” भन्छ यस्ता आधा जस्ता लाग्ने शब्द सुरुमा प्रिय लाग्दैनन,खानाको स्वाद जिब्रोलाई निको लाग्दैन,हातले खाउं हासंको बिचमा बकुल्लो भइने चपेस्टिकले खाउं औंलाहरुले साथ दिदैनन ।
नेपालमा घाम एक भित्ता माथी आएपछि ओछ्यान छोड्ने हामिलाइ यहाँ घाम एक भित्ता तल छदै निद्रा देबिले साथ छोडिदिन्छिन तेतिले नपुगे अलारामले लखेट्ने काम गर्छ । नेपालमा समयको वास्ता गर्नु जरुरत थिएन यहाँ भने काम शुरुहुनु 15 मिनेट पहिलानै कार्यस्थलमा तैनाथ हुनुपर्छ ।
घरमा आमाको लाड्प्यार हुर्केको छोरो यहाँ साहुको गालीलाई मुस्कुराएर पचाउनुपर्ने बाध्यता छ मानौँ साहु संग रिसाउनु आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।
यहाँको एउटा समस्या कमाईको असन्तुलन पनि हो,घरै नजिकको साथिको कम्पनी राम्रो चल्छ टन्न पैसा कमाउछ त्यही अनुरुप आफुले पैसा पठाउन नसक्दा घरबाट सोच्ने र हेर्ने दृस्टीमा कहिँ कतै भिन्नता हुन जान्छ यसैको तालमेल नमिल्नु पनि डिप्रेसन हुनुको एउटा कारण हो,पीडा भोग्नेलाई थाहा हुन्छ न कि सोध्नेलाई ।
कम्पनी सर्न खोज्दा धेरैजसो साहुहरुले साइन दिदैनन,चाहेर पनि ठाउँ सर्न नसक्ने चौतारीको बाध्यता जस्तै छ हामिहरुको बिबशता ।
समयमा तलब नदिने,साइन दिन्न बरु नेपाल पठाउछु भन्ने हेप्ने तथा कुटपिट सम्म गर्ने साहुहरु पनि छन,नियम कानुन नभएका हैनन तर यी नियमहरु पनि साहुको मन संग निर्भर छन हाम्रो पीडा संग हैन ।।
यस्तै यस्तै पिर सहित जब बिदामा घुम्न निस्किन्छौं अनि मरन्चंयासे हासों हासेर फोटो अपलोड गर्दा लाग्छ पिरहरुलाई अब ठूलो आन्द्राको फेदमै राखेर यसैगरि मुस्कुराउन अभ्यस्त हुनुपर्छ ।
सुख त छैन यद्यपि कमाइको हिसाबले राम्रो मान्नुपर्छ कोरिया,बेसिक मात्र कमाएपनि त्यो थोरै हैन,दुखी त हाम्लाइ हाम्रै इच्छा र आकाङ्क्षाहरुले बनाएको हो,धेरथोर पैसा त सबैले कमाइन्छ सबैभन्दा ठूलो कुरा यो हो कि नेपाल फर्किदा सकुशल फर्किन पाँउ । हामी यहाँ मर्न,झुन्डिन र आत्महत्या गर्न आएका हैनौ सके गर्ने हो नसके आफ्नो घर जाने अधिकार हामीसंग छ,मृत्यु सबैको अनिबार्य छ त हामी मात्र किन हतारिनु ??
हप्तै पिच्छेको मृत्युुको समाचारले सबैलाई स्तब्ध बनाएको छ,झ्यालहरु खोलेर सुतौ गर्मीमा सोजु कम खाअाैं र पानी बढी खाअाैं,एउटा भनाइ छ “युद्धमा होमिएको सिपाइ फर्किन पनि सक्छ नफर्किन पनि” त्यस्तै जस्तो कोरिया गएको छोरो फर्किन पनि सक्छ नफर्किन पनि,कतै भनाइ यस्तो नहोस ।। दुखकै कारणले मर्न मन लाग्छ भने सम्झियौं सुख र दुख त क्षणिक छन,पैसाको कारणले हो भने सम्झियौं बाचिरहें पो कमाउने सम्भावना जिबित रहला त्यसैले पिर मर्का लाई पैताला मुनि राखेर सोचौं कुनै न कुनै सुनौलो दिनले हामिलाइ कुरेको हुनुपर्छ । ढुक्क हौं,”जहाँ ढुक्क त्यही सुख”यहाँका सबै पिर मर्का प्लेन चडेर गएपछि सम्झनामा मात्र सिमित हुनेछन त्यसैले यो निश्चित अवधिमा “कमाउं बचाउं,हासौं र हसाअाैं”
र अन्त्यमा यहि भन्न चाहान्छु हलुका जीवनलाई ठुलठुला सपना बोकाएर गरुङ्गो नबनाउं ।। खुसीको लागि हैन खुसी भएर काम गरौं ताकी हाम्रो बर्तमान सधै हामीसंगै रमोस ।।

No comments:
Post a Comment