Sunday, September 24, 2017

चार करोडको बस पोखरा–काठमाडौं सरर: हावाइजहाजमा जस्तै


चार करोडको बस पोखरा–काठमाडौं सरर: हावाइजहाजमा जस्तै


पोखरा, । पर्यटकीय नगरी पोखरामा अत्याधुनिक सुविधासहितको सुपरडिलक्स बससेवा सुरु भएको छ ।पोखरा जगदम्बा ट्राभल्स प्रालिले बिहीबारदेखि सुरु गरेको सेवा उत्कृष्टस्तरको भएकोे दाबी गरिएको छ ।बससेवाको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुभारम्भ गरे ।प्रविधिमैत्री बसको प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहेको छ । २१ सिट क्षमताको बसभित्रै रेस्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सन्चालक समितिअन्तर्गत् सन्चालित छ ।
प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रीको सुविधाका लागि बसका टोली खटिनेछन् ।दुईओटा बसमा प्रतिबस करिब चार करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए ।अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको हो । बसमा यात्रा गर्न प्रतिव्यक्ति २२ सय रुपैयाँ तिर्नुपर्नेछ ।

भिडियो हेर्नुहोस्

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...