Friday, September 29, 2017

दिनहुँ रक्सी पिउने २१ करोडको राँगो जसले वार्षिक ९० लाख कमाउँछ

दिनहुँ रक्सी पिउने २१ करोडको राँगो जसले वार्षिक ९० लाख कमाउँछ


     भारतको फरिदाबाद सुरजकुण्डमा भइरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको ‘सुल्तान’ नामको राँगोले सबैको ध्यान तानेको छ । यो राँगोका विचित्रका सोखका कारण आकर्षणको केन्द्र बनेको हो ।
क्याथलको बुढाखेवा नामको गाउँका नरेश बैनीवालले पालेको यो राँगो अहिले ८ वर्ष ४ महिनाको भयो । सुल्तान नाम भएको यो राँगोको डाइट र सोखले अहिले सबैलाई अचम्मित लुल्याएको हो । यो राँगोले साँझ खाना खानुभन्दा पहिले १०० मिलिग्राम ‘स्कच’ पिउँछ । मंगलबार ड्राइ डे भएकोले त्यो दिन भने रक्सी पिउँदैन ।
स्कचको ब्राण्ड पनि बारअनुसार फरक फरक हुन्छ । आइतबार टिचर्स। सोमबार ब्ल्याक डग, बुधबार १०० पाइपर, बिहीबार भ्यालेन्टाइन, शुक्रबार ब्ल्याक लेबल र शनिबार शिवास रिगल ब्राण्डका स्कच पिउँछ । नरेशले सुल्तानलाई पाँच वर्ष पहिले रोहतकबाट २ लाख ४० हजार भारुमा किनेका थिए ।
यो राँगोले वर्षमा ३० हजार डोज वीर्य दिन्छ । एक डोजको ३ सयको हिसाबले वर्षमा यसले ९० लाख कमाउँछ । सुल्तान २०१३ मा भएको राष्ट्रिय पशु सौन्दर्य प्रतियोगिताको विजेता पनि हो । राजस्थानमा भएको एक मेलामा एक पशु प्रेमीले सुल्तानका लागि २१ करोड मूल्य दिएका थिए । तर, नरेशले सुल्तान आफ्नो छोरा भएको र छोराको कुनै मूल्य नहुने भन्दै अस्वीकार गरेका थिए ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...